समाचार कक्षमै महिला पत्रकारलाई यौन दुर्व्यवहार
विराटनगर, माघ १४-विराटनगरस्थित वि एफएममा कार्यरत एक महिला पत्रकारमाथि
यौन दुर्व्यवहारको प्रयास भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सो
एफएमका समाचार प्रमुख भक्त राईले एफएमको समाचार कक्षमा २२ वर्षीया
पत्रकार महिलामाथि दुर्व्यवहारको प्रयास गरेको किटानी उजुरी परेको जनाएको
छ।
समाचार प्रमुख राईमाथि कारबाहीका लागि नेपाल पत्रकार महासङ्घ मोरङ
शाखामा पनि पीडित महिला पत्रकारले उजुरी गरेको महासङ्घबाट थाहा भएको छ।
एकहप्ता अगाडि भएको सो घटनाको विभिन्न सङ्घ सङ्गठनले पनि आपत्ति जनाउँदै प्रमुख राईमाथि कडा कारबाही गर्न माग गरेका छन्।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मोरङले पनि घटनाको भर्त्सना गर्दै कारबाहीको माग गरेको छ। सङ्घकी अध्यक्ष लता न्यौपानेद्वारा जारी विज्ञप्तिमा महिलामाथि बढ्दै गएको हिंसाप्रति प्रहरी प्रशासन गम्भीर नभएको आरोप लगाएकी छिन्। रासस

0 comments
Write Down Your Responses