एमाओवादीले सत्ता कब्जा गर्न खोज्दैछ : भण्डारी
१४ माघ, वीरगन्ज । नेकपा एमालेका
उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकृत माओवादीले मुलुकलाई भ्रष्टाचार र
दण्डहीनताको दलदलमा फसाएर सत्ता कब्जा गर्न खाजेको आरोप लगाउनु भएको छ ।
उपाध्यक्ष भण्डारीले सिङ्गो मुलुकलाई अराजक, अस्थिरता, भ्रष्टाचार र
दण्डहीनताको दलदलमा फसाएर सत्ता कब्जा गर्ने दिवा स्वप्न नदेख्न एमाओवादी
तथा प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।
प्रेस चौतारी नेपालले आइतवार वीरगञ्जमा
आयोजना गरेको कार्यक्रममा उहाँले एमाओवादीको निरुङकुशता र सर्वसत्तावादी
सोचका कारण मुलुकले निकास पाउन नसकेको वताउनुभयो । भण्डारीले प्रधानमन्त्री
डा बाबुराम भट्टराई नेतृत्वको सरकारको बर्हिगमन नभएसम्म मुलुकले निकास
पाउन नसक्ने वताउनुभयो । उहाँले वर्तमान सरकारले सबै दलहरुको विश्वास
गुमाएसकेको समेत वताउनुभयो । भट्टराई सरकारले राजनीतिक संस्कार र
चरित्रसमेत अङ्गाल्न नसकेका कारण दलहरुवीच सहमति जुट्न नसकेको उहाँको भनाई छ
।
भण्डारीले माओवादीको निरङ्कुशता र
सर्वसत्तावादबिरुद्ध आम नेपाली नागरिक सडक सङ्घर्षको बाटोमा आउनुपर्नेमा
जोड दिनुभयो । उहाँले एमाओवादीले पार्टीको महाधिवेशनमा सरकारी स्रोत र साधन
चरम दुरुपयोग गरेर लोकतन्त्रकै उपहास गरेको वताउनुभयो ।


0 comments
Write Down Your Responses