वालिकामाथि बलात्कार भएको खुलासा
लमजुङ,माघ १५ । लमजुङको तार्कुघाट गाविसकी एक वालिकामाथि बलात्कार भएको
खुलासा भएको छ । भोटेओडारको एक विद्यालयमा पढ्ने अन्दाजी १३ बर्षिया
वालिकाले आफूलाई स्थानीय केदारबहादुर थापाले वलात्कार गरेको छिमेकीहरुलाई
बताएपछि उक्त कुरा खुलेको हो । लमजुङ उद्योग बाणिज्य संघ भोटेओडार इकाईका
पूर्व अध्यक्ष समेत रहेका थापाले पटक पटक वलात्कार गरेको पिडित बालिकाले
छिमेकीहरुलाई बताएकी हुन् । वालिकाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा
स्वास्थ्य परीक्षण गर्दा वलात्कार भएको पुष्टी भएको श्रोतले बताएको छ ।
जिप्रका लमजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक भक्तबहादुर विष्टले भने
वालिकामाथिको बलात्कार भए नभएको पुष्टि भइनसकेको वताउनुभएको छ । आरोपीको
खोजी कार्य तीब्र पारिएको र पक्राउ गरेपछि मात्रै सवै कुराको खुलासा हुने
उहाँले बताउनुभयो । घटनाको विरोध गर्दै तार्कुघाट र भोटेओडारका वालवालिकाले
दोषीमाथि कारबाहीको माग गरेका छन् ।


0 comments
Write Down Your Responses