रेश २ ले कमायो २ दिनमै ३५ करोड
सन् २०१३ को सुरुवाती महिना बलिउड नगरीका लागि फाइदाजनक देखिएको छ । बर्षको
सुरुवातमा प्रदर्शनमा आएका केही सिनेमा असफल भएपनि रेश २ ले राम्रो
सुरुवात गरेको छ । समिक्षकको राम्रो साथ नपाएपनि रेश २ ले शुक्रबार र
शनिबार ३५ करोडको व्यापार गरेको छ ।
शुक्रबार
१५.१० करोडको व्यापार गरेको यो सिनेमाले शनिबार १९.७५ करोडको व्यापार
गरेका हो । यस्तै रेश २ ले ओभरसिजमा पनि राम्रो सुरुवात गरेको छ । सिनेमाले
ओभरसिजमा ७.३५ करोड को व्यापार गरेको हो । आइतबार यसको व्यापार अझ बढ्ने
बिश्लेषण गरिएको छ । ३ दिनमा ५० करोडको व्यापार गरेको खण्डमा रेश २ ले १००
करोडको व्यापार सजिलै गर्ने दाबी धेरैको छ । दिपिका पादुकोण, सैफ अलि खान,
जोन अब्राइम, ज्याक्लिन, अमिशा पट्टेल, अनिल कपुर लगायतका स्टारहरुले अभिनय
गरेको यो सिनेमा सन् २००८ मा तयार भएको रेश को सिक्वेल हो ।

0 comments
Write Down Your Responses