mainpageads

म्याद नाघेका औषधि अस्पतालबाटै वितरण

बझाङ, माघ १८ - जिल्ला अस्पताल बझाङमा उपचारका लागि आउने बिरामीलाई केही दिनयता म्याद सकिएका औषधि वितरण भइरहेको खुलासा भएको छ । बिरामीलाई डाक्टरले चेकजाँच गरी बिरामी पुर्जामा औषधि लेखिदिएपछि औषधि वितरण फाँटका स्वास्थ्यकर्मीबाट म्याद सकिएका औषधि वितरण भइरहेको अस्पताल आएका बिरामीका आफन्तले बताएका छन् ।
मंगलबार चैनपुर ३ घर भएका रवीन्द्र कुँवरले बिरामी छोरालाई डाक्टरले जाँच गरेपछि अस्पतालले दिएको औषधि घरमा हेर्दा सबै म्याद सकिएको भेटिएको बताए । उनले भने, 'छोरालाई निमोनियाँ भएर अस्पताल लगेको थिएँ । अस्पतालले दिएको औषधि हेर्दा सबै म्याद सकिएको रहेछ ।' यसअघि पनि म्याद सकिएका औषधि अस्पतालले वितरण गरेको बिरामीका आफन्तले गुनासो गर्दै आएका थिए ।
अस्पतालबाट म्याद सकिएका औषधि वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सेनाले जानकारी पाएपछि बुधबार जिल्ला प्रशासनका नायब सुब्बा राजेन्द्रबहादुर बोहरासहितको टोली औषधि जाँच गर्न अस्पताल पुगेको थियो । टोलीले जिल्ला स्वास्थ्यमा भएका दुई स्टोरमा रहेको औषधि चेकजाँच गरेका थिए ।
टोलीमा संलग्न बोहराले स्टोरमा औषधि जाँच गर्दा चार प्रकारका औषधि म्याद सकिएको अवस्थामा भेट्टाएको बताए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts