mainpageads

मल्लिका शेरावतलाइ धम्की दिइयो..

मुम्बई, माघ १६, बलिउड अभिनेत्री मल्लिका शेरावत तथा निर्देशक के सी बोकाडियालाइ भंवरी देवी प्रकरण बाट प्रभावित फिल्म बनाउने बिषयलाइ लिएर धम्कीपूर्ण फोनकल्सहरू आएको बताएका छन् । मल्लिका ‘डर्टी पोलीटिक्स’ फिल्ममा मूख्य भूमिकामा अभिनय गर्दैछिन भने यस फिल्मको निर्देशन बोकाडियाले गरिरहेका छन् ।  
स्मरणीय छ, राजस्थानमा सन २०११ मा ३६ वर्षीया नर्स भंवरी देवी जोधपुरको बिलारा क्षेत्रबाट हराएकी थिइन, पछि उनको हत्या गरिएको थियो ।
मल्लिकाले सञ्चारकर्मीहरूलाइ आफुलाइ धम्की दिइएको बताएकी छिन् ।  उनले आफ्ना भाइलाइ फोन गरेर फोन गर्नेले दिदिलाइ यस बिषय र यस फिल्मबाट टाढै रहनका लागी भनेको थियो ।

बोकडियालाइ पनि यस्तै फोन कल्सहरू आएको उनले बताएका छन् । भंवरी देवी प्रकरणबाट प्रेरित भएर आफ्नो एक शैलीलाइ फिल्ममा प्रस्तुत गर्न लागेको उनले बताएका छन् । प्रहरीले यस सम्बन्धमा अनुसन्धान शुरू गरेको जनाएको छ ।
(एजेन्सी)


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts