mainpageads

किशोरीमाथि सामूहिक बलात्कार

कञ्चनपुर, माघ १७- कञ्चनपुरको दोधाराकी १३ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ। दुई दिनअघि छिमेकीको विवाह समारोहमा गएका बेला किशोरीमाथि सामूहिक बलात्कार भएको हो।
सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका बबि राना र विकास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताए।

पीडित किशोरीका बुबाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दोधाराले दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको उनले बताए। बलात्कार गराउने कार्यमा एक युवतीको समेत संलग्नता रहेको प्रहरी निरीक्षक ओझाले बताए।रासस


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts