विपक्षीको आन्दोलनले सरकार ढल्दैन : कोइराला
विहीवार मोरङको विराटनगर विमानस्थलमा
पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले आफूहरुले गरिरहेको आन्दोलनले
भट्टराई सरकार नढल्ने समेत वताउनुभयो । नेतृ कोइरालाले विपक्षी दल र
सत्तारुढ दल दुबै सडकमा आउँदा मुठभेडको स्थिति आउने भएकाले सहमतिको विकल्प
नरहेको वताउनुभयो । मुलुकलाई निकास दिन दलहरु मिल्नुको विकल्प नरहेको भन्दै
उहाँले मुठभेड हुन नदिन दलहरुले सहमति र सहकार्यवाट अघि बढ्नुपर्ने धारणा
राख्नु भयो ।
कोइरालाले सरकार पक्ष र विपक्षी दुबै
भारतको दिल्लीमा भएको १२ बुँदे सम्झौता विपरित आन्दोलनमा उत्रिएको आरोप
लगाउनुभयो । नेतृ कोइरालाले आन्दोलन भन्दा विपक्षी वर्तमान सरकारमै सहभागी
भएर अघि बढे एमाओवादीलाई परास्त गर्न सकिने वताउनुभयो ।

0 comments
Write Down Your Responses