दुई महिना अघि वर्मुडाको नेपाली क्रिकेटको त्यो यात्रा शायद नेपाली
क्रिकेटका लागि कहिल्यै पुरानो नहोला । चमत्कारजस्तै त्यो यात्राले
बर्षौदेखिको विश्वकप क्रिकेट नजिक पुग्ने सपनालाई विपनामा परिणत गरेको
थियो, त्यो पनि हारको संघारबाट फर्किएर । नेपाली क्रिकेट समर्थकका लागि
आइसीसी विश्व क्रिकेट डिभिजन तिनको त्यो यात्रा, अनि उपाधिको उल्लाहस सदैव
ताजा संस्मरण बनेको छ । पत्रकारको जिम्वेवारीभन्दा पनि नेपाली क्रिकेटको
समर्थकको नाताले कप्तान पारस खड्रकालाई मैले यो यात्राका अन्तर मनका भावना
साट्न अनुरोध गरेकी थिए । आज उनको त्यो रोमान्चक अनुभवको वेलिविस्तार लगाउन
मन लाग्यो उनकै शब्दमा । यसरी शुरु भयो, अनि टुंगियो पारसको मनको डिभिजन
तिनको त्यो यात्रा । जहाँ मैदानको प्रतिस्पर्धा भन्दा पनि मनले लिएको
संकल्प, अठोट अनि कहिँकतै निराशाको विन्दुमा पुगेको, एउटा कप्तान, एउटा
क्रिकेटर अनि एउटा इमान्दार हिरोको भावनात्मक यात्रा बर्मुडाको, यात्रा
नेपाली क्रिकेटको ।
.......जे भयो भयो, त्यसमा हाम्रो नियन्त्रण छैन । बाँकी खेलमा भने
नियन्त्रण गर्न सक्छौं, त्यहि भएर खेल राम्रो खेल्न पर्यो भन्ने सल्लाह भयो
। अन्तिम खेलसम्म टिमको आशा वचाइराख्न के के अवस्था र संभावना हुन सक्छ
भनेर हामिले हिसाव किताब गरेका थियौ । यो प्रतियोगिताको बिशेषता भनेको सबै
टिमको स्तर समान थियो। रेलिगेसनमा परेको ओमान पनि राम्रो थियो । हाम्रो
लागि पनि चाहे मान्नोस या नमान्नोस मैदानले नै खेललाई असर पारेको थियो ।
शायद प्रतियोगिता हारेको भए हाम्रो लागि त्यो एक्स्क्युज मागेको जस्तो
हुन्थ्यो होला अहिले जितेर भन्दा विश्वास लाग्न सक्छ । हारेको भए मैदानको
कारण देखाउदा त्यहि बिषयलाई आलोचना हुन्थ्यो होला । तर अहिले त्यो समस्या
छैन। मरो भनाई के हो भने मैदानले क्रिकेट खेलमा धेरै नै फरक पार्छ । यति
सानो मैदान थियो कि मैले कहिले पनि त्यति सानो मैदानमा खेलेको थिइन ।
विद्यालय स्तरको प्रतियोगिता पनि मैले त्यति सानो मैदानमा खेलेको थिइन ।
व्यक्तिगत रुपमा म आफुलाई ५० ओभरमा यो प्रतियोगितामा असफल भए भबिश्यमा कुनै
संभावना देख्दिनथे । ट्टिवान्टी चाँहि खेलिन्थो होला । अब चार पाँच
बर्षपछि ५० ओभरमा निरन्तरता दिनु गारो कुरा थियो । म आफै निरन्तर हुन सक्ने
थिइन । यहि डर सबैमा थियो। यसले गर्दा हामीले मिहिनेत पनि गरेका थियौं ।
मिहिनेत गरेकै भएर भाग्यले पनि साथ दियो । साथमा प्रशिक्षकले पनि राम्रो
प्रशिक्षण दिएका थिए । यो अवसर गुमाएको भए यतिको केन्द्रित भएर शायद अर्को
प्रतियोगिता खेलिदैनथ्यो होला भन्ने लागेको थियो। हामी ६÷७ जनाले कम्तिमा
युवा खेलाडीलाई छोडिदिन पथ्र्यो होला । किनभने हामिले तिन चार पटक विश्व
क्रिकेट लिगमा प्रयास गरिसकेका थियौं । त्यसले गर्दा म आफैलाई ५० ओभरमा अब
निरन्तरता दिन्न कि भन्ने शंका थियो । यथार्थमा भन्नु पर्दा डिभिजन दुईमा
पुग्नु या नपुग्नु हाम्रो क्यारिएरसँग जोडिएको कुरा थियो । क्रिकेटमा
भविश्य सुनिश्चित छैन त्यो हामीलाई थाहा थियो। कम्तिमा डिभीजन दुईमा पुगियो
भने केहि मात्रामा अवसर र केहि मात्रामा आर्थिक स्थिति मजबुत हुने कुरा
थियो। यो हाम्रो सपना र लक्ष्य सबै थियो । साथमा यो पुस्तामा नेपाली
क्रिकटले धेरै आशा गरेको थियो । त्यो स्वभाविक थियो । हामी लामो समयसम्म
खलिरहेका थियौं । धेरै खारिएका खेलाडी थिए । यो पुस्ताले गर्न नसके फेरि
अर्को यस्तै टिम तयार गर्न भनेको १० बर्ष लाग्थ्यो । यसपटक असफल भएको भए
हाम्रो यात्रा धेरै निराशाजनक हुन्थ्यो । यत्रो बर्ष खेलियो । १० बर्ष हुन
लागिसक्यो खेलेको, मिहिनेत गरेका आखिर आएर के भयो त भन्दा केहि न केहि,
भनेर नमज्जा लागेको थियो ।
जुन तरिकाले हामी प्रतियोगितामा गाको थियौं, अगाडी राम्रो नतिजा निकालेका
थियौं । तयारी राम्रो थियो । तरैपनि लगातार दुई खेल हायौं । सिनीयर टिममा
हामिले ५० ओभरमा दुइवटा म्याच लगातार हारेकै थिएनौं । इटाली विरुद्धको
खेलमा टस जित्नु एकदम जरुरी थियो । पहिले ब्याटिङ गरेको भए त्यत्तिको
अन्तरमा जित्न असंभब थियो । हामीले पहिले ब्याटिङ गरेको भए धेरै भएको भए
२०० रन बन्थ्यो । अनि हामिलाई सय रनको अन्तरले जित्नु पर्दथ्यो जुन असंभव
नै थियो । टस जित्यौं । उनीहरुलाई रन हान्न दिएनौं । सोचे अनुरुप भयो।
सुवास र प्रदिपले राम्रो खेले, सोचे अनुरुप सहज तरिकाले खेल जित्यौं ।
त्यतिबेला मलाई के लाग्यो भने सबै कुरा शायद लेखिएको हुँदो रहेछ । तर
त्यसलाई पाउन सकारात्मक सोच र मिहिनेतको आवश्यकता हुदो रहेछ । प्रशिक्षक र
टिमको इच्छा शक्तिले पनि हामीलाई सहयोग गर्यो ।
यो उपलब्धि हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ, खेलाडीको भबिश्यको लागि । म
पनि कप्तान भन्दा पहिले एउटा खेलाडी हुँ । कप्तान म हिजो थिइन आज भएँ भोलि
नहुन सक्छु । तर खेलाडी रहिरहन्छु । हो खेलाडीको भबिश्य सुनिश्चितताको
लागि यो जित महत्वपूर्ण थियो । त्यसैले छनोट हुँदाको पल सबैभन्दा खुशिको
थियो । ओमान र बर्मुडा विचको खेलको नतिजा कुर्नु थियो । त्यो लगभग दुई
घण्टाको समय सारै तनावपूर्ण थियो । के गर्ने के नगर्ने । कोही कता कोही कता
। छनोट भएपछि एकछिन त हो कि होइन जस्तो लाग्यो । बर्मुडालाई जित्नै पर्ने
अवस्था थियो। नत्र रेलिगेसनमा पर्दथ्यो । हो यहि नेर हाम्रो भाग्य चम्कियो
अव माथिल्लो स्तरमा पुगेका छौं । सबैको खेलको स्तर सुधार्न पर्ने चुनौति छ ।
किनकी जुन स्तरमा अब नेपालले खेल्छ, त्यहाँ टिक्न ठुलो परिश्रम चाहिन्छ ।
हाम्रो भबिश्य सुनिश्चित गर्ने बाटो खुलेको छ । अब हामी आफैले मिहिनेत
गर्नुपर्छ । अब कसैको हातमा होइन हाम्रो भविश्य हाम्रै हातमा छ । मिहिनेत
गर्यौं भने त्यो स्थानमा पनि पुग्छौं ।
ब्यक्तिगत रुपमा हामिले आफ्रनो तयारी गरिरहेका छौं । खेलाडीविच
प्रतिस्पर्धा पनि छ । नगरि सुख छैन । प्रदर्शन भएन भने टिममा टिकीदैन भन्ने
सबैलाई थाहा छ । राम्रो गर्न पर्यो र टिममा फिट पनि हुन पर्यो। कहिलेकाही
कस्तो हुन्छ भने खेलाडी राम्रो छ तर टिममा फिट हुदैन । हामीलाई अव
ब्याक्तिगत होइन टिमका लागि खेल्ने खेलाडी चाहिन्छ । कुनै खेलाडी अठार
बिसको होला तर बिस वाला खेलाडी मै हुँ भनेर बस्छ, अठारको खेलाडीमा सामूहिक
भावना छ भने त्यो खेलाडी पहिलो रोजाइमा पर्छ । कप्तानको रुपमा मैले सक्दो
गरेको छु । जहाँसम्म मलाई लाग्छ म इमान्दार छु । मैले बोल्ने भनेको मेरो
लागि होइन खेलाडीको लागि हो । हामीले जे कुराको चाहना राख्छौं, त्यो हामीले
स्वतः पाउनु पर्ने कुरा हो, तर हामीलाई दिइएको हुदैन । हामीले एउटाएउटा
कार देउ भनेको पनि छैन । क्रिकेट र खेलकुदको संस्थासँग हामिले माग्ने भनेको
सीमित स्रोत साधनमा पनि कतिपय कुरा गर्न सकिन्छ, हो हामी त्यो कुरा
खोज्छौं.........
Posted by Pabitra
भ्रष्टाचार विरुद्धको कारवाहीलाई सशक्त
बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनै पर्दछ भन्ने मेरो
दृढ मान्यता रहेको छ । नेपाल सरकार पनि यसप्रति कटिवद्ध छ । यसैको फलस्वरुप
भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन भई सकेको
परिप्रेक्षमा महासन्धि अनुकुलको कार्ययोजना, २०६९ पनि नेपाल सरकारले जारी
गरि सकेको छ । कार्ययोजनामा उल्लेख भएका व्यवस्थाहरुलाई हामि सबैको
अन्तरमनबाटै स्विकार गरी आ-आफनो कार्यगत स्थानबाट भ्रष्टाचार निवारण गर्ने
राज्य प्रतिको कर्तव्यलाई नबिर्सी मुलुकमा भ्रष्टाचार निवारणको कार्यमा
लाग्न ढिलो भै सकेको छ । परन्तु यस आयोगका प्रमुख र अन्य आयुक्तहरु
नियुक्ति गर्ने प्रक्रियामा करिव अन्तिम चरणमा पुगेको वेलामा व्यवस्थापिका-
संसदको अवसान हुन पुगेबाट यो प्रक्रिया अझै पूरा हुन नसकेकोमा म अत्यन्त
दुःखी छु । यो स्थितिमा भ्रष्टाचार निवारण गर्ने पहिलो कर्तव्य तर्पाई
राष्ट्सेवकहरु कै हातमा पुगेको छ ।
भ्रष्टाचार बिरुद्धको अभियानमा सबैले
आजैदेखि लाग्न सरकार प्रमुखको हैसियतले निर्देशन पनि दिन चाहन्छु ।
भ्रष्टाचार निवारणको क्षेत्रमा अझै धेरै कार्य गर्न बांकी रहेकोले तपाई
हामी राष्ट्सेवकहरुको क्रियाशीलतालाई बढाउनु जरुरी रहेको छ । मुलुकमा
इमान्दारिता र सदाचारिताको कदर गर्दै भ्रष्टाचार र अनुचित कार्य
गर्नेहरुमाथि बिद्यमान कानुन बमोजिम दण्डदिने परिपाटी स्थापित होस् । यस
उद्देश्य पूरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी दिनमा पनि
प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने मेरो शुभकामना छ । यस पुनित कार्यको
लागि नेपाल सरकारले आयोगलाई अझ प्रभावकारी वनाउन निरन्तर रुपमा आवश्यक
सहयोग पुर्याउने विश्वास दिलाउन चाहान्छु ।
अब बन्ने संघीय लोकतान्त्रिक गणतन्त्र
नेपालको संविधानमा भ्रष्टाचार निवारणको क्षेत्रमा अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको बिद्यमान भूमिकालाई अझै सशक्त वनाई भ्रष्टाचारमुक्त
समाजको साथै सुशासनको अनभुति दिलाउनु आजको ज्वलन्त आवश्यकता हो भन्ने वोध
हामी सबैले गर्नु पर्दछ । ‘जो चोर उसैको ठूलो स्वर’ भने झैं विगतमा
भ्रष्टाचारको कीर्तिमान राख्ने र भ्रष्टाचारलाई राज्य र समाजका सवै
अंगहरुमा क्यान्सर झैं फैलाउने पार्टी र व्यक्तिहरुले प्रतिशोध र
वदनियतपूर्ण ढंगले सबैलाई सोलोडोलो आरोपित गर्ने र आम जनतामा सवै उस्तै
हुन् भन्ने भ्रम फिँजाउने प्रवृतिवाट पानि हामी सतर्क रहनुपर्दछ । वास्तविक
जीवन र समाजमा धेरै मान्छे असल हुन्छन् र थोरै मात्र खराव हुन्छन् भन्ने
तथ्यलाई हामीले विर्सन हुँदैन ।
देशमा विद्यमान लामो राजनीतिक गत्यावरोधको
अँध्यारो सुरुङबाट अव हामी छिट्टै समाधानको उज्यालो तिर उद्यत हुँदैछौं ।
आगामी जेठको मध्यसम्म अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्ने गरी केही
दिन भित्र राजनीतिक निकास निस्कने विश्वास म तपाईहरु माझ व्यक्त गर्न
चाहन्छु । वर्तमान सरकारले नै नयाँ निर्वाचनको घोषणा गरेको हुँदा त्यसमा
केन्दि्रत रहेर निस्कने समाधानमा सरकार पूर्ण रुपले प्रतिवद्ध रहने जानकारी
पनि म गराउन चाहन्छु ।
(प्रधानमन्त्री डा. बाबुराम भट्टराईले
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २३ औं स्थापना दिवसका अवसरमा आइतबार
व्यक्त गर्नुभएको विचार)
२६ माघ, काठमाण्डौ । सरकारविरुद्ध विपक्षी
९ दलको पहिलो चरणको आन्दोलन शुक्रबारबाट सकिएको छ । दोस्रो चरणको आन्दोलन
सोमबार घोषणा गर्ने विपक्षीको कार्यक्रम छ । अब विपक्षी दलहरुले कस्तो
कार्यक्रम ल्याउलान् ? यसबारे अनलाइनखबरसंग कुराकानी गर्दै विपक्षी दलका
कार्यकर्ताहरुले सरकारलाई घुँडा टेकाउन सहमति भन्दा सडक आन्दालनेमै जोड
दिनुपर्ने बताएका छन् । पहिलो चरणको आन्दोलन जनतामा जागरण ल्याउनका लागि
मात्रै भएकाले अब दोस्रो चरणको आन्दोलनवाट जसरी पनि सरकार ढल्ने उनीहरुको
दाबी छ । शुक्रबार खुल्लामञ्चमा भेटिएका विपक्षी कार्यकर्ताको विचार
उनीहरुकै शब्दमा :
बाबुरामलाई जनताको दबावबाटै हटाउनुपर्छ- देवेन्द्रराज कँडेल
हिजोको राजाको सत्ता कसरी ढल्यो ? एकैचोटि
सत्ता कब्जा गर्ने गएको त होइन । सडकबाट नै हो । जब जनतालाई हामीले आफ्ना
कुरालाई उनीहरुलाई कन्भिन्स गर्न सकियो भने जनताको विश्वास लिन सकियो भने
गरेर जनताको लहरका अगाडि को टिक्न सक्छ र ?
एकीकृत माओवादीका क्रियाकलाप र त्यसका जति
पनि साक्षी बसेका अरु पार्टी मधेशी दलहरु जसरी भ्रष्टाचार, अनियमिततामा
लागेका छन् । संविधानसभाको निर्वाचन गराउन नसक्ने भइसकेपछि असफल भइसकेपछि
स्वतः छोड्नुपर्ने हो । तर, अहिले जुन किसिमका घटनाहरु हत्याहिंसाका
घटनाहरु या विभिन्न कुराहरुलाई लिएर जसरी संरक्षण खोजिरहेको छ । जस्तै
पत्रकार डेकेन्द्रराज थापाको मुद्दाहरुलाई रोक्न खोज्छ, हत्याराहरुलाई
संरक्षण दिन खोज्छ भने यो प्रधानमन्त्रीबाट के आश गर्ने ? तसर्थ जसरी पनि
जनताको दबावबाट यो सरकारलाई हटाउनुपर्छ ।
जसरी अहिले हाम्रो पक्षमा जनताको लहर आएको
छ । जनता हाम्रै पक्षमा भएकाले विरोधसभा प्रभावकारी भएका छन् । गाउँगाउँमा
विरोधसभा भएका छन्, गाउँबाट जनता जुर्मुराएका छन् । त्यसैले यो सरकार अब
धेरै दिन टिक्न सक्दैन । आन्दोलनवाटै वर्तमान सरकार ढाल्छौँ ।
बहालवाल प्रधानन्यायाशीको नेतृत्वमा
चुनावी सरकार गठन गरेर निर्वाचनमा जाने एमाओवादीले गरेको प्रस्ताव पासो
मात्रै हो । कार्यपालिका र न्यायपालिकाको प्रमुख हुन सक्दैन । यो एउटा
चारोमात्रै हो । प्रधानन्यायाधीश र न्यायालय पनि हर्ने र भोलि
प्रधानमन्त्रीका हैसियतले भएका विवाद आफै फैसला गर्ने । धामी पनि आफै,
बोक्सी पनि आफैं । यो त मिल्दैन ।
एमाओवादीले अर्को ढाँटको खेती गर्यो
अदीप खड्का, नेकपा माले, भक्तपुर सचिव
सरकारमा नैतिकता छैन । एकपछि अर्को ढाँटको
कुरा गरेको छ । त्यसैले जतिसक्यो छिटो ढाल्नु पर्छ । सरकार सर्वसत्तावादी
सरकारलाई नेपाली जनताले लोकतन्त्र र प्रजातन्त्रका लागि फेरि सशक्त
आन्दोलनको आवश्यकता छ ।
दोस्रो चरणको आन्दोलन आमहड्तालदेखि लिएर
सम्पूर्ण जनताहरु आन्दोलनमा उत्रिएर देश नै ठप्प पार्ने छन् । र, जनताले नै
यो सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने छन् । जसरी एकीकृत माओवादीले
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर जाऊ भनेर प्रस्ताव गरेका छन्
त्यो गतल हो । यो मिल्नै नसक्ने कुरा हो । उसले नेपाली जनतालाई ढाँटको खेती
गरेर नेपाली जनताका सपनालाई चकनाचुर पार्न काम गरेको छ ।
माओवादीले दलहरुवीच को सहमतिमा नआउने र
सर्वसत्तावाद लाद्न खोजेको छ । यसप्रति जनताहरु सचेत हुनुपर्दछ । अब,
दोस्रो चरणको आन्दोलनबाट हामीले यो सरकारलाई फाल्छौँ र नयाँ सरकार बनाउछौँ ।
सडकबाटै सरकार हटाउन जरुरी छ
लोकतन्त्रमा यदि सरकार जिम्मेवार भएन भने,
सरकारमा आफैं बसेर आन्दोलनको घोषणा गर्दै देश दौडाहामा उत्रिन्छ भने
त्यतिवेला जनता चुप लागेर बस्दैनन् । लोकतन्त्रमा जनता फेरि पनि त्यसका
विरुद्धमा, सर्वसत्तावादको विरुद्धमा र एकीकृत माओवादीको नेतृत्वमा रहेको
यो सरकारको ज्यादती विरुद्ध अब जनता सडकमा ओर्लिन्छन् र सरकारलाई
सत्ताच्युत गरेर मात्रै जनता र्फकन्छन् ।
सम्पूर्ण लोकतन्त्रवादी देशभरका जनता
सडकमा ओर्लेर सरकारविरुद्ध धावा बोल्नुपर्ने आवश्यकता छ । आजको यो
उत्साहमूलक प्रदर्शनले के देखाएको छ भने अब जनताले बाबुराम भट्टराई
नेतृत्वको सरकालाई सत्ताच्युत गर्दै नेपालमा लोकतान्त्रिक व्यवस्थालाई
निरन्तरता दिनका लागि यो सरकार बाहिरि नै पर्छ । यसका लागि सडकबाटै सरकार
हटाउन जरुरी छ । अब प्रतिपक्षी दलको आन्दोलन अब झन् प्रभावकारी तथा सशक्त
रुपमा अगाडि बढ्छ । दलहरु असफल नभएकाले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी
सरकार गठन हुन सक्दैन ।
सरकार ढाल्ने मात्रै आन्दोलन होइन
महासचिव, अनेरास्ववियू छैठौँ
यो सरकार ढाल्नेमात्रै आन्दोलन होजस्तो
लाग्दैन । यो आन्दोलन सर्वसत्तावाद र अधिनायकवाद विरुद्धको आन्दोलन हो ।
त्यसैले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सरकारबाट हटाएर कुनै एबीसी
कसैलाई प्रधानमन्त्री बनाउन होइन ।
आन्दोलनका तीनवटा चरण हुन्छन् । पहिलो
विरोध, त्यसपछि आन्दोलन अनि त्यसपछि जनआन्दोलनको रुप लिन्छ । यो सबैभन्दा
पहिलो चरणको विरोध कार्यक्रम हो । यो विरोधको कार्यक्रम सम्पन्न भइसकेपछि
आन्दोलनको रुप लिन्छ र जनताको उपस्थितिले जनआन्दोलनको रुप लिइसकेपछि
आन्दोलन सफल हुन्छ । यो आन्दोलन केवल सत्ता प्राप्त गर्नका लागि होइन ।
दोस्रो चरणको आन्दोलनले निश्चितरुपमा यो अधिनायकवादी सरकारलाई हटाउन यी ९
दलमात्रै नभएर अन्य दलहरुलाई पनि साथमै लिएर अघि बढ्नुपर्छ ।
जनतालाई संगठित गरेर वृहतरुपमा आन्दोलनलाई
अघि बढाउनुपर्छ । एमाओवादीले कुनैबेला सुशील कोइरालालाई प्रधानमन्त्रीका
रुपमा अघि सार्न लगायो, कहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन
गरौँ भन्ने प्रस्ताव सार्यो । अहिले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप
गर्नका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्ताव ल्याएको हो ।
जनताले नै सरकार ढाल्छन्
शशिनाथ आचार्य
अनेरास्ववियू, वाग्मती विशेष ब्यूरो प्रमुख
जनताको जुन खालको साथ विपक्षी दललाई साथ र
समर्थन देखापरेको छ । देशब्यापीरुपमा जुन ढंगले जनताको एउटा उत्साह
देखापरेको छ यो उत्साहलाई हेर्ने हो भने यो आन्दोलनको बलमा यो सरकार अपदस्त
हुन्छ र जनताले आफ्नो बल र बुँतामा नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माण
गर्ने र राष्ट्रका जल्दावल्दा एजेन्डाहरु छन्, तिनीहरुलाई निकास दिने
ठाउँमा मुलुक पुग्छ । पहिलो चरणको आन्दोलन जनतालाई जागि्रत गराउने मात्रै
भएकाले अब दोसो चरणको शसक्त आन्दोलनले यो सरकार ढल्छ ।
जनता भर्खर तात्तिएका छन्
यो पहिलो चरणको आन्दोलनमात्रै हो । भर्खरै
जनता तात्तिएका छन् सारा नेपाली जनता वर्तमान सरकारको सर्वसत्तावादी सोच र
अधिनायकवादी शैलीका विरुद्ध सडकमा उत्रिएका छन् । सरकारको रबैया अन्त्य
गर्न दोस्रो चरणको आन्दोलनवाट सरकार ढाल्नुपर्छ ।
सरकारका हरेक काम जनघाती छन् , हत्या र
हिंसालाई प्रश्रय दिइरहेको छ हत्याराहरुको संरक्षण दिइरहेको छ । त्यसैले यो
सरकारलाई अपदस्त गरेर राष्ट्रिय सहमतिको सरकार वनाएर नयाँ निर्वाचनमा
जानुपर्छ ।
ज्ञानेन्द्रलाई ढालेझै बाबुरामलाई ढाल्छौ
सरस्वती शाह, तरुण दल, बाँके
आन्दोलनबाटै ज्ञानेन्द्र सरकार ढलेको होइन
र ? ज्ञानेन्द्र सरकारलाई कसरी जनताले ढाले, त्यसरी नै नेपाली जनताले
सडकबाटै वर्तमान सरकारलाई पनि ढाल्छौँ ।
दोस्रो चरणको आन्दोलनले अझै जनतालाई जगाएर
सडक तताएर ल्याउनुपर्छ । जसरी धानमा मुसो पल्कन्छि त्यसैगरी प्रधानमन्त्री
बाबुराम भट्टराई बालुवाटारमा पल्किसकेका छन् । भट्टराई धानमा पल्किसकेको
मूसाजस्तै हो । देशको ढुकुटी सिध्याउन खोजिरहेका छन् । जनताले अब
बाबुरामलाई बालुवाटारबाट निकाल्छन् ।
आन्दोलन सरकार हटाउनकै लागि हो
आन्दोलन सरकार ढाल्नका लागि हो । कानमा
तेल हालेर बसिरहेको अधिनायकवाद र सर्वसत्तावाद सरकारलाई हटाउन यो आन्दोलन
सफल हुन्छ । शान्तिपूर्ण आन्दोलनको बलमा सरकार ढाल्ने हाम्रो मूख्य लक्ष्य
हो ।
शान्तिपूर्ण आन्दोलनको बलमा सरकार छोड्न
नचाहे दोस्रो चरणको आन्दोलनवाट सरकारलाई ढाल्छौं । नेपालमा नेपाली राजनीतिक
दलहरु अझै असफल भइसकेका छैनन् । प्रधानन्यायाधीशको नेतृत्वमा नभई राजनीतिक
दलकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरी चुनावमा जानका लागि
आन्दोलनले बल पुर्याउँछ ।
राधाकृष्ण मैनाली, एमाओवादी सल्लाहकार
महाधिवेशनको निम्तो ढीलो दिएकाले म
हेटौंडा गइँन । मलाई १९ गते बेलुका मात्रै बोलाए । प्रतिनिधि, पर्यवेक्षकका
रुपमा भाग लिन र टीको लगाउनका लागिमात्रै म महाधिवेशनमा गइँन । मलाई के
जिम्मेबारी दिने ? केही प्रष्ट पारेका छैनन् । नयाँ मान्छेजस्तो हेर्नकै
लागि मैले जानु जरुरी छैन, किनभने यस्ता महाधिवेशन, सम्मेलनहरु धेरै
देखिसकेको छु ।
राम्रो कुरो चाहि के हो भने जनयुद्ध छाडेर
उत्पादनको युद्धमा लाग्यौं भन्ने कुरा सिद्धान्तः राम्रो कुरा हो ।
निरन्तर ध्वंशको नारामा मात्रै कार्यकर्तालाई लान सकिँदैनथ्यो । त्यसैले
निर्माणमा कार्यकर्तालाई लैजाने कुरो सकारात्मक छ । तर, यो नारा वास्तवमा
प्रयोग हुन्छ कि हुँदैन ? अहिलेसम्म कम्युनिष्ट आन्दोलनमा भएका नाराजस्तै
यो पनि नारा मात्रै हुने हो कि ? अनि यो आम मानिसको निम्ति हुने हो कि
कार्यकर्ताको निम्तिमात्रै हुने हो ? यसबारेमा प्रष्ट पार्नुपर्ने देखिन्छ ।
तर, उनीहरुले अहिलेसम्म अघि सारेको कार्यक्रम हेर्दा कार्यकर्ताका लागि
जस्तोमात्रै देखिन्छ ।
राष्ट्रियताको सवालमा जुन कुरो छ,
छिमेकीको विरोध गर्नु गलत कुरो हो भनेर आए । तर, वर्षैपिच्छे नयाँ नयाँ
नारा निकाल्न थालेपछि गाह्रो हुन्छ । विदेशको विरोध गरेरमात्रै राष्ट्रवादी
भइँदैन, यो कुरो साँचो हो । तर, यो कुरो पहिले नभन्ने, अहिले भन्ने अनि
अहिले भनेर पनि यसलाई लागू गर्ने कि नगर्ने ? मैले पनि धेरैचोटि भन्ने
गरेको थिएँ, हाम्रो कृषि उत्पादनमा राष्ट्रवाद हुनुपर्छ । प्राकृतिक स्रोत
सारधन र कृषिलाई बढावा गर्नोस्, यो असली राष्ट्रवाद हो । कागजको राष्ट्रवाद
भनेको त हावादारी राष्ट्रवाद हो । वस्तुवादी राष्ट्रवाद भनेको नेपाली
उत्पादनमा जोड दिनु हो । हाइड्रोपावर देखि लिएर खानीका कुराहरु पनि छन् ।
पर्यटन, होटल व्यवसायहरु छन् । यी चिजहरुलाई उठाउन सकियो भने राष्ट्रवाद
बलियो हुन्छ । तर, अहिलेसम्मको कम्युनिष्ट आन्दोलनले राष्ट्रवाद बलियो
बनाउने भनेको कागजमा मात्रै गर्यो । त्यसैले अहिले प्रचण्डले जसरी
उत्पादनमा लागे भनेका छन्, साँच्चै उनले यतातिर लान सक्ने हुन् कि नसक्ने
हुन् ? यसो गर्न सके त राम्रै कुरो हुन्थ्यो ।
प्रचण्डले भनेको कुरा उनका तलका
कार्यकर्ताले आआफ्नो किसिमले बुझेका छन् । अब गाउँमा गएर कमाउन पाइने भो,
अब गाउँमा गएर धम्क्याउन पाइने भो भन्ने ठानेका छन् । माओवादीका धेरै
कार्यकर्ताहरु उत्पादन गर्ने भन्दा अरुको उत्पादन खोसी खाने धेरै छन् ।
आफैं उत्पादनमा लाग्ने कार्यकर्ताको संख्या सारै थोरै छ । अरुको उत्पादन
लुटीखाने प्रवृतिका मान्छे माओवादीमा धेरै छन् । राजनीतिक नाममा हिजो
उनीहरु लुटी खाएर हिँडेका छन् । यहाँ मागी खाने, लुटी खाने, धम्क्याई खाने
मान्छेहरुको संख्या धेरै छ । यस्ता कार्यकर्ताबाट के उत्पादन होला ?
राष्ट्रमा नीति बनाएर आम मान्छेलाई
गरीखाने उपाय दिने हैसियतमा जान सक्ने हो भने त राम्रै हो । तर, यसरी
देशलाई उन्नतिमा पुर्याउन सरकार चाहिन्छ । सरकारमा जान लोकप्रियता चाहिन्छ ।
लोकपि्रय बन्नका लागि सिद्धान्तमा होइन, व्यवहारमा जानुपर्यो । एमाओवादीले
यसो गर्न कति सक्ला ? भनेकै भरमा मात्र पत्याउन सकिँदैन, व्यवहारलाई
हेर्नुपर्ने हुन्छ ।
प्रचण्ड, अध्यक्ष एकीकृत माओवादी
हाम्रो पार्टीमा विगत केही वर्षयता
पार्टीको भित्री संघर्ष अस्वस्थ्य र अराजक वन्दै भएको छ । विचार समूह गुटमा
परिणत भएका छन् । पार्टी हैन, गुट र व्यक्ति हावी हुन पुगेको छ । पार्टीमा
विचार र राजनीति संघर्ष नभई व्यक्तिगत स्वार्थ प्रतिबिम्वन हुन थालेको छ ।
यो क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको सर्वाधिक बाधक र हानिकारक यस
कारण पनि छ कि वर्गदुश्मनले यही बिन्दुवाट पार्टी अन्तरध्वंस गर्न रणनीति
अपनाउँछ । हामी कम्युनिष्टहरु कुनै अमुक व्यक्तिलाई होइन, बरु समाज वा
जनसमुदायको राजनैतिक, आर्थिक, सास्कृतिक रुपान्तरणको नेतृत्व गर्छौ । यही
सर्वहारा सामूहिकताको आदर्श पनि हो । वर्ग संघर्षको मूल कडी पनि यही हो ।
वर्ग संघर्षको यही मूल कडीलाई केन्द्रबिन्दुमा राखि हरेक नेता वा व्यक्तिमा
आउने नयाँ सोच, चिन्तनहरुलाई कमिटीमा स्वस्थ बहस गर्न सकिन्छ र पार्टीको
सामूहिक बुझाइमा परिणत गर्न सकिन्छ । एकता संघर्ष र रुपान्तरणको
माक्र्सवादी नियमको मर्म पनि यही हो ।
आज हाम्रो पार्टीमा देखिने अराजकता,
अस्वस्थता र गुटबन्दीको मुख्य स्रोत हामी आफूभित्रै चिन्तन र ब्यवहारमा
बिस्तारै पहलाउँदै गरेको व्यक्तिवादी अराजकतावाद हो । यसर्थ यतिबेला सवै
प्रकारका व्यक्तिवादसँग निर्मम संघर्ष गरेर मात्रै अन्तरसंघर्षलाई स्वस्थ
बनाउन सकिन्छ र नयाँ पार्टी निर्माण गर्न सकिन्छ । हाम्रो जस्तो निम्न
पुजिवादी वर्ग समाज, दलाल तथा नोकरशाही सत्ताको प्रभाव रहने स्थितिमा एउटा
विशेषता कै रुपमा व्यक्तिवाद देखिन्छ । आफ्नो पद प्रतिष्ठाका लागि मात्र
चिन्ता गर्नु, पार्टीभित्र घुर्की, धम्की र बार्गेनिङ गर्नु, आफ्नो र आफ्नो
परिवारको सुरक्षा र सुविधाको ग्यारेन्टी खोज्नु, आफूभन्दा तल नोकरशाही
बन्नु तथा आफूभन्दा माथि दलाली गर्नु अरुको दुःख कष्ट एवं आवश्यकतामा
उदासिन बन्नु, आलोचना सहन नसक्नु आदि व्यक्तिवादी अराजकतावादको उदाहरणहरु
हुन । दुश्मनको चौतर्फी घेराबन्दीमा रहेको सर्वहारावर्गको पार्टीले
आफैंभित्र रहेको व्यक्तिवादका विरुद्ध कठोर र निर्मम आत्मसंघर्ष र
विचारधारात्मक संघर्ष नगरिकन क्रान्तिका बांकी कार्यभार पूरा गर्न सम्भव
छैन ।
आज हाम्रो पार्टीमा संगठनात्मक कुनै
पद्दति छैन, व्यक्तिहरु कमिटी मातहत छैनन, पार्टी तल्ला कमिटीहरु र
माथिल्ला कमिटीबीच सम्बन्ध छैन । न त सर्वसम्मत छ न बहुमत अल्पमत नै छ ।
गुट स्वार्थ र व्यक्ति स्वार्थले प्रभाव जमाइरहेको छ । यो कम्युनिष्ट
पार्टीको संगठनात्मक सिद्धान्त र विधिको ठाडो उल्लंघन हो । पार्टीको
निर्माण गर्न गुटको अन्त्य हुनैपर्छ । नेतृत्व निर्माणको प्रश्न अति
संवेदनशील पनि हो । नेतृत्व व्यक्ति पनि हो तर नेतृत्व त्यो भन्दा माथि
पार्टी, समाज, राष्ट्रको सामूहिक अभिव्यक्ति हो । व्यक्तिगत इच्छा, चाहना र
स्वार्थभन्दा माथि उठेर मात्र नेतृत्व निर्माण हुन्छ । नेतृत्वको आलोचना,
उसलाई रुपान्तरण गर्न हुनुपर्छ, तर अन्तरध्वस गर्न होइन । हाम्रो समाजमा र
पार्टीमा नेतृत्वबारेको वुझाई अत्यन्त अराजनैतिक सोंचमात्र प्रभावी बनेको छ
। एकलध्रुबीय विश्वको कल्पना गरिरहेको शक्ति केन्द्रले अर्को स्थापित
भैरहेको स्थापित नेतृत्वको केन्द्रलाई या त आफ्नो दास वा दलाल बनाउन पहल
गर्छ या त त्यसलाई विध्वस गर्ने रणनीति अपनाउँछ । हाम्रो समाज र
पार्टीभित्र पनि नेतृत्वको न्युनिकरण गर्ने, अबमुल्यन गर्ने, बदनाम गर्ने,
खुट्टा तान्ने संस्कृति छ । यो प्रतिक्रियावादी रणनीतिको सहयोगी मात्र
सावित हुनपुगेको छ । नेतृत्वको अबमुल्यन गर्नेले स्वयं आफ्नो, आन्दोलन,
पार्टी, समाजको अबमुल्यन भैरहेको हुन्छ भन्ने बुझ्न बिर्सन हुदैन ।
सर्वहारा सोंच र चिन्तन, मुल्य मान्यतालाई दृढतापूर्वक अबलम्वन गर्ने
समाजको बहुसंख्यक जनसमुदायमा सामूहिक स्वार्थको अभिव्यक्तिका रुपमा
नेतृत्वले पनि आफूलाई खरो उतार्नु पर्दछ ।
हाम्रा कमिटीहरु अस्तव्यस्त छन् । भएका
कमिटीहरु केवल औपचारिकतामा सीमित छन् । कमिटीका निर्णयहरु बेवारिस बन्न
गएका छन् । केही व्यक्तिहरु मात्र चलेका छन् त्यो पनि आफ्नै स्वार्थले ।
कमिटीहरु निस्प्रभावी बन्नुले आम कार्यकर्ता परिचालन र जनपरिचालन शून्य
जस्तो हुन पुगेको छ । शान्ति प्रक्रियाले हाम्रो पार्टीलाई राजनैतिक रुपमा
निकै उचाइमा उठायो, तर त्यसको तुलनामा पार्टीको संगठन व्यवस्थित हुन सकेन र
पार्टीभित्र गैरसर्वहारा कार्यशैली र अनुशासनहीनता झांगिन पुगेको छ ।
सर्वहारा मूल्य मान्यता निकै स्खलित हुन पुगेको छ । मालेमाको मार्गदर्शनको
सचेत पहलमा भन्दा पार्टी दिनानुदिन विद्यमान आर्थिक, सामाजिक सत्ताको
विसंगतिपूर्ण प्रभावको स्वत स्फुर्ततामा फस्दै गएको छ । साम्यवादी चेतना र
जनवादी कार्यशैली (व्यवहार) यतिबेलाको हाम्रो आवश्यकता हो । तर हाम्रो
पार्टी यसबाट विचलित जस्तै भएको छ । विद्यमान समाजका विसंगतिहरुमा हामी
क्रान्तिकारी कम्युनिष्टहरु सलल वग्ने होइन, बरु यसलाई वदल्ने अभियानको
नेतृत्व गर्न चाहान्छौ । दलाल तथा नोकरशाही सत्ताले पैदा गरिरहेको विद्यमान
आर्थिक, सामाजिक विसंगतिपूर्ण व्यवहारहरु नै हाम्रो पार्टीभित्र प्रभावी
हुँदै गरेका विकृतिहरु हुन् । आर्थिक प्रलोभन र अपारदर्शिता तथा सांस्कृतिक
र सामाजिक विकृतिका रुपमा देखिने हाम्रो कार्यशैलीको ह्रास र
अनुशासनहीनताका उदाहरण हुन् ।
आज हाम्रो पार्टीमा कार्यकर्ताको
व्यवस्थापन र संरक्षणको प्रश्न गम्भीर समस्या बनेको छ । हिजो जनयुद्धकालका
हजारांै पूर्णकालीन कार्यकर्ता तथा क्रान्तिकारी ध्रुविकरणसंगै आएका सयौं
पेशेवर क्रान्तिकारीहरुको संख्या बढ्दो छ । पार्टीको तर्फबाट कुनै अमुक
नेताबाट कार्यकर्ताको व्यवस्थापन र संरक्षण गर्ने कुरा सैद्धान्तिकरुपले
गलत मात्र हैन सर्वहारावर्गको नेतृत्वको लागि यो असम्भव विषय हो ।
जनयुद्धको क्रममा स्थापित एक युगै हल्लाउने क्रान्तिको उर्जा र शक्ति
जनमुक्ति सेना आज पूर्व जनमुक्ति सेनामा परिणत भएको छ । क्रान्तिकारी
कार्यदिशाको विकाससंगै पूर्व जनमुक्ति सेनाको भूमकालाई फरक तर नयाँ स्वरुमा
परिभाषित गर्न जरुरी छ । जनसमुदायको क्रान्तिकारी चेतनालाई निरन्तरता दिदै
राज्यसत्तामा उनीहरुको हस्तक्षेप र बिद्रोहलाई सम्भव बनाउन पूर्व जनमुक्ति
सेनाको भूमिका महत्वपूर्ण हुन्छ ।
सेना समायोजनको प्रक्रियापछि स्वैछिक
अवकाशमा आएका पूर्व जनमुक्तिसेनाका कमाण्डर तथा सदस्यहरुको पार्टीमा अझै
पनि समूचित समायोजन हुन सकेको छैन । हजारौं जनमुक्ति सेनाका कमाण्डर तथा
सदस्यहरु आज पनि कमिटीविहीन र जिम्मेवारीविहीन अवस्थामा छन् । यो अवस्था
लामो समय राख्नु हुँदैन । स्थानीय स्तरमा फरक स्वरुपमा पार्टीको नेतृत्वमा
स्थानीय सत्ताको निर्माण गरी त्यसमा पूर्वजनमुक्ति सेना, योंग कम्युनिष्ट
लिग र स्थानीय जनवर्गीय मोर्चा, अन्य मोर्चाहरुको सहभागितामा स्थानीय
सत्तामार्फत् जनसमुदायको राजनैतिक चेतना उठाउने, उनीहरुको विकास
निर्माणमार्फत् जीवनस्तर उठाउने काममा परिचालिन गर्नु पर्दछ ।
(हेटौँडा महाधिवेशनका लागि प्रचण्डद्वारा
तयार पारिएको दस्तावेजको ५३ देखि ६५ पृष्ठसम्म पार्टीभित्रका चुनौतीबारे
गरिएको विश्लेषणको सारांश)
नेपाल पत्रकार महासंघ जनआन्दोलन २०६२/६३
को एक प्रमुख हिस्सेदार हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जे जस्ता
परिवर्तन भए ती सबैको अंशियार नेपालका पत्रकार पनि हुन् । विस्तृत शान्ति
सम्झौताको पत्रकार महासंघले स्वागत गर्दै त्यसको पालना गर्न आठ हजार
सदस्यलाई निर्देशन दिएकै हो । विस्तृत शान्ति सम्झौतालाई कागजको खोष्टो
बनाउने काम नेपालका पत्रकारले होइन, सरकारको नेतृत्व गर्ने प्रमुख दलहरूले
नै गरेका हुन् । बरु पत्रकारले त शान्ति सम्झौता पालना गराउन, शान्ति
सम्झौता र अन्तरिम संविधानअनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी
युद्ध अपराधीलाई कारबाही गर्न, अदालतबाट दोषी ठहर भएर सजाय तोकिएका
बालकृष्ण ढुंगेलहरूलाई कानुनबमोजिम कारवाही गर्न, युद्धबन्दीलाई बेपत्ता
पार्ने कर्णेल राजु बस्नेतदेखि पत्रकार कृष्ण सेनको हत्यामा संलग्न प्रहरी
अधिकृत विक्रमसिंह थापालाई बढुवा नगर्न तथा कानुनी कारवाही गर्न पटक-पटक
झक्झक्याएकै हुन् ।
यदि अदालतबाट दोषी ठहर भइसकेका र बिभिन्न
प्रतिवेदनहरूबाट आरोपितहरूलाई दण्डित गरेको भए अहिले बेलायतमा कर्णेल कुमार
लामा पक्राउ पर्ने थिएनन् होला । अनि डेकेन्द्र थापा प्रकरण सत्ता र
विपक्षीहरूको राजनीतिको रोटी सेकाउने इन्धन बन्ने थिएन होला ।बिडम्बना,
यहाँ डेकेन्द्र थापाको कुरा उठ्दा कृष्णसेनको कुरा किन उठाइएन भनेर
सत्ताधारीले भन्छन् । कृष्णसेनको पक्राउदेखि हत्यासम्मको खबर बाहिर ल्याउने
अरु कोही थिएन पत्रकार नै हुन् । कृष्ण सेनको गिरफ्तारी र हत्यामा
संलग्नलाई बढुवा होइन कारबाही गर भन्दा कृष्णबहादुर महरा गृहमन्त्री भएका
बेलामा बढुवा गरियो । राजु बस्नेतलाई कारबाही गर भनेर सबैतिरबाट दबाब आउँदा
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बाबुरामको जोडबलमा जर्नेलमा बढुवा
गरिएको घटना आलै छ । अनि फेरि पनि पत्रकार र पत्रकार महासंघलाई बिचारका
आधारमा बिभाजित गरिदिने र तल्लो तहका कार्यकर्ताको भावना भड्काउन खोज्ने
सत्ताधारी प्रवृत्ति निन्दनीय छ ।
पत्रकार महासंघले त डेकेन्द्रको प्रकरणलाई
न्यायिक निरुपण हुन दिनुपर्छ भनेको मात्र हो । भोलि अदालतले अन्तरिम
संविधानको अभिन्न अंग बनेको शान्ति सम्झौता अनुरुप डेकेन्द्रको हत्या
प्रकरणको अनुसन्धान र कारबाही अघि बढाउन नपर्ने भनेर फैसला गरेमा सबैभन्दा
पहिले त्यसलाई स्वीकार नेपाल पत्रकार महासंघले नै गर्नेछ । पत्रकार आफ्नो
पक्षमा फैसला हुँदा न्यायालय जिन्दावाद र विपक्षमा फैसला हुदा मूर्दावाद
भन्ने जात होइन । तर हाम्रो आग्रह त, यो प्रकरणलाई स्वतन्त्र ढंगले न्यायिक
निरुपण हुन दिनुपर्छ र व्यक्तिहत्याको फौजदारी अभियोग तथा मानवता विरोधी
अपराधको केशलाई राजनीति नभनियोस् भन्ने मात्र हो ।
डेकेन्द्र प्रकरणले न्यायिक निरुपण पाउने
बित्तिकै कृष्ण सेनदेखि मिलन नेपालीसम्मका पत्रकारलाई हत्या र बेपत्ता
पार्ने अपराधमा संलग्न अभियुक्तहरूलाई पनि न्यायको कठघरामा उभ्याउने बाटो
खुल्छ भन्ने दृढ विश्वास महासंघको हो । यसमा महासंघ एकजुट छ । कसैले
बाहिरबाट धारे हात लगाएर बिभाजित गर्न खोज्दैमा महासंघ बिभाजित हुने छैन
।अहिले डेकेन्द्र प्रकरण चर्किरहेका बेला दैलेखलाई केन्द्र बनाएर बिपक्षी
गठबन्धनले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले दैलेखमा
एमाओवादीको जिल्ला सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री र एमाओवादी
अध्यक्ष लगायतका नेताहरूमाथि अवरोधका प्रयास गरे । ढुंगा, मुढा र
बलप्रयोगको घटना पनि भयो । पत्रकारको आन्दोलनको फेरो समातेर कसैले सत्तामा
जान खोजेको हो भने त्यो पनि किमार्थ सम्भव छैन ।
लोकतन्त्रमा कुनै पनि दलको शान्तिपूर्ण
कार्यक्रममा अवरोध गर्ने कुरालाई पत्रकार महासंघले स्वीकार गर्दैन ।
त्यहाँका पत्रकारहरूले सहकर्मीको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने र
पत्रकार महासंघलाई डलर खेतीको आरोप लगाउने प्रधानमन्त्रीप्रति विरोध जनाएका
हुन् । विपक्षीको आन्दोलनमा पत्रकारको समर्थन वा विरोध केही पनि हुँदैन र
हुनु पनि हुँदैन । यसै घटनाको घानमा परेर विस्थापित भएका पत्रकारलाई
पुनस्र्थापित गर्न सरकारले सुरक्षाको सुनिश्चितता दिनुपर्छ ।डेकेन्द्र
प्रकरणलाई विपक्षीले राजनीतिक दलहरूले आ-आफ्नो दूनो सोझ्याउने अस्त्र बनाउन
नेपालको स्वतन्त्र पत्रकारितालाई बलजफ्ती राजनीतिक लेपन गर्न खोजिरहेका
छन् । तर जाँदाजाँदै एउटा कुरा स्पष्ट होस, पत्रकार सत्ता बचाउने वा हटाउने
दुवैको हतियार बन्न सक्दैनन् । डेकेन्द्रको आत्मालाई शान्ति दिलाउने र
पीडित परिवारलाई न्याय दिने लडाइँमा पत्रकार आफैं लड्न सक्षम छन् । मौकामा
चौका छोपेर सरकारलाई हटाउने अस्त्र आन्दोलनलाई बनाउन विपक्षीहरूले खोजेका
हुन् भने त्यसमा पत्रकार महासंघ सचेत छ । डेकेन्द्रको चिहानमा उभिएर अग्लो
बन्ने छुट कसैलाई पनि छैन ।
अहिलेको संक्रमण काल सामान्य होइन ।
यतिबेला हामी एउटा जटिल अवस्थामा छौं । यतिबेला हाम्रो संक्रमणकाल बडो
गम्भीर अवस्थामा छ । जहिले पनि ठूला राजनीतिक परिवर्तनहरु संक्रमण कालबाट
गुजि्रन्छन् । शासकहरु फेरिन्छन्, शासन फेरिदा प्रणालीहरु
फेरिन्छन्,व्यवस्थाहरु फेरिन्छन् । व्यवस्था फेरिँदा संविधान फेरिन्छ,
कानूनहरु फेरिन्छन् । यसरी पुरानोलाई भत्काएर नयाँ कहाँ लान खोजिएको हो,
त्यहाँ पुर्याउनका लागि नयाँ प्रणाली व्यवस्थित गर्नुपर्ने हुन्छ । यो
अवधिलाई हामी संक्रमणकाल भन्छौं ।
संविधानसभा किन असफल भयो ? संविधान किन
भनेन ? किन संवैधानिक संकट खडा भयो ? संवैधानिक निकायहरुको रिक्तताको
अवस्था किन बन्दैछ ? यो सबै कुरा शान्तिवादी, लोकतन्त्रवादी मूलधारका
पार्टी, शक्ति र व्यक्तिहरुले गर्दा होइन । दक्षिणपन्थी अतिवादलाई हामीले
विस्थापित गर्यौं । सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई विस्थापित गर्यौं ।
हिंसावादी अतिवादी उग्रवादी माओवादीका कारणले गर्दा जटिल र अनौठो खालको
सं्रक्रमणकाल हाम्रो देशमा छँदै थियो । यहाँ दक्षिणपन्थी अतिवादसँग
मुकाविला गरिरहँदा शान्ति प्रक्रियालाई अवसरका रुपमा प्रयोग गर्ने र
अलोकतान्त्रिक एकाधिकारवादी अभिष्ट प्राप्त गर्न कोशिस गर्ने माओवादीसमेत
यसमा मिसिएर आयो । मिसियोमात्रै होइन, संविधानसभाको निर्वाचनको गलत
परिणामका कारणले गर्दा माओवादी प्रमुख शक्तिका रुपमा आयो । शान्ति स्थापना
गर्नुपर्नेछ तर हिंसावादी प्रमुख शक्तिका रुपमा संविधानसभामा आयो ।
लोकतन्त्र सुदृढ गर्नुपर्ने छ, तर अलोकतान्त्रिक, एकाधिकारवादी,
स्वेच्छाचारी खालको उग्र वामपन्थी शक्ति प्रमुख शक्तिका रुपमा आयो । यही
अनुपयुक्त संविधानसभालाई पनि सही परिणाम दिने हाम्रो भूमिका सफल हुन सकेन ।
माओवादीले या त आफ्नो छाप लागेको संविधान चाहियो, या संविधान हुँदैन भन्यो
। यसरी माओवादीले संविधान बन्न दिएन । अत्यन्त धूर्तताका साथ देशभित्र र
बाहिरका शक्तिहरुलाई ढाँटेर सरकारमा गयो । कतिपयका स्वार्थहरुलाई पूरा गरेर
राष्ट्रहित विपरीत, देशद्रोही, जनविरोधी कामहरु गर्दै धोकापूर्ण ढंगले
सरकार प्राप्त गर्ने र त्यो सरकारमा कायम रहने तर, सहमतिको निकटमा पुगेको
अभियन गर्ने, सहमति नगर्ने, भैहाल्यो भने त्यसलाई तोड्ने काम गरियो । र
माओवादी असहमतिको बाटोमा हिँड्यो । सरकामा टिकिरहने मनसायले नगर्ने चुनावको
घोषणा गर्यो ।
संविधान बन्न नदिने माओवादी हो ।
संविधानसभा सिध्याउने माओवादी हो । यो देशमा संघीय शासन पनि माओवादीले नै
हुन दिँदैन । धेरै मान्छे संघीयता भनेका छन्, माओवादीका पछि कुदेका छन् ।
उल्टो गरेका छन् । माओवादीको न दस्ताबेजमा संघीयता छ, न मनमा संघीयता छ ।
माओवादी संघीयताको पक्षधर छैन । माओवादी साम्प्रदायिक विद्धेष र
साम्प्रदायिक घृणाको पक्षमा छ । एकल जातीय स्वायत्त, त्यो पनि आत्मनिर्णयको
अधिकार, फुट्न पाउने अधिकारसहितको एकल जातीय स्वायत्तता शासनको पक्षमा छ ।
एकल जातीय स्वायत्तता भनेको संघीयता होइन । यहाँ मान्छेहरु हेर्दा
पढेलेखेकै जस्ता पनि देखिन्छन्, कसैकसैले त डाक्टर पनि लेखेको देखिन्छ,
कोही कोही लामो इतिहास भएका भन्नेहरु पनि छन् । तर, बहकिँदै गएपछि मान्छे
यति बहकिँदोरहेछ, माओवादी संघीयताको पक्षमा छैन भन्ने कुरो पनि थाहा
पाउँदैनरहेछ र माओवादीकै पछि लाग्दोरहेछ ।
जबज धारण गरेको, लामो अनुभव बोकेको,
राणाशाहीसँग लडेको, पञ्चायती ढालेको, राजतन्त्र फालेको अनि माओवादीलाई
जंगलबाट समातेर घिस्याउँदै शान्ति प्रक्रियामा यहाँसम्म ल्याइपुर्याएको
एमाले पार्टी यहाँ छँदैछ, फेरि देश संकटमा छ । यो त महाभारतको कथामा
अर्जनले गान्डिव धनु फ्याँकेर के लड्ने भनेजस्तो स्थिति देखियो । गान्डिव
पनि छ, अर्जुन पनि छ, सीप पनि छ, पाखुरा पनि छ, सारथी कृष्ण छ, तर नलडेपछि
के गर्ने ? शत्रु खुशी हुने, आफ्ना सबै निराश हुने । हामीसँग जबज छ ।
हामीसँग संगठन छ, जनताको विश्वास छ । हामीसँग अनेक अनुभवहरु छन् । हामीसँग
दुनियाँको आशा, भरोसा छ । यस्तो अवस्थामा यत्रो पार्टी !
मैले थुप्रै ठाउँमा भन्ने गर्छु के हाम्रो
पार्टी बाख्राको घाँटीमा झुण्डिएको लुर्का हो ? थुनजस्तो देखिन्छ, दूध
आउँदैन । पुच्छर होइन, झिंगा धपाउन पनि काम लाग्दैन । न सुन्न कामलाग्छ, न
सुँध्न काम लाग्छ, न खान काम लाग्छ, केही पनि काम लाग्दैन । तैपनि
लुर्काचाँहि झुण्डिरहेको हुन्छ । नेकपा एमाले भनेको यस देशको बाख्राको
लुर्का होइन । कहिले कहिले निस्कने मधु र कैटबहरुलाई ठेगान लगाएर अगाडि
जाने पार्टी हो नेकपा एमाले ।
अहिलेको परिस्थितिमा यो सरकारलाई एकछिन
पनि राख्न मिल्दैन । बाबुराम सरकारलाई राजीनामा गर भन्ने हैन, उनी
कामचलाउमात्रै हुन् । उनीहरु कामचलाऊ भएर नै टिकिरहन चाहन्छन् । यही सरकार
२०/२५ वर्ष जान्छ भनेर कुनै केटाकेटीले गुच्चा खेल्दा भनेको कुरा होइन ।
यस्तो अवस्थामा यो सरकालाई अर्को सरकार गठनद्वारा विस्थापन गर्नुपर्छ । यो
सरकारको राजीनामाको प्रश्न होइन, यो हटिसकेको छ । तर, हटे पनि हट्न मान्दैन
। तपाईहरुले सुनिहाल्नु भो, गोली खाएर मर्छु, झुण्डिएर मर्छु, सेरिएर
मर्छु सरकार छाड्दिन भनिराखेको । यसो भएको हुनाले आज राष्ट्रियता जस्तो
खतरामा परेको छ, लोकतन्त्र खतरामा परेको छ, जसरी संक्रमणकाल लम्ब्याउने
षड्यन्त्र भैरहेको छ, देशलाई अग्रगामी परिवर्तनतर्फ जान नदिने षड्यन्त्र
भैराखेको छ, त्यसबाट देशलाई मुक्त गर्नका लागि जनतालाई सचेत पार्नुपर्छ ।
माओवादीको धाकधम्की, त्रास, भ्रम सबै कुराबाट जनतालाई मुक्त गरेर देशलाई
अगाडि बढाउने कामको नेतृत्व गर्न नेकपा एमालेले अहिले विशेष ढंगको भूमिका
खेल्नुपरेको छ ।
हामीले यसो भनिरहँदा हाम्रो सहयात्रामा
रहेका कतिपय मित्रहरु झस्किन्छन् होला । हामी स्पष्ट छौं, ००७ सालमा
कम्युनिष्टको सहयोग रहे पनि कांग्रेसले नेतृत्व गरेको थियो । ०४६ को
आन्दालेन बैचारिक ढंगले एमालेले नेतृत्व गरेको थियो, व्यहारिकरुपमा
कंग्रेसले संयुक्त नेतृत्व लियो । ०६२/०६३ को आन्दोलनमा वास्तवमा नेकपा
एमालेको अगुवाइ थियो, यद्यपि नेपाली कांग्रेसको मानसिकताका कारण। खासगरी
गिरिजाप्रसाद कोइरालाको कारणले गर्दा त्यसबेला पनि नेपाली कांग्रेसको
नेतृत्व भन्ने भयो । तर, व्यवहारिक नेतृत्व एमालेको थियो । अबको आन्दोलनलाई
नेकपा एमालेले दृढताका साथ वैचारिक रुपमा हाँकेर अगाडि बढ्दैन भने आन्दोलन
सम्भव हुँदैन । त्यसकारण नेकपा एमालेले आन्दोलनेको नेतृत्व गर्नुपर्छ ।
अरु पनि प्रतिश्पर्धामा आए हुन्छ । एमालेको भन्दा बढ्ता शक्ति लिएर आऊ,
एमालेभन्दा व्यवस्थित विचार लिएर आऊ, म उनीहरुलाई भन्न चाहन्छु । तर, यो
कुनै गाई कि त्रिशुल खेल्ने कुरा होइन । भवितव्यले हुने कुरा होइन, यो
विचारको कुरा हो । यो इतिहासले सुम्पेको अभिभाराको कुरा हो । यो कुरा नेकपा
एमालेले बुझ्नुपर्छ । आज आन्दोलन अपरिहार्य छ । पोखरीमा चढाउन लोहोटामा
पानी अलिकति पानी बोकेर गएजस्तो तरिका एमालेले गर्नु हुँदैन । नेकपा
एमालेले आफ्नो अभिभारा बुझ्नुपर्छ ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको
हत्या प्रकरणले मुलुक तातिरहेका बेला झापाका पत्रकारहरु झन् ठूलो
मनोबैज्ञानिक त्रासमा छन् । दैलेखका पत्रकारहरुलाई त स्थानीय माओवादी
कार्यकर्ताले धम्क्याइरहेछन्, धम्क्याउनेहरु आँखै नजिक छन् । तर, झापाका
पत्रकारहरुहरु ‘सेल्फ सेन्सरसिप’ बाट ग्रसित छन्, जसको कलममा तिख्खरपन छैन ।
या कसैका बारेमा नकारात्मक समाचार लेख्न या बोल्न भन्दा पहिल्यै एकपटक
सोच्नुपर्ने बाध्यता छ । केही दिनअघि राजधानीबाट झापा पुग्दा मैले महसुस
गरेको यही हो ।
झापाका पत्रकार यादव पौडेललाई कलकलाउँदो
उमेरमै कालले चुँडेर लगेको १० महिना हुँदैछ । पौडेलको हत्यापछि बेचैन उनका
सहकर्मी तीर्थ सिग्देलले “सम्झनामा यादव पौडेल” नामक स्मृति ग्रन्थ भर्खरै
सार्वजनिक गरेका छन् । यादव पौडेल खोज पत्रकारिता पुरस्कार कोष पनि गठन
भएको छ । पौडेलको हत्या आरोपमा युवराज गिरी, सोमनाथ ढकाल र मन्जु ढकाल
(फुलमाया कार्की) अहिले जेलमा छन् । पत्रकार सामाजिक प्राणी हो । समाजमा
पत्रकारका विभिन्न व्यक्तिसँग आफ्नैखाले सम्पर्क र सम्बन्ध हुन्छन् । तर,
जब ऊ एक पत्रकार भएर उभिन्छ, उसले आफ्नो व्यवसायिक मर्यादाबाहेक केही
सम्झन्न ।
३५ पत्रकारको हत्या, ४ बेपत्ता
माओवादीको सशस्त्र द्वन्द्व सुरु भएयताका
१७ बर्षलाई मात्र नियाल्ने हो भने ३५ जना सञ्चारकर्मीको हत्या भएको छ ।
तत्कालीन विद्रोही माओवादीमा आस्था राखेकै कारण तत्कालिन राज्यले थुप्रै
पत्रकारको बर्बरतापूर्वक हत्या गर्यो । जनादेश साप्ताहिकका प्रधानसम्पादक
रहेका अर्घाखाँचीका कृष्ण सेन, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव
कञ्चन पि्रयदर्शी, पत्रकार महासंघ रामेछापका संस्थापक राजकुमार केसी,
कास्कीको स्वाभिमान साप्ताहिकका सह-सम्पादक महेश्वर पहाडी, नुवाकोटका कमल
एसी, झापाका देवकुमार आचार्य, कैलालीका विनोद सजना चौधरी, काभ्रेका सुवास
मैनालीसहित १७ जना पत्रकारको राज्यले हत्या गर्यो ।
माओवादी पनि के कम ? उसले पनि दैलेखका
डेकेन्द्रराज थापा, बाराका वीरेन्द्र साह, पर्साका गोपाल गिरी,
सिन्धुपाल्चोकका ज्ञानेन्द्र खड्का, मोरङका अम्बिका तिमिल्सिना, कैलालीका
जगतप्रसाद जोशीसहित ९ जना पत्रकारको हत्या गर्यो । ज्वाला सिंह समूहबाट
पर्साका पुष्करबहादुर श्रेष्ठ मारिए । राज्यबाट बेपत्ता पारिएका पत्रकार
महासंघ ललितपुरका निर्वाचित सदस्य मिलन नेपाली, माओवादीबाट बेपत्ता पारिएका
कन्चनपुरका प्रकाशमान सिंह ठकुरी र अज्ञात समूहबाट बेपत्ता पारिएका
सिन्धुलीका चित्रनारायण श्रेष्ठ र ताप्लेजुङका मदन पौडेलका परिवारले न सास
पाउन सकेका छन, न लास ।
ज्यान सबैको बराबर
पत्रकार र नागरिक समाजको चर्को दबाबकै
कारण यादव पौडेलका हत्यारा कमसेकम चिसो छिंढीमा पुगे । तर, पत्रकारका कलम
भाँच्ने थुप्रै हत्याराहरुले उन्मुक्ति पाइरहेका छन् । पत्रकारको हत्यामा
संलग्नलाई उल्टै राज्य र माओवादीले अहिले पुरस्कृत गरिरहेका छन् ।
वीरेन्द्र साह, ज्ञानेन्द्र खड्काका हत्यामा संलग्न आफ्ना
नेता-कार्यकर्ताहरुलाई अहिले पनि माओवादीले बचाऊ गरिरहेको छ । त्यसैगरी,
कृष्ण सेन, महेश्वर पहाडीहरुलाई निर्ममतापूर्वक हत्या गर्ने सुरक्षाकर्मी
अहिले पनि राज्यको उपल्लो ओहोदामा छन् ।
आज प्रश्न उठिरहेको छ, डेकेन्द्रराज
थापाका हत्याका आरोपीको कुरा उठाउँदा कृष्ण सेन या कन्चन पि्रयदर्शीका
हत्याराका विषयमा किन कुरा नउठाउने ? डेकेन्द्रको मात्रै कुरा गरेर
शान्तिप्रक्रिया भाँड्न खोजेको र कृष्ण सेनको रगतलाई पानीझैं ठानेको आरोप
पनि लागिरहेको छ । नेपाली पत्रकार विभाजित छैनन्, उनीहरुलाई विभाजित गर्ने
प्रयत्न गरिएको छ । नेपाली प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता
आन्दोलनलाई कित्ताकाट गरेर तुहाउने दुष्प्रयास अहिले सरकारले नै गरेको छ ।
जसका कारण आज देशका १० हजार भन्दा बढी पत्रकार सडकमा उत्रिन बाध्य हुनु
परेको छ ।
डेकेन्द्रराज थापाका हत्याका आरोपीहरु
त्यसै पक्राउ परेका होइन, आठबर्षसम्मको निरन्तर खबरदारी र कानुनी लडाईंबाट
मात्र सम्भव भएको हो । डेकेन्द्र युद्धका पक्ष थिएनन । न उनले तत्कालीन
सेना प्रहरीका लागि हतियार बोकेका थिए, न त माओवादीका लागि । काकाकुल
जनतालाई पानी खुवाउने अभिलाषा बोकेर माओवादीसम्म पुगेका डेकेन्द्र
फर्किएनन् । डेकेन्द्रको हत्यामा संलग्नहरुलाई कारबाही गर्दा
प्रधानमन्त्रीदेखि महान्यायधिवक्तासम्मको टाउको दुखेको छ । विद्वान
प्रधानमन्त्रीले बुझ्नुपर्छ, अपराधीलाई संरक्षण गर्ने पनि अपराधी हो ।
‘महा-अन्यायाधिवक्ता’को त चर्चा गरेर के नै साध्य छ र ? देशका कार्यकारी
प्रमुख प्रधानमन्त्रीका कार्यकारी सल्लाहकार नै प्रधानमन्त्रीलाई
उल्टोपाल्टो सल्लाह दिएर बेवकुफ बनाउने काम गरिरहेका छन् । डेकेन्द्रलाई
जिउँदै गाड्नेहरुलाई छाड्ने कसम खाएका प्रधानमन्त्री र महान्यायाधिवक्तालाई
त अहिले अदालतले हाजिर हुन मात्र बोलाएको छ, कानुनी शासनको धज्जी उडाउने
यस्तै मनोमानी रहे हत्कडी लगाउनेसम्मको काम नहोला भन्न सकिन्न ।
जहाँसम्म कृष्ण सेन, महेश्वर पहाडी, कन्चन
पि्रयदर्शी, कमल एसी, कुमार घिमिरे लगायत राज्यबाट हत्या गरिएका
पत्रकारहरुको प्रसंग छ, उनीहरुको हत्यामा संलग्न सुरक्षाकर्मीहरु अहिले पनि
राज्यको उपल्लो ओहोदामा छन् । ‘पि्रय कमरेड’का हत्याराहरु अहिले पनि
प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्यालुट ठोकिरहेका छन् । कमसेकम
तिनीहरुलाई कानुनी कठघरामा उभ्याउने ल्याकत प्रधानमन्त्रीले राखुन् । आखिर
ज्यान सबैको बराबर हो ।
डेकेन्द्रराज थापादेखि कृष्ण सेनसम्मका
कलमजीविको हत्यामा संलग्नहरुलाई कारबाही हुँदा वाहवाही नै हुनेछ ।
हत्यारालाई कारबाही हुँदा शान्तिप्रक्रिया भाँडिने, अमनचयन खल्बलिने होइन ।
यसले शान्ति प्रक्रिया झनै मजबुत हुनेछ, कमसेकम जनताले देशमा साँच्चै
गणतन्त्र आएको महसुस गर्नेछन । न दैलेखका पत्रकारले दिनहुँ आन्दोलन
गर्नुपर्छ, न त झापाका पत्रकारहरुले कलमै बन्द गर्नुपर्ने अवस्था सिर्जना
हुन्छ । डेकेन्द्रको हत्यामा संलग्नहरुमाथि कानुनी कारबाही गर्न अनवरत
खबरदारी गरिरहेका पत्रकारहरु छिट्टै कृष्ण सेन र महेश्वर पहाडीका
हत्यारालाई कारबाही हुने दिनको प्रतिक्षामा छन् ।
श्रीप्रसाद पण्डित, पूर्वरजिष्टार (सर्वोच्च अदालत)
गत एक महीनादेखि महिला हिंसा विरुद्धको
आन्दोलनले नेपालमा गति लिएको छ । तर, यही अवधिमा बोल्नेको पीठो बिक्ने,
बोल्न नसक्नेको चामल पनि नबिक्ने भनेझैं गरीव असहाय महिलाविरुद्ध भएका
हिंसा भने ‘आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष’ भनेजस्तो आभाष हुन थालेको
छ । समाज र राज्यप्रति कुनै कानूनी दायित्व नभएका अधिकारवादीहरुलाई यस्ता
गरीव असहाय महिलाविरुद्ध भएको हिंसाले ‘श्राद्धमा बिरालो बाँध्ने’जस्तो
औपचारिकता निर्वाह गराउनुबाहेक केही गर्न सकेको देखिएन ।
राज्यसंयन्त्रमा बलशालीहरुको पहूँचले
गर्दा गरीव असहाय महिलाहरु आफूउपर भएको हिंसालाई पीडितकै गल्तीका कारणले
पीडितले हिंसा सहनुपरेको हो, बाह्य कारणले होइन भन्ने सुन्न बाध्य पार्न
लागिएको छ । यथार्थमा महिला हिंसाको नारा उचाल्दै बालुवाटार वा सिंहदरबार
घेर्न जाने, त्यसरी जुलुसले खिचेको तस्वीर वा भिडिओ क्लीपमार्फत् आफ्नो
संस्थालाई आर्थिक सहयोग गरिरहेका आफ्ना अन्नदाता (मालिक ?) का रुपमा रहेका
अन्तर्राष्ट्रिय दातृ निकायलाई पठाउने र त्यसकै आडमा भोलि विदेशी मुद्रामा
मोटो रकम पुरस्कारको रुपमा लिने साधन भएका छन् गरीव र असहाय महिलाहरु ।
पीडितलाई न्याय दिलाउन अन्तिम अवस्थासम्म लागी रहने, दोषीलाई सजाय दिलाउन
प्रत्येक दिन हुने कानूनी कारबाहीको अनुगमन र ताकेता गर्ने र सर्जमीन गर्दा
पीडितका मान्छेका भनाइ राख्न दिनेदेखि लिएर फोरेन्सिक प्रयोगशालामा पनि
झारा टार्ने काम गरिन्छ भन्ने कुराका लागि अधिकारकर्मी सूर्योदयदेखि
सूर्यास्तसम्म अनुगमन गरिरहने फुर्सद अधिकारकर्मीलाई छैन । अथवा, यसो गर्नु
यिनीहरुको कर्तव्य नै होइन ।
भोलाकुमारीको मुद्दा
काभ्रेपलान्चोककी भोलाकुमारी चौलागाईलाई
यही काठमाडैंामा मारिएछ र नुवाकोटको रानीपौवा नजिक लगेर आत्महत्या गरेर
मरेको भन्ने पार्नलाई रुखमा झुण्ड्याइएछ, । कुनै अधिकारकर्मी संलग्न नभएको
त्योबेलामा काभ्रेका महिलाहरु स्वतःस्फूर्त रुपमा प्रत्येक दिन जुलुस गर्दै
राज्य संयन्त्रका आधिकारिक निकायसमक्ष लगातार विरोध प्रदर्शन गर्थे र
त्यतिखेर दोहोर्याएर पोष्टमोर्टम परीक्षण गरिएको थियो र नुवाकोट जिल्ला
अदालतमा कर्तव्य ज्यान मुद्दा चलेर ज्यान मारेको ठहर फैसला भई अहिले
पुनरावेन परी मुद्दा पुनरावेन अदालत पाटनमा विचाराधीन रहेको छ ।
सरस्वतीको कथा
यतिबेला डा. रेणु राजभण्डारीले आफूहरुले
सरस्वती सुवेदीको दोहोर्याएर पोष्टमोर्टम गराउन सरकारलाई इतिहासमै
पहिलोपटक बाध्य बनाएर बहादुरी गरेको कुरा टेलिभिजनबाट अन्तर्वार्ता
दिनुभएको सुनियो । उहाँले ‘काटें मुसाको कान, जोगाएँ ससुराको धान’ भनेझैं
गरे पनि सरस्वती सुवेदीको मृत्युलाई आत्महत्या नै हो भनी प्रमाणित गराउन
के-के हुनसक्थ्यो भन्नेतिर रेणुजीको ध्यान पुगेको देखिएन ।
अनामनगरमा एक व्यक्तिको घरमा घरेलु
कामदारका रुपमा त्यही घरले उपलव्ध गराएको टहरोमा छोरीका साथमा बस्ने गरेकी
सरस्वती सुवेदी (घरमा बोलाउने नाम ललिता हो) घट्टेकुलोकी हुन् । म पनि
घट्टेकुलोकै बासिन्दा र उनीहरुको छिमेकी भएको नाताले बाहृयरुपमा देखिने
त्यो परिवारको केही कुरा अरु छिमेकीसरह परिचित नै छु । यिनीहरु झापातिरका
हुन् । एउटा मात्र छोरा अकालमै मरेकाले पुत्रशोकबाट भुलिन्छ कि भनी
राजधानीमा छिरेका रहेछन् सरस्वतीका पिता माता । उनका माता-पिता विगत ५-६
वर्षदेखि घट्टेकुलामै बस्दै आएकाछन् । सरस्वती र उनकी बहिनीले आफ्ना बृद्ध
मातापिताको पालन पोषणमा छोरालाई नै बिर्साउने गरी भरथेग गरिरहेका थिए ।
आर्थिक दृष्टिले अत्यन्त सकसपूर्ण जीवन गुजारा गरिरहेको त्यो परिवार
अर्काको भाँडा माझेर, सुत्केरीलाई तेल लगाइदिने काम गरेर र प्रत्येक शनिवार
५-६ घरमा लुगा धोएर जीवन गुजारा गर्दै आएको छ । सरस्वती सुवेदी त्यो
परिवारको जेठी छोरी थिइन्, २२ वर्षको कल्कलाउँदो उमेरमा नै नियतिले उनलाई
विधवा बनायो एउटी छोरी काखमा सुम्पेर । आज उनकी छोरी ९ वर्षकी भै सकेकी
छिन् ।
वारदातमा बुझ्नुपर्ने कुराहरु
सरस्वती सुवेदीको मृत्यु सम्बन्धमा
राज्यले गरिरहेको अनुसन्धानको क्रममा थुनामा रहेका व्यक्तिका आफन्तहरुले
‘अनामनगर समाज’का नाममा सो परिवारको चरित्रहत्या गरेको र उनीहरुलाई थुनामा
राखेको भन्दै सिंहदरबार दक्षिणढोका अगाडि प्रदर्शन गरे । पढाइमा अत्यन्त
तेजिला छोरालाई समेत हिरासतमा राख्दा उनको पढाइ बिगि्रयो भनेर राज्यबाट
क्षतिपूर्ति समेत माग गरियो ।
विरोधका क्रममा सरस्वती सुवेदीको
दुई-दुईचोटि शव परीक्षण गर्दा पनि झुण्डिएर नै मृत्यु भएको भन्ने
पोष्टमार्टम रिपोर्टले देखाइसकेको अवस्थामा सरस्वतीले आत्महत्या नै गरेकी
हुन् भन्ने निचोड निकालिएको छ । राजधानीबाट निस्कने पत्रिकाले पनि जनमत
सिर्जना गराउनका लागि आशंकित परिवारमाथि अन्याय भएकै हो भनी अदालतले
भन्नुअघि नै आत्महत्याको निश्कर्ष निकाले ।
आरोपी परिवारले आफ्नो निर्दोषिता प्रमाणित
गराउन आँफैले जे गरिरहेको छ, त्यो कानुनसम्मत हुनुपर्छ । हुन सक्छ, उनीहरु
निर्दोष नै होउन् । त्यो परिवारले सरस्वती जुन वस्तुको पासो लगाएर
झुण्डिइन् भनेको छ, त्यो पासो नै काटिदियो भने सरस्वती सुवेदीलाई बचाउन
सकिन्छ कि भन्ने नाममा पासो काटिदिएको भनेका छन् । सरस्वती शौचालयभित्र
छिरिछन् रे, धेरैबेर भयो निस्किनन् भनेर केही भयो कि भन्ने शंकाले ढोका
फुटाएरभित्र पस्दा त झुण्डिएको अवस्थामा देखिइन् रे । मान्छेलाई कब्जियत
हुन सक्छ, शौचालयभित्र पसेको मान्छे कति समयभित्र निस्केन भने ढोका फोरेर
भित्र छिर्नु पर्छ भन्ने मापन सो परिवारले गर्यो ? एउटी महिला शौचालयभित्र
पसेको थाहा हुँदाहुँदै किन भित्र छिरियो ?
पोष्टमार्टम रिपोर्टको सीमा
सरस्वतीको घाँटीमा भएको चोट हेर्दा
झुण्डिएको कारणले मृत्यु भएको भन्ने पोष्ट मार्टमरिपोर्टलाई चुनौती दिन
नसकिएला । तर, आँफै झुण्डिएको हो कि झुण्ड्याइएको भन्ने कुरा पोष्टमार्टम
गर्ने डाक्टरले भन्न सक्दैनन्, यो कुराको निक्र्यौल प्रमाण र घटनास्थल
समेतको परिवेश एवं पस्थितिको मूल्यांकन गरेर मात्र हुन सक्छ र यस्तो
निक्र्यौल गर्ने निकाय भनेको अदालत नै हो ।
भन्नु परोइन, फाँसीको सजाय पाएर मृत्युवरण
गर्न विवश व्यक्तिको पनि पोष्टमार्टम गर्दा सरस्वतीको जस्तै झुण्डिएका
कारणले मृत्यु भएको भन्ने नै निस्कन्छ । तर, यसको मतलव फाँसी पाएको
व्यक्तिले आत्महत्या गरेको भन्ने निश्कर्ष निकाल्न मिल्छ र ? आफैं
झुण्डिइन् कि अरुले झुण्ड्यार मार्यो भन्ने कुराको अनुसन्धान प्रहरीले
मात्र गर्न सक्छ ।
सरस्वतीको त्यो अवस्था देखेपछि तुरुन्तै
प्रहरीलाई खबर गर्नुपर्ने थियो । घटनास्थल सिंहदरबारको महानगरीय प्रहरी
बृत्तबाट हिँडेर पनि तीन मिनेटभन्दा टाढाको दूरीमा छैन । सरस्वतीको
खुट्टालाई अँगालोले बाँधेर अलिकति उचालिदिएको भए भक्तपुरबाट नै आउनुपरे पनि
प्रहरी नआउञ्जेल सरस्वतीलाई यथावस्थामा राख्न सकिन्थ्यो । सरस्वती करीव ३२
वर्षकी युवती थिइन् । राजा त्रिभुवनको र महेन्द्रको उमेर १४ वर्षको फरक
थियो भने घरबेटीको उमेर पनि भरखर ५४ वर्षको मात्रै रहेछ । उनीहरुको
संम्बन्ध जे जस्तो रहे पनि सरस्वतीको अस्वाभाविक मृत्युपछि यस्ता शंकाहरु
उठ्नु अस्वाभाविक होइन । यस्तो अवस्थामा सरस्वतीको मृत्यु सम्बन्धमा
प्रमाणलाई नष्ट हुनबाट जोगाई अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग गरी आफ्नो
निर्दोषिता सिद्ध गर्न प्रयत्नरत हुनुपर्नेमा आफ्नो सम्बन्ध प्रभावशाली
व्यक्तित्वहरुसँग भएको भन्ने आडमा घटनालाई आत्महत्या नै सिद्ध गर्न
पहिलेदेखि नै लागिपरेको जस्तो देखियो । सुनिए अनुसार त्यस परिवारको सम्बन्ध
त्यस्तो अत्यन्त बलशाली प्रहरी अधिकृतसँग जोडिएको चर्चा पनि छ जसले झण्डै
झण्डै बाबुराम भट्टराईलाई नै प्रधानमन्त्रीको कुर्सीबाट हुत्याइदिएको थियो
राजनैतिक समीकरण नै उनको कारणले बदलिन्छ कि भनेर । उनको हस्तक्षेप नहुन पनि
सक्छ, तर, खोरमा बाख्रो हराउनु र वनमा बाघ कराउने घटना एकसाथ भएकोले
समाजले शंका गर्नु बेमुनासिब पनि त थिएन ।
सरस्वती घरेलु नोकर थिइन् । उनी पनि
डेकेन्द्र थापाझैं एउटा पत्रकार वा प्रभावशाली परिवारको भएको भए आज यो
देशको संक्रमणकालले नै निकास पाउने गरी आन्दोलन हुने थियो, सञ्चार माध्यमले
सरस्वतीको मृत्युलाई अर्कै कोणले हेर्ने थियो कि ?
आत्महत्याको जुरिस्प्रुडेन्स
मोदीको मेडिकल जुरिस्प्रुडेन्स (Medical
Jurisprudence, 22nd Edition page 620) ले भन्छ, मान्छेले त्यसै आत्महत्या
गर्दैन । मनोचिकित्सकहरु र उक्त जुरिस्प्रुडेन्सका अनुसार आत्महत्या गर्ने
व्यक्तिले खास प्रकृति पहिलेदेखि नै देखाएका हुन्छन् । बराबर डाक्टरकहाँ
लगिरहेको हुनुपर्छ । धेरै पहिलादेखि नै यस्ता व्यक्तिमा निराशापन देखिन्छ,
कसैसँग बोल्न मन गर्दैन, बाँच्न मन नलागेको कुरा गर्छ, इत्यादि लक्षणहरु
देखिन्छन् । आत्महत्या गर्नेको सुइसाइड नोट पनि प्रायः भेटिने गर्छ ।
भेटि्टए पनि उसका हस्ताक्षर हो कि होइन भन्ने परीक्षण गर्नुपर्छ ।
पासो लगाउनलाई सिलिङ्गको उचाइ कति थियो,
केमा चढेर सिलिङ्गमा पासो अड्काइयो, पासो कत्तिको बलियो थियो, जमीन र
खुट्टाको दूरी कति फरक थियो ? इत्यादि प्रश्नहरुको पनि पूरा जाँच गरिएको
हुनुपर्छ । महिलाले आत्महत्या गर्दा कुनै पुरुष सदस्यसँग अन्तरंग सम्बन्ध
थियो कि भन्ने शंकालाई निवारण गर्नको लागि मृतकको गुप्तांगको रांंैलाई
काँगियो कोरेर डि.एन्.ए. परीक्षण गराउनु पर्छ । त्यस्तो रांैमा अरु
व्यक्तिको रौं पनि भेटि्टन्छ कि भनेर हेर्नुपर्छ । महिलाको शरीर र ओछ्यानमा
समेत वीर्यको चिन्ह छ कि छैन भनेर बैज्ञानिक जाँचसमेत गराउनुपर्छ ।
नेपालमा कानूनको शासनको व्यंग्य गर्दै कवि भीमनिधि तिवारीले लेखेका यी शब्द कालजयी छैनन् त ?
सडकबीच कुकुर बस्छ, उसको ज्यानै जान्छ,
त्यही ठाउँमा साँढे बस्छ, मोटर घुमी जान्छ ।
पुण्यप्रसाद भट्टराई
अघिल्लो लेख मैले न त महिलाको पक्षमा
लेखेको थिएँ न त पुरुषको पक्षमा । मैले त एउटा अवस्था देखेँ जहाँ पीडा थियो
र त्यसलाई विश्लेषण मात्र गरेको हुँ । किनकि हामी मान्छेका आँखा दुःखमा
रसाउँछन् र सुखमा विस्फारित हुन्छन् । अन्याय गर्ने माथि भन्दा अन्यायमा
पर्नेमाथि सहानुभूति जान्छ । हामी त्यति नै रुन्थ्यौँ यदि रावण सत्यको
पक्षमा थियो र रामले असत्यको पक्षमा रहेर मन्दोदरीको हरण गरेको थियो भने ।
हामी सीता नाम गरेकी महिलामाथि भएको दूराचारका कारण मात्र रोएका होइनौ,
त्यो दूराचार जस्को भएको भएपनि अन्यायमा हाम्रो आँखा रसाउँछ, चाहे त्यो
दूराचार महिलामाथि होओस् वा पुरुष माथि । मेरो लेख त्यही बलात्कारीको
बयानवाट शुरु भएकाले होला धेरै सकारात्मक टिप्पणी आएका थिए । त्यही
टीप्पणीले अर्को लेख लेख्न जागरुक गराएको छ ।
यो विषय महिला र पुरुष बीचमा सीमारेखा
लगाएर गाली गलौज गर्ने विषय जस्तो लाग्दैन । केही मानिसहरुले महिला र पुरुष
वीचमा यो विषयलाई राखेर ‘कुरुप पुरुषत्व’को दोष दिन पनि पछि परेनन् ।
पुरुषत्व आफैँमा कुरुप बन्दैन कुरुप पार्ने सामाजिक तत्वहरु हामीवीचमा नै
रहेको छ । भारतमा एउटा बसमा भएको सामूहिक बलत्कारको साक्षी बनेका एक
पुरुषको पुरुषत्वका हिसाबले के दोष थियो र ? मेरो लेखको एउटा निचोड हामी
महिला, पुरुष र तेस्रो लिङ्गीद्वारा निर्मित समाजमा बसेका छौँ र यहाँको
महिलाको सुन्दरता, पुरुषको पुरुषत्व र तेस्रो लिङ्गीको पहिचानलाई
उजिल्याउने जिम्मा हाम्रो हो र त्यसका लागि हामीले हाम्रो घरलाई सुुसँस्कृत
बनाउने प्रयास गर्यौँ भने पूरा हुनेछ भन्ने थियो । वास्तवमै यो साँचो हो
कि जसको घरमा सँस्कार छ, त्यहाँ गरिबी भए पनि कहिल्यै महिला हिँसा र कुरुप
पुरुषत्वले बास गर्न सक्दैन । त्यस घरका सन्तान सुसंस्कृत हुन्छन् । कसलाई
कहाँ कति सम्मान गर्ने भन्ने कुरामा उनीहरुले घरबाट सिकेका हुन्छन्,
जुनकुरा विश्वविद्यालय गएर सिकिने हैन ।
बास्तवमा नै बलात्कृत हुने बढी महिला नै
हुन् । बलात्कारीहरु समाजका त्यस्ता शत्रु हुन्, जसले सान्तानोत्पादनको
अमूल्य प्राकृतिक पद्धतिलाई आफ्नो बसमा पारेर यो प्राकृतिक प्रकृयामा
दुराचार मात्र गर्दैनन् समाजमा सामाजिक परिचालनको सुमधुरतामा अँकुश लगाउने
कार्य गर्दछन् । हामी यतिबेर राजनीतिक बहसभन्दा पनि एक कदम अघि उठेर यस्का
बारेमा बहस पैरबी गरिरहेका छौँ । बलात्कारीका विरुद्धमा प्लेकार्डसहित
नारावाजी गरिरहेका छौँ । शायद बलात्कारीलाई कारवाही गर्न कस्तो कानून
ल्याउन सरकारलाई दवाव दिने भनेर राजधानीको कुनै पाँचतारे होटलमा गोष्ठी
सम्मेलन समेत गरिरहेका छौँ । कुरुप पुरुषत्वलाई धिक्कार्दै बलात्कारीको
शरीरमा किरा परोस् भनेर सराप दिइरहेका छौ । तर, सत्य यो हो कि जवसम्म हामी
बलात्कारको विरुद्धमा नलागेर केवल बलात्कारीको विरुद्धमा लागिरहन्छौ यस्ता
घटनाले समाजलाई आक्रान्त पार्न छाड्छ जस्तो लाग्दैन ।
हामी गुरुत्वाकर्षणका बारेमा कहिल्यै कुरा
गर्दैनौ, केबल बस्तुको तौलको थपघटमा विवाद गरिरहन्छौँ । जसले
गुरुत्वाकर्षणका बारेमा, चुम्वकीय बलरेखाका विषयमा विश्लेषण गर्यो, उसले
नै हवाइजहाज बनायो र मलाइ त लाग्छ त्यही अरुले बनाएको जहाजमा चडेर हामी
हाम्रो क्षमता नाप्दै मच्ची मच्ची गफ गरिरहेका छौ । यथार्थतालाई कहिल्यै
भुल्न सकिन्न । यथार्थतालाई लत्याउनु भनेको आत्मसमर्पणको मार्गमा जानु हो ।
जसरी विश्वमा सदियौ पुराना विराशत पनि यथार्थतालाई चिन्न र स्वीकार गर्न
नसकेर निमिट्यान्न भएका छन् । एकातर्फ केही जानकारहरु मानवअधिकारका
दस्तावेजका केही धारा पढेर र विकसित मुलुकमा भएको फेसनशोलाई टीभी हेरेर
हाम्रो अधिकारको वकालत गरिहेका छन् भने अर्कातिर आधापेट खाएर लाज मात्र
ढाक्न भएपनि दिनरात दुख गर्ने मानिसहरु यही भूगोलभित्र रहेका छन् । केही
मानिसहरु यहाँ खुलापन, आधुनिकताको कुरा गर्दै समाजमा अधिकारको क्याप्सुल
बाँडिरहेका छन् भने भोकै हिँड्ने मान्छेहरु शारिरीक आवश्यकता पुरा गर्ने
क्याप्सुल मागिरहेका छन् । विद्वान अब्राहम मास्लोको आवश्यकताको
सिद्धान्तलाई हेर्ने हो भने यहाँ कतिपय उनका प्रथम आवश्यकता (खाना नाना र
छाना)का लागि मरिहेका छन् भने केही चौथो आवश्यकतालाई पुरा गर्दै पाँचौ
आवश्यकता पुरा गर्ने होडमा छन्, र यी दुइ गरिब र धनी वीचको दुर्गम दूरीका
कारण समाजमा यस्ता घटना घटेका छन् । तथापि हामी ‘कुरुप पुरुषत्वको’
ब्यवसायिक र राजनीतिक जार्गन अगाडि ल्याएर यसको समाधान खोज्न प्लेकार्ड,
होटल, सडक र शब्दको दुरुपयोग गरिरहेका छौँ । मलाइ त लाग्छ महिलाहरुमाथिको
सहानुभूति बेचेर हामी काठमाण्डौको पाँचतारे होटलमा बहस गरिरहेका छौँ ।
जन्मेको बाह्र बर्ष नपुग्दै पेटका कारण विदेशमा यौवन बेच्ने महिलाहरु बस्ने
रसुवाको यार्सामा, सोलुखुम्बुको गुदेलमा महिला अधिकार पुर्याउन
सक्नुपर्छ, तवमात्र बलात्कार कम हुन्छ र महिला अधिकारको सही उपयोग हुन्छ ।
हामी केही जानकारहरु, हातमा आइफोन र
एण्ड्रोइड बोकेर मानव अधिकारका बहस गरिरहेका छौँ, महिला अधिकारका बहस
गरिरहेका छौँ र दाह्रा किटिरहेका छौँ ती बलत्कारीका विरुद्धमा । यतिबेर
सयौँ महिलाहरु हाम्रै सडकपेटीमा खुलेका बारहरुमा पेटका कारण बलात्कृत छन् ।
खाडी मुलुक जाने आधा महिला पेटकै कारण बलात्कृत छन् । उनीहरुका बारेमा
कसले सोच्ने ? के उनीहरुको पेटका कारण भएको यो दुर्दशा चाहीँ बलात्कारको
परिभाषा भित्र पर्दैन ? यदि बलात्कारीको विरुद्धमा मात्र सोच्ने हो भने यो
शोषण बलात्कारको परिभाषाभित्र पर्दैन । त्यसो हो भने हामी बलात्कारको
विरुद्धमा लाग्न जरुरी छ, जसका लागि ‘कुरुप पुरुष मानसिकता’मात्र हैन
‘कुरुप सामाजिक मानसिकता’ खराब छ । केही अँग्रेजी बोल्न जान्ने र महिला
अधिकारका दस्ताबेजका केही धारा रटेर आफ्ना छोराछोरीलाई खुल्ला सडकमा
प्रेमराग र यौनराग सहितको खुल्लापन पढाउने अभिभावक र भोकभोकै शरिर बेच्न
हिडेका महिलाहरु जिम्मेवार छन् । त्यसैगरी यस्ता समाजका निर्लज्ज खुलापन
देखेर निर्दोष, असक्त र समाजको इज्जतको बोझले थिचिएका महिलामाथि जाइलाग्ने
‘दुशासन’ जस्ता फटाहा पुरुष सबैभन्दा जिम्मेवार छन् । यिनैका प्रभावका कारण
शालीन र सभ्य महिला पनि बलात्कृत भएका छन् ।
हामी हर प्रश्नलाई सामान्यीकरण गरेर हेर्न
अभ्यस्त भएका छौँ । कुनै पत्रकार, निजामती, न्यायाधीश वा महिलामाथि भएको
एउटा दुराचारलाई सिँगो सगठनसँग जोडेर अरुका विरुद्ध उत्रन्छौँ । हामीले
बुझ्न जरुरी छ, त्यो पत्रकार, निजामती, पुरुष वा महिलाको पनि संगठनबाहेक
ब्यक्तिगत पहिचान छ । समयअनुसार उसको विभिन्न सामाजिक उपस्थिति रहन्छ र
सोही उपस्थितिसँगै उसका कार्यहरु उप्रति उत्तरदायी बन्दछन्, ब्यवहारिक
हैसियतमा ऊ बाबु, आमा, काका, काकी, शत्रु, मित्र होला । द्रोणाचार्य आफ्ना
छोरा अश्वस्थामालाई हर सवालमा सोध्ने गर्दथे ‘तिमी यो प्रश्न कसलाई गर्दैछौ
गुरु वा पिता ?’ यसको मतलब सामान्य रुपमा बाहेक एक महिला, निजामती वा
पत्रकार वा अन्य कुनै निश्चित पेशाकर्मीका विविध स्वरुप हुन्छन् । उसको
कुनैपनि स्वरुपमा रहँदा भएको हिँसाको कारण सिँगो उसको बर्ग वा सँगठन नहुन
सक्छ । उसको ब्यवहारिक पारिवारिक कारण पनि हुन सक्छ । कतिपय मुद्धाको
अनुसन्धानबाट स्पष्ट भइसकेको छ, कतिपय यस्ता सामाजिक सगठनका ब्यक्तिमाथिको
दुराचार केवल उसकै पारिवारिक कारणबाट मात्र भएको पनि हामीले देखेका छौँ ।
यसकारण हामीले अब महिला र पुरुष वा पत्रकार, न्यायाधिश, निजामतीका रुपमा
हैन, कि खराब ब्यक्ति र सज्जन ब्यक्तिका आधारमा समाजका हरेक कार्यको
मूल्याँकन गर्न जरुरी छ ।
बहुचर्चित चलचित्र टाइटानिककी नायिका
रोजलाई उनी राम्री भएकाले मात्र दर्शकले मन पराएका हैनन्, उनको सामाजिक
सत्यताप्रतिको त्यागका कारण पनि हो, त्यसैगरी हामीले यो पनि बुझ्नुपर्छ कि
आफूलाई हाइपोथर्मियाबाट मृत्युको मुखमा पुर्याएर भए पनि रोजलाई बचाउने
यायावर (ज्याक)को हृदय कार्लको सम्पत्ति र महिलाप्रतिको दृष्टिकोण भन्दा
सयौगुणा महान छ, र उनी -पात्र ज्याक) पनि पुरुष नै हुन् । त्यसैगरी
धृतराष्टको राजसभामा द्रौपदीको बस्त्र हरण गरिरहेका दुशासनबाट द्रौपदीको
लाज बचाउने श्रीकृष्ण पनि महिला थिएनन् । यस्तो लाग्छ अब हामी महिला भएकाले
महिलाको पक्षमा बोल्छौं र उनीहरुको सम्पूर्ण सामाजिक बेथितिलाई क्षमा
गर्छौं । पुरुष भएकाले पुरुषको पक्षमा बोल्छौँ । यदि सत्य र अन्यायका
पक्षमा बोल्ने हो भने महिलाले पुरुषको र पुरुषले महिलाको संबेदनशीलतामा
बोल्न र आँशु खसाउन सक्नुपर्छ । आफ्नो अवस्था, समय, सामाजिक, आर्थिक र
राजनीतिक विकासको धरातलअनुरुप श्लीलता र अश्लीलताको मूल्यांकन र परिभाषा
हुन्छ, त्यसैगरी खुलापनको स्वीकार्यता । जुन देशका मानिसहरुमा धनी र
गरिबवीचको दुरी नै छैन, त्यस देशमा नाँगै हिड्नु पनि श्लील ठहरिएला, तर
हाम्रो जस्तो देशमा समाजका केही मर्यादालाई अधिकारको कवचले छोप्ने प्रयास
गर्दै अश्लीलतालाई श्लील देखाउन खोजिएका कारण पनि यस्ता घटना घटेका हुन्,
जुन मेरो अघिल्लो लेखको अन्तर्वस्तु थियो ।
बलात्कारका घटनाका दोषी महिला र पुरुष
दुबै हुन् । समाजको सामान्य नियम र नैतिकता भूलेर सम्पत्तिको दम्भमा
महिलालाई खेलौनाका रुपमा सोच्ने केही दुशासन जस्ता ब्यक्तिहरु समाजका दोशी
हुन्, त्यस्ता ब्यक्तिलाई पुरुष नभनेर राक्षस भने हुन्छ । त्यसैगरी महिला
आमा हुन्, दिदी बहिनी, छोरी, भान्जी सबै हुन् उनीहरुको सम्मान गर्नुपर्छ
भन्दैमा कंसजस्तो राक्षसलाई दूध पिलाउने र पवित्र मातृवात्सल्यसहितको दुधमा
विष मिलाई नन्दगाउँका अवोध सारा बच्चा सखाप पार्ने पूतना (श्रीकृष्ण
चरित्र, महाभारत)जस्ता मान्छेलाई महिला सृष्टिकर्ता हुन् भनेर पुजा गरिरहनु
पर्दैन । पूजा गर्नलाई पुज्य हुनुपर्छ । अधिकार र सम्पत्ति अनि पश्चिमी
संस्कृतिको दम्भमा सामान्य सामाजिक मर्यादा पनि भूलेर माझ सडकमा नाँगै
हिड्ने र समाज भड्काउने पुतनाहरुलाई पनि हामीले महिला अधिकारको नाममा पुजा
गरिरहनुपर्छ जस्तो लाग्दैन ।
समाज सञ्चालनका केही आधारभूत नियम छन्,
जुन आदिकालदेखि चलेको छ । बैज्ञानिकले गरेको डिजिटल विकासको दम्भमा यस्ता
आधारभूत नियमलाई नाघ्ने हो भने संसार उल्टो घुम्ने छ । तसर्थ शालीन र सभ्य
समाज निर्माण गर्ने भए पुरुष र महिलाले आफ्नो कर्तब्य पालन गर्न आवश्यक छ ।
स्वतन्त्रतासहितको कर्तव्यपालनालाई दासता भनिँदैन, त्यो त समाजको लगाम हो,
जसले घर, परिवार र समाज हुँदै विश्व सुधार्छ ।
म पुरुष हुँ, मैले भनेको महिलाले
मान्नुपर्छ भन्ने दम्भी ब्यक्तिलाई समाजले तिरस्कार गर्न सक्नुपर्छ र
सजायको भागिदार बनाउनुपर्छ । त्यसैगरी महिला हँु, स्वतन्त्रता मेरो अधिकार
हो भनेर म जति पनि नाङ्िगन पाउनु पर्छ, पुरुषले चाहिँ आफूलाई सम्हाल्न
सक्नुपर्छ, भन्ने हो भने आदिमकालमा भएका धर्मयुद्ध, शक्तियुद्ध जस्तै अब
महिला र पुरुषवीच महायुद्ध नहोला भन्न सकिन्न । किनकि आफ्नै अघि सार्वजनिक
स्थलमा नाँगै महिला हिडिँरहँदा सबै पुरुषले बेद पढेर बस्न सक्लान् जस्तो
मलाई लाग्दैन । तसर्थ हामीले गाली गलौज गर्दैमा, मैले कलम धस्दैमा समाज
सुधार हुँदैन । हामीले आफ्नो सामाजिक कर्तब्यको पहिचान गर्न सक्नुपर्छ र
त्यसको पालना गर्न सक्नुपर्छ । समाजलाई पुरुष र महिलाको सीमारेखाले
छुट्याउन खोजेर रामराज्य पाउन सकिन्न ।
महाभारतमा एउटा कथा यस्तो छ, कुन्तीले
आफ्नो चन्चलता थाम्न नसकेर उम्लिइरहेको यौवन सूर्यलाई सुम्पिइन् जसको
फलस्वरुप कुमारी अवस्थामा जन्म दिएकी कर्णलाई समाजको डरले नदीमा बगाइन् ।
त्यसैको फलस्वरुप कर्णले गुरु द्रोणबाट शिक्षा पाएनन् । यसै सामाजिक
गल्तीका कारण दानवीर कर्ण गुरु परशुरामबाट श्रापित हुन पुगे । त्यही लुकेको
पीडाका कारण उनले बीच सभामा द्रौपदीलाई नांगो पार्न दुर्योधनलाई सघाए । के
यो दृष्टान्तलाई महिला र पुरुषको सीमामा राखेर तुलना गर्न सकिन्छ ? के
यहाँ समाजको दोष छैन ? यौवनको चञ्चलता सम्हाल्न नसक्नुमा कुन्तीको के दोष
थियो र ? के महिला वा पुरुषबिनाको एकल समाज परिकल्पना गर्न सकिन्छ ?
हाम्रो समाज दोधारे विद्वानहरुबाट सताइएको
छ, जहाँ न त पूर्णरुपमा खुलापनको कदर गरेर समाजलाई स्वतन्त्र रुपमा
छोडिन्छ, न त समाजलाई पुरै तारजालीभित्र घेरेर राख्न सकिएको छ । अनैतिक र
गैरकानुनी बेश्याबृत्तिलाई सम्ााप्त पनि नपार्ने र यसलाई कानूनी घेराभित्र
ल्याएर राष्ट्रविकासमा लाउन पनि नसकेकै कारण समाजले यस्ता दुर्दशा भोग्न
परेको कसैबाट छिपेको छैन । जमैका, थाइल्याण्ड जस्ता राष्ट्रले कानूनी रुपमा
यौन ब्यापार गरेर लाखौं डलर आर्जन गर्न हुने, अनि नेपालले चाहीँ किन नहुने
? जुन कार्यले यौन दूराचार घटाउन मद्दत गरोस् ।
अन्तमा, पुरुषबादी समाजको पुरुषत्व,
महिलावादी समाजको सुन्दरता, ब्राम्हण समाजको ब्राम्हणत्व, लिम्बु समाजको
लिम्बुत्व, लामो र छोटो नाकको नाकत्व, पत्रकार समाजको कलमत्व, निजामती
समाजको कलमत्व भनेर रेखाङ्िकत गर्दै हामीले समाज विकासको विगुल फुक्न
थाल्यौं भने कदापि यहाँ विकास सम्भव छैन । हामीले केवल सही र गलत मानिसको
पहिचान गर्न आवश्यक छ । चाहे त्यो पुरुष होओस्, वा महिला, ब्राम्हण होओस्
वा तामाङ वा लामो नाके होओस् वा छोटो नाके । ‘तँ पुरुष होस् तैले तेरो
छोरालाई बलात्कार नगर् भनेर सिका तर मेरी छोरीलाई के कपडा लगाउने भनेर
सिकाउनु पर्दैन’ भन्ने हो भने आफैँ सोचौं समाज अवश्यै कुसंस्कारको दलदलमा
फस्नेछ ।
आदरणीय पाठकबृन्द यो लेख अघिल्लो लेखको
सिलसिलामा भएको कारण तपाई कतै अल्मलिन पनि सक्नुहुन्छ, यसका लागि
क्षमाप्रार्थी छु, एउटा घटनालाई देखेर मैले कलम समाएको थिएँ शायद यस
सन्दर्भमा अब कलम बन्द गर्दछु, मेरो विषय अरु नै छ ।
(लेखक सोलुखुम्बुका निर्वाचन अधिकृत हुनुहुन्छ ।)




