निष्कपट हुनुको पीडाले आज उसलाई निकै सताइरहेछ । मनभरि आदर्श र स्वच्छ भावना बोक्नु पनि उसका लागि जीवनको पीडामय गीत बनेको छ ।
उसले सोची, 'मैले कहाँ गल्ती गरें ? कसरी सुरु भयो पीडामय जिन्दगीको यात्रा ?' यो मानसिक तनाव उसले भोग्नु नपर्ने हो । अति उदार चित्त हुनुको बेफाइदा सायद यस्तै हुँदो हो ।
उसो भए के फरक रह्यो र स्वार्थी भावना र निःस्वार्थी भावनामा ? यस्तै प्रश्न ओइरिरहेका छन् उसका मनभरि । भानुचोकको भीडमा आफूलाई नितान्त एक्लो यात्री सम्झेर एकपटक लामो सुस्केरा लगाउँछे । सानो ब्याग काँधमा झुन्डिएको छ । आँखाले व्यस्त बजारमा कसैलाई खोजिरहेका छन् । तर रित्तै र्फकन्छन् भावशून्य भएर ।
आपmनो पछाडि कानै छेड्ने कर्कस आवाजमा हर्न बजाउँदै धनकुटाबाट फलफूल बोकेर झरेको ट्रक आएको पनि थाहा पाउँदिन । उसलाई कानभरि आपmनी बहिनी र लोग्नेको कर्कस आवाज मात्र गुञ्जिरहेको महसुस हुन्छ ।
ट्रकको आवाजलाई पनि ऊ लोग्ने र बहिनीको नमीठो, भद्दा र अश्लील गाली सम्झन्छे ।
तन्द्रा टुटेपछि पछाडि र्फकदा ट्रक चालक झ्यालबाट टाउको निकालेर नियमित बोलीमा गाली गरिरहेको हुन्छ, 'काल खोजेको हो कि क्या हो ? पागल आइमाई ।'
ऊ चुपचाप पश्चिमतिर टेम्पो
स्टेन्डमा हानिन्छे ।
अदृश्य पीडा सबैभन्दा खतरनाक हुँदो रहेछ । विपरीत परिणाम भोग्ने त उसले कल्पना पनि गरेकी थिइन । अहिलेको भोगाइप्रति उसले पटक्कै चित्त बुझाउन सकिरहेकी छैन । उसलाई आफ्नो पीडाप्रति विश्वासै लाग्दैन । पश्चाताप पनि छैन तर पनि पीडा मनभित्रै लुकिरहेको छ ।
त्यसो भए लोग्नेको तिरस्कारलाई उसले पुरस्कार सम्झने त ? आपmनै बहिनीलाई अब फेरि कसरी सहयात्री सम्झने ?
जटिल, जटिल झन् जटिल बन्दै गएको छ उसको मनोदशा । ऊ टेम्पोबाट घर अगाडिको गेटछेउमा उत्रन्छे र भाडा तिर्छे ।
झमक्क साँझ परिसकेको छ ।
घरका सबै कोठा उज्याला छन् । तर उसको कोठा अँध्यारो छ । साँझमा बत्ती बाल्दा सबै कोठामा बाले के बिग्रन्थ्यो र ?
ऊ यो कोठामा एक्लै बस्न थालेको धेरै भएको छैन । करिब चार वर्षजति भयो । लोग्नेसँग सम्बन्धविच्छेद भएको पनि होइन । बहिनीसँग कुनै दिन झगडा पनि भएको छैन अर्थात् उसले अहिलेसम्म पि्रयालाई ठूलो स्वरले गाली गरेकी पनि छैन ।
घरभित्र छिरेर स्वीच अन गर्छे । कोठाभरि उज्यालो छरिन्छ ।
'मम्मी-मम्मी मलाई के ल्याइदिनुभयो, खोइ क्याटबेरी ? क्याटबेरी दिनुहुन्न भने म भोलिदेखि स्कुल जान्न, नाइँ के स्कुल जान्न ........ ।' विवेक आज पनि काखमा पल्टियो । साढे चार वर्षको विवेकलाई सबैभन्दा बढी माया गर्छे । त्यसैले पनि ऊ आत्महत्या गर्नबाट धेरै पटक जोगिएकी छे ।
उसलाई थाहा छ, घरमा पुग्नासाथ विवेकले केही न केही माग्छ । त्यसैले आज पनि क्याटबेरी किनेर ल्याइदिएकी थिई । उसले व्यागमा हात हालेर खोल्न पनि नभ्याई विवेकले निकालिसकेको थियो ।
'अब तिमी भोलि स्कुल जान्छौ होइन ?' बालसुलभतालाई नियालेर टाउको मुसार्दै विस्तारै साउतीको भाषामा बोली ।
मुखभरी क्याटबेरी खाइरहेको विवेकले टाउको मात्र हल्लायो । ठूलीआमालाई मायालु पाराले हेर्दै ।
त्यसपछि विवेक उठेर गयो बाहिर गोजीभरि क्याटबेरी बोकेर ।
ऊ लुगा फेर्न थाली, खिया लागेका टिनको दराजमा टाँसिएको फुटेको ऐनाअगाडि उभिएर । 'यो ऐनाजस्तै मेरो भाग्य पनि फुटेको रहेछ । र, यो टिनको दराज भन्दा के फरक रह्यो र मेरो जिन्दगी ? दराजमा त्यसै खिया लागेको छ । मेरो जीवनमा पनि बिनाकारण खियाको पीडा थपिएको छ ।' त्यस्तै सोच्दै ऐनामा आफूलाई नियाल्छे ।
ऊ लोग्नेभन्दा चार वर्ष कान्छी र बहिनीभन्दा आठ वर्ष जेठी छे अर्थात् ऊ अहिले ३४ वर्षकी भएकी छे । तैपनि बुढेसकालले छोएजस्तै ऊ परिपक्व अनुभवी शैलीमा जीवनलाई बुझ्ने प्रयास गर्छे ।
बाहिर अचानक विवेक रोइरहेको हुन्छ र पि्रयाको चर्को आवाज पनि सुनिन्छ । 'दुनियाँ सडकमा मधिसेले फिजाएको मिठाईं दिएर अब फेरि डाइरिया लगाइदिन आँटी मेरो विवेकलाई । अस्ति पनि खै के ल्याएर दिई, रातभरि हनहनी ज्वरो आएर सुत्नै दिएन । तँलाई मैले कति पटक भनिसकें तेरी ठूलीआमाले दिएको मिठाईं नखा भनेर ।'
विवेकले चपाउँदै गरेको क्याटबेरी खोसेर पि्रयाले अघि नै सुँगुरको खोरमा मिल्काइदिएकी थिई । आपmनै बहिनीको यस्तो व्यवहारप्रति ऊ अझै पनि अनभिज्ञ भएर सहिरहेकी छे । पि्रयाले किन आफूलाई घृणाको पात्र बनाएकी हो उसले बुझेकी छैन ।
सत्र वर्षअघि अप्रत्यासित रूपमा विमलसँग सोनुको मागी विवाह भएको थियो । किराँत कुलको युवा विमल डिप्लोमा प्रथम वर्षसम्म पढेर बेलायती सेनामा छाती नापेर भर्ना भएको थियो । ऊ पेन्सन आएलगत्तै सोनुले पि्रयासँग विवाह बन्धनमा वाँधिदिएको थियो ।
ती पहिलेका सम्झना अहिले उसका मनमा चित्रझैं टाँगिएका छन् । कति गाह्रो परेको थियो प्रथम विछोड सहन । विराटनगर एयरपोर्टमा विमललाई अंगालो मारेर ऊ बेस्सरी रोएकी थिई र विमल पनि । आज दन्ते कथा बनेको छ उस्ाका लागि यो सम्झना ।
एक्ली दिदीलाई सहयोग गर्न पि्रया भोजपुरबाट धरान आएकी थिई र पढ्दै दिदीकै साथी भएर समयसँगै बस्दै थिई ।
सोनुले परिवारमा सबैभन्दा बढी माया गरेको मान्छे त्यतिबेला आफ्नो लोग्ने विमलपछि पि्रया नै थिई । किनभने पि्रया दिदीको हरेक सुख-दुःखकी साथी बन्दै आएकी थिई । पहाडमा रहँदा पनि उनीहरू सँगसँगै घाँस-दाउरा जान्थे, गट्टी खेल्थे । लुकामारी खेल्थे । अहिले यो सबै अतीतको गर्भमा लुकेको छ ।
ऊ बहिनीको तीतो व्यवहारले गर्दा प्रत्येक पल अतीतका सुखद् क्षण सम्झेर सहने अभ्यास गर्दै आएकी छे । विवाह गरेको करिब सत्र वर्ष बितिसक्दा पनि उसले गर्भधारण गर्न नसकेपछि लोग्नेको चित्त बुझाउन र मातृवात्सल्य इच्छा पूरा गर्न बहिनीसँग विमलको विवाह गरिदिएकी थिई । बीपी कोइराला स्व्ाास्थ्य विज्ञान प्रतिष्ठानका गाइनोकोलोजिस्टले उनको पाठेघरमा खराबी भएको रिपोर्ट दिएपछि पि्रया र विमलबीच जोडी मिलाएकी थिई ।
खासगरी लोग्नेमाथि तेस्रो व्यक्तिले नमीठो आक्षेप लगाएपछि उसको मन त्यतिबेला कुँडिएको थियो । 'मर्द भए पो सन्तान जन्माउन सक्छ, नामर्द भएपछि कसको के लाग्छ ?' पहिलोपटक नजिकैको नम्बरी -साथी) ले नै यसो भनेपछि सोनुलाई खपिनसक्नु पीडा भयो । पाठेघरको दोष प्राणपि्रय लोग्नेमाथि अनाहकमा लाग्दा कुन स्वास्नीको स्वाभिमानमा धक्का लाग्दैन ?
प्रत्येक स्वास्नीले समाजमा लोग्नेको बर्खिलाफ र कुरा काटेको सुनेर बस्नै सक्दैनन् । चाहे जायज कुरामा होस्, चाहे नाजायज कुरामा । उसले रातभर सोची र विमललाई त्यही रात सम्झाएर निर्णय गरी 'लोग्नेलाई समाजमा मर्द भएको प्रमाणित गरेरै छाड्न ।'
विमल र पि्रयाको विवाहबाट आफू असुरक्षित भएको महसुस गर्न पनि अपराधजस्तै मान्थी । सन्तान नभए पनि पतिका लागि आदर्श पत्नी बनेर बस्ने उसको मनको धोको मरेको थिएन । जे भए पनि एउटै आमाको गर्भबाट जन्मिएकी बहिनीलाई आफ्नै लोग्नेसँग आफैले विवाह गराइदिँदा जीवनको उत्तरार्धमा अझ सुरक्षित हुने मीठो सपना साँचेकी थिई ।
प्रत्येक वर्षको साकेला उभौलीको बेलामा विमलले उसलाई सँगै लिएर जाने गरेको थियो । पि्रयालाई विवाह गरेको केही वर्षसम्म त तीनै जना सप्तरङ्गी पार्कमा रमाइलो साकेला मनाउने गरेका थिए । बहिनीको गर्भ राम्रो बसोस् भनेर उसले बुढासुब्बा मन्दिरमा रातो भाले चढाएकी थिई । पुजारीले भालेको कलेजो हेरेर भनेका थिए, घरमा सुख-शान्ति छाउने छ । दुःखका ग्रहदशा सबै समाप्त हुनेछन् ।
साँच्चै नै विवेक जन्मदा सबैभन्दा खुसी त सोनु नै थिई । उसले तत्काल हल्ला गरेर सारा छिमेकीलाई सुनाएकी थिई-विमलको छोरा जन्मियो । उसले अंगालोमा बाँधेकी थिई विमललाई हर्षले रुँदै । निर्दोष मन, आदर्शले भरिएको थियो । ऊ अहिले यी सब कल्पना गर्नै सक्दिन ।
'निःसन्तान भएर के भो र ? कान्छी बहिनी -सौता) पट्ट िजन्मिएको छोरा विवेक छँदैछ ।' ऊ यस्तै सोचेर समयलाई लगाम लगाउने प्रयास गर्थी ।
आमामा हुने सम्पूर्ण प्रेम उसले विवेकमाथि खन्याएकी थिई । त्यसैले विवेकले सोनुलाई सधंै आमा, मम्मी भनेर सम्बोधन गर्दै आएको छ र पि्रयालाई 'पि्रया' नै भनेर बोलाउँदै आएको छ । ...................
सोनु र विवेकबीचको आपसी प्रेम हिजोआज पि्रयालाई अपि्रय लाग्न थालेको छ । विवेक निकै सानो हुँदा सोनुले साँच्चैको आमा बन्न नसक्नुको पीडा बोकेर कहिल्यै नगानिएका दूधहीन स्तन विवेकलाई ख्वाएर आफूलाई शान्त पार्ने प्रयास गरेकी थिई ।
'सायद मेरो बच्चा भएको भए पनि यसरी नै मैले दूधको धाराले नुहाइदिन्थें.............।' ऊ यस्तै सोचेर विवेकप्रति जबर्जस्ती मातृवात्सल्य पोख्थी तर आमाको स्तनबाट अमृतरूपी दूध नआएपछि टाउको फर्काएर पटक-पटक रोएको क्षण सम्झदै विवेकलाई हेर्थी शून्य मन
र आँखाले ।
राति कोठामा एक्लै छँदा ऊ पेट सुम्सुम्याउँछे विस्तारै । त्यहाँ एउटा ब्रह्माण्ड भए पनि शून्य मात्र पाउँछे । गर्भधारण गर्न नसक्ने पेट र शून्य ब्रह्माण्डमा केही फरक नभएजस्तो गरेर कोल्टो फेर्छे । चित्त बुझ्दैन । कुनै समय विमल सुत्ने गरेको न्यानो विस्तरातिर हात फैलाउँछे तर चिसो र शून्य मात्र पाउँछे ।
साँच्चै तनाव छाएको छ सोनुको मन-मस्तिष्कमा । उस्ाको स्थान अहिले पि्रयाले लिएकी छे । उसले पाउने माया पि्रयाले पाएकी छे । त्यसैले पनि विमल उसको अंगालोमा बाँधिन आउँदैन । विमल हिजोआज न त पहिलेजस्तो मायाको भोको आँखाले हेर्ने चेस्टा नै गर्छ । सहवास नगरोस् तर मायाको मीठो बचनले बोल्न त सक्थ्यो । एक प्रकारले सम्बन्धविच्छेद भएको जस्तै व्यवहार विमलले देखाउँदा सोनुको मन खिन्न हुन्छ । सम्झन्छे, विमलसँगका रमाइला दिन र रातहरू । हङकङ र बु्रनाइ घुमेका क्षणहरू । चखेवा-चखेवीझैं यायावर बनेर माया-प्रीति साट्दै घुमेको समय ।
जति गर्दा पनि चित्त नबुझेपछि सोनु जुरुक्क उठ्छेे बिस्तरा छेउमा रहेको फुटेको ठूलो ऐनाअगाडि ठिङ्ग उभिन्छे, भित्तामा टाँगिएको टङस्टेन बत्ती बालेर ।
साँच्चै 'गर्भधारण गर्ने क्षमता छैन ? के म अनाकर्षक छु ? मभित्र नारी सुलभता रत्तिभर छैन ?' ऊ आफूले आफैलाई मूल्यांकन गर्दै जिन्दगीको कठघरामा उभ्याउँछे ।
उमेर ढल्किएको छैन सोनुको । शारीरिक बनावट उत्तिकै चुस्त र कस्सिएको छ । तैपनि विमलको लागि ऊ बगरमा फालिएको कौडीसरह बनेकी छे । कोल्टे फेर्छे । आँखाबाट नुनिलो आँसु चुहिएर ओठसम्म आउँछ । मध्यरातमा तिर्खा लाग्छ । जुरुक्क उठेर पानी पिउँछे । पानीको तिर्खा त मेटिन्छ तर जीवनको तिर्खा र मायाको भोक मेट्ने उपाय नास्ती ।
जीवनको उडानलाई सुखद् मैदानमा अवतरण गर्ने उपाय खेाजिरहेकी छे मनमनै ।
सधैंभै+m मध्यरातमै विवेक आमा पि्रया र बाबा विमलको बीचबाट उठेर आँखा मिच्दै सोनु भएको अर्को कोठामा 'मम्मी' भन्दै आएर काखमा लुटपुटिँदै सुतेको छ । विवेकको उपस्थिति उसका लागि अपूर्व खुसी र आनन्दको क्षण बन्छ ।
बिहान बिउँझदा विवेकलाई आफूसँगै पाउँछे । पति र बहिनीको माया नपाए पनि नजन्माएको छोराको अबोध माया पाउँदा खुसीका आँसु आँखाबाट अचानक खस्छन् । अर्को कोठामा विमल र पि्रया मस्त निद्रामा छन् । गलेर लखतरान भएझैं पल्टिएका छन् । तैपनि यस्तो दृश्यले उसलाई कुनै ईष्र्या जाग्दैन । मनमा वितृष्णा पलाउँदैन ।

गएको मंसिर १ गते नेपालको सबैभन्दा शक्तिशाली दल एकीकृत नेकपा (माओवादी) का
अध्यक्ष प्रचण्डमाथि उनकै युवा कार्यकर्ता पदम कुँवरले थप्पड हाने। ठूलो
सुरक्षा घेरामा रहने प्रचण्डमाथिको यो आक्रमण विश्वकै सञ्चारमाध्यमका लागि
महत्वको समाचार बन्न पुग्यो।
लगत्तै बसेको उक्त पार्टीको बैठकले देशी-विदेशी प्रतिक्रियावादीहरूको उक्साहट र योजनामा गम्भीर षड्यन्त्र भएको निर्णय गरेपछि उक्त थप्पडको महत्व थप वृद्धि भयो। थप्पड प्रकरणलगत्तै माओवादी कार्यकर्ताबाट मरणासन्न हुने गरी पिटाइ खाएका पदम तीन साता लामो हिरासतमा बसे। हिरासतबाट छुटेपछि पदम अहिले गुमनाम जिन्दगी बिताइरहेका छन्।
थप्पडलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र उक्त दलको कुरा बाहिर आए पनि थप्पड हान्नुपर्ने कारण के पर्यो भन्ने विषयमा सञ्चारमाध्यमहरू मौन रहे। त्यति मात्र होइन, पदम अहिले कहाँ के गदैर् छन् भन्ने कुरा पनि बाहिर आएका छैनन्। कतिपयले माओवादी सुरक्षा घेरामा रहेको वा सुरक्षाका कारण भूमिगत अवस्थामा रहेका बताए पनि साप्ताहिकले उनलाई खोजेरै छाड्यो अनि उनको विगत, थप्पड हान्नुपहिलेको मनोदशा एवं थप्पड हानिसकेपछिको स्थिति तथा भावी योजनाहरूका सम्बन्धमा जान्ने प्रयास गर्यो । उक्त थप्पड प्रकरणसँग जोडिएको त्यस्ता अनगिन्ती रहस्य पदम कुवँरकै शब्दमा ।
आखिर पदम कहाँ के गर्दैछन्, यसको खोजबिन गर्दै साप्ताहिक पदम कुँवरको बासस्थानमा पुगेको थियो। थप्पड काण्डपछि माओवादी कायर् कर्ताको कुटाइबाट भाँचिएको नाकको उपचारका क्रममा रहेका पदम साप्ताहिक प्रतिनिधि उनको डेरामा पुग्दा प्रचण्डकै बारेमा समाचार पढिरहेका रहेछन्। दिदी भिनाजुको डेरामा बसिरहेका पदमले हामीलाई कालो चिया बनाएर ख्वाए पनि खुलेर कुरा गर्न अप्ठयारो माने।
यद्यपि वास्तविक स्थिति प्रकट गर्न आग्रह गर्दा पदमले भने, 'म माओवादी सुरक्षा घेरामा त छैन, तर आफ्नो सुरक्षाका कारण चिन्तित छु। कतिपय नखुलेका नम्बरबाट अनौठा व्यक्तिले बधाइ पनि दिइरहेका छन् र धम्की शैलीका फोन आइरहेका छन्। यद्यपि बधाई दिए भनेर खुसी पनि भएको छैन भने धम्कीबाट डराएको पनि छैन।'
अन्तरमुखी स्वभावका पदमबाट कुरा निकाल्न पहिलो दिन निकै गाह्रो भयो। करिब १ घन्टाको बसाइमा उनी थोरै मात्र खुले। व्यक्तिगतभन्दा पनि जनयुद्ध कालमा आफूले विद्यालयमा संस्कृत विषय हटाउन गरेको संघर्ष, वाईसीएलका रूपमा जिल्लामा काम गर्दा हात भाँचिएका कुरा मात्र गरे। उनको व्यवहारले हामी कुनै गलत नियतले आएका हौं कि भन्ने सोचिरहेका छन् भन्ने प्रस्ट हुन्थ्यो। उनको अप्ठयारो बुझेपछि भो लिपल्ट भेट्ने वाचा गरियो। त्यसपछिका दुई दिन भने पदम राम्रैसँग खुले। उनले अश्विनी कोइरालासँग थप्पड काण्डका आन्तरिक कुरा मात्र गरेनन्, मनका सबै पीडा एवं आक्रोश बिनासंकोच व्यक्त गरे।
तपाईंको गाउँको नाम कुटनेता रहेछ, गाउँको नामजस्तै कार्य गर्नुभयो नि ?
गाउँको नाम कुटनेटा हो, सुन्दा कुट-नेता जस्तो सुनिन्छ। गाउँको नाम राख्छु भनेर थप्पड हिर्काएको होइन, साह्रै चित्त दुखेर हिर्काएको हुँ।
तपाईंसँग मेरो जति पटक कुरा भयो, त्यसमा तपाईको कुरा गर्ने शैली ठ्याक्कै प्रचण्डकै जस्तो लाग्यो, किन ?
थप्पड प्रकरणपछि मलाई भेट्ने प्रहरी, मानवअधिकारवादी एवं पत्रकारहरूले पनि त्यही भन्नुभयो। मलाई भने त्यस्तो लाग्दैन। कुनै बेला प्रचण्ड हाम्रा लागि दन्त्यकथाको पात्रजस्तो हुनुहुन्थ्यो। उहाँले बोलेका कुरा नै हामीजस्ता युवाको ब्रान्ड थियो। मेरा दिदी-दाइ भन्नुहुन्थ्यो, जनयुद्धमा मरेको सिपाही पनि प्रचण्डले देश र जनताका लागि भए पनि तिमीले बाँच्नुपर्छ भन्दा लास पनि जुरुक्क उठ्छ। त्यति सम्मान थियो उहाँप्रति। त्यसको प्रभाव परेको हुन सक्छ।
यस्तो आदर्श व्यक्तिलाई हात उठाउन अप्ठयारो लागेन ?
कुरा मात्र आदर्शको रहेछ, काम त होइन रहेछ। जति बुझ्दै गएँ, त्यति रिस उठ्दै गयो। कसै गर्दा पनि चित्त बुझेन।
कहिलेदेखि प्रचण्डमाथि हात उठाउँछु भन्ने सोच आयो ?
प्रचण्डमाथि नै हात उठाउँछु वा यसै गर्छु भन्ने थिएन। दुई वर्षदेखि काठमाडौंमा भौंतारिरहेको थिएँ। एक महिनाअघिदेखि जब साथीभाइको कुरा सुन्थें, नेताहरूको व्यवहार हेर्थें, त्यसै-त्यसै खटपट भएर आउँथ्यो। हामीजस्ता गरिब जनताका नेता २० करोड पर्ने घरमा बस्छन् भन्ने सुनेपछि त्यो घर हेर्न गएँ। त्यहाँको तामझाम देखेपछि चाहिँ प्रचण्डलाई नै हान्नुपर्छ भन्ने लाग्यो।
कोसँग सल्लाह गर्नुभयो ?
म भित्ताको पनि कान हुन्छ भन्ने कुरामा विश्वास गर्छु। माओवादी यस्तो पार्टी हो, जसभित्र को कसको मान्छे हो भन्ने थाहा हुँदैन। यो कुरा लिक हुनेबित्तिकै थुनिन सक्छु वा मारिन सक्छु भन्ने मलाई थाहा थियो। सवक सिकाउन पाइदैन भनेर मनभित्रै राखें।
जुन दिन तपाईंले प्रचण्डमाथि आक्रमण गर्नुभयो, योजनाअनुसार नै भएको थियो ?
यही दिन यसरी नै प्रहार गर्छु भन्ने थिएन। कोठामा ग्याँस थिएन। जाडो आएकाले ज्याकेट किन्ने योजना थियो, तर पैसा थिएन। तैपनि ज्याकेट हेरेरै चित्त बुझाउन भृकुटीमण्डपका पसलमा ज्याकेटको दाम सोध्दै थिएँ। त्यहीं माओवादी कार्यक्रम छ भन्ने थाहा पाएँ। भीड ठूलो थियो र प्रचण्डलगायतका नेता आउने कार्यक्रम पनि रहेछ। मैले कार्यकर्ताको लाइनमा बसेर नेतासँग हात मिलाउन जाने योजना बनाएँ। हो, त्यही बे ला आज थप्पड हान्नुपर्छ भन्ने लागेको हो।
कति थप्पड हान्ने योजना बनाउनुभएको थियो कि घाइते नै बनाउँछु भन्ने सोच थियो ? वा अरू नै केही सोच थियो ?
म थोरै क्षतिमा प्रचण्डलाई सवक सिकाउन चाहन्थें। म उनीजस्तो आफू सत्तामा जान दुनियाँको जीवन बरवाद पार्नुपर्छ भन्ने सोचको केटो होइन।
सार्वजनिक स्थानमा त्यति ठूलो नेतालाई हात लगाउँदा आफूमाथि आक्रमण हुन्छ, जीवन बरबाद हुन्छ भन्ने डर लागेन ?
मेरो ज्यान पनि जान सक्छ वा अङ्भङ्ग त अवश्य हुन्छु भन्ने थियो। यद्यपि हाम्रो जीवनमा जे घट्यो, अब त्योभन्दा बढी हुन के बाँकी छ र ?
मतलब ?
मेरो दाइ जिल्लाकै निडर लडाकु हो। जनयुद्धका क्रममा उसको टाउको, कोख, छाति र खुट्टामा गोली लागेको छ। शरीरमा १२ वटा गोली अहिले पनि छन्। दाजु अहिले सिकिस्त छन्, उनको शरीरले तातो पनि सहँदैन, चिसो पनि सहँदैन। उनी न बाँच्न सक्छन्, न त मर्न नै। मेरी दिदी जिल्लाकै चर्चित राजनीतिक कमिसार। उनको चारवटा करङ भाँचिएको छ, दुईवटा गोली लागेको छ। अहिले पनि उनको शरीरभरि गोलीका छर्रा छन्। यी २० करोडको घरमा बस्नेले त्यति गोली निकाल्न सक्दैनन् ?
यो समस्या त पार्टीको हो। तपाईंहरूले पार्टीलाई राम्रोसँग बुझाउनुपर्ने होइन ? थप्पड नै हान्नुपर्छ ?
कलम चलाएर बाँच्न जति सजिलो छ, शरीरमा गोली लिएर बाँच्न त्यो भन्दा गाह्रो हुन्छ। त्योभन्दा पीडा ती सबैलाई कसरी पाल्ने, कसरी घरको व्यवहार मिलाउने भनेर सोच्दा नै मलाई भाउन्न हुन्छ। कुनै बेला तपाईं मेरो घर आउनुहोला, जब मेरी आमा तपाईंलाई देख्नेबित्तिकै जुन शैलीमा झम्टनुहुन्छ, त्यो बेला बल्ल मेरो पीडा बुझ्न सक्नुहोला।
के भएको छ तपाईंकी आमालाई ?
जनयुद्धका बेला हाम्रो घर, घर भएन, माओवादी र सेनाको प्रयोगशाला बन्न पुग्यो। परिवारका सबैजसो सदस्य भूमिगत, कहिलेकाहीँ दिदी, दाइ वा उहाँका साथीहरू आउनुहुन्थ्यो। आमाले रातारात खाना पकाएर ख्वाउनुहुन्थ्यो। त्यसपछि को कता जान्छ, बिचरी आमालाई के थाहा ? छोरा-छोरी सम्झेर रुनुहुन्थ्यो। भोलिपल्ट सेना आएर टाउकोमा बन्दुक राखेर लछारपछार पार्दै हिजोका माओवादीलाई कहाँ लुकाएकी छेस् भनेर विभिन्न धम्की दिन्थ्यो। यसरी बाँचेकी मेरी सोझी आमाले जब दाजु र दिदीहरू घाइते भएको खबर वा मारिएको झूटा खबर पाउन थाल्नुभयो, उहाँ अचानक मानसिक रूपमा विक्षिप्त हुनुभयो। अहिले अवस्था यस्तो छ, आफ्ना सन्तानलाई पनि चिन्नुहुन्न। नयाँ मानिस आउने बित्तिकै पुरानो घटना सम्झना हुन्छ क्यारे, रोएर कोकोहोलो गर्नुहुन्छ। हतियार लिएर झम्टनुहुन्छ। सहरमा बसेर सुखभोग गर्ने यस्ता नेतालाई मेरो पीडा कसरी थाहा होस् ?
मेरो घरको अवस्था यस्तो छ भनेर नेताहरूलाई किन भन्नुभएन ?
उनीहरूलाई थाहा छैन र ? सबै थाहा छ। फेरि यो मेरो घरको एक्लो कथा होइन, कति छन् मजस्ता पीडित ? प्रचण्डका आसेपासेका आफन्तले केही सहयोग पाए होला, अरू त पीडित नै छन्। जुन पीडा मेरो परिवार र देशले पायो, त्यसको तुलनामा थप्पड त केही होइन।
अहिले त पार्टीले तपाईंको पीडा बुझ्यो होला, के-कस्तो राहत पाउनुभयो ?
राहत ? (कुटिल हाँसो) तपाई पत्रकार भएर पनि माओवादी पार्टी र प्रचण्डलाई चिन्नुभएकै रहेनछ। बिस्तारै चिन्नुहुन्छ, तर एउटा कुरा भन्छु। त्यो के भने जुन बेला मैले थप्पड हानें, त्यो बेला मलाई हिर्काउनेमा कार्यकर्ता मात्र होइन, बहालवाला मन्त्री पनि थिए। मैले सोचेको थिएँ, मलाई यत्रो बीच सहरमा मारिहाल्दैनन्। मेरो यथार्थ थाहा नपाउन्जेल समस्या हो। सबै कुरा थाहा पाएपछि प्रचण्ड आफैं आएर मसँग र समग्र जनयुद्ध पीडितसँग माफी माग्छन् भन्ने लागेको थियो। त्यसो भएन, उल्टै मलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरियो। मैले बुझेको यो हो, प्रचण्डको राजनीति र माओवादी पार्टी ...(फेरि हाँसो)।
तपाईं बडो मीठो गरी मुस्कुराउनुहुँदो रहेछ, घाइते भएको मान्छे अस्पताल र प्रहरी हिरासतमा पनि बिना कुनै संकोच हाँस्नुहुन्थ्यो रे, आखिर यो हाँसोको रहस्य के हो ?
जुन दिन उक्त काण्ड भयो, मैले धेरै कुटाइ खाएँ। मैले सोचेको थिएँ, यथार्थ थाहा भएपछि सबै कुरा ठीक हुन्छ। तर रेडियोले भन्यो, मेरो थप्पड देशी-विदेशी षड्यन्त्र र उक्साहटमा भएको रे। त्यस्तो कुरा सुनेर गलल्ल हाँसेछु। प्रहरीहरू पनि छक्क परे। मलाई भेट्न जनार्दन शर्मा आएका थिए, उनलाई पनि यी सबै कुरा भनें, तर न त मेरो पीडा बुझ्ने प्रयास भयो, न त थुनामुक्त नै गराए। बाहिर ठिक्क पार्ने नै हो, यिनीहरूको व्यवहार...।
थुनामुक्त हुन धरौटीबापत प्रचण्डले नै पैसा दिए, कुट्ने युवालाई यसरी छुटाउनु पनि त उदारता हो नि, होइन र ?
देश-विदेशका जनताले मेरो रिहाइका लागि पैसा उठाउन थालेको खवर सुनेपछि आफ्नो राजनीतिक प्रतिरक्षाका लागि आफू ठीक हुँ भन्ने दे खाउन र प्रेसमा आएका नकारात्मक खबरबाट मुक्त हुन उक्त नाटक रचिएको हो। यदि मेरो त्यति माया भएको भए उनले हदैसम्मको कारबाही गर्नू भन्ने आदेश दिँदैनथे। उनले विजयकुमारले लिएको अन्तरवार्तामा मलाई माफ गरेको बताएका थिए, त्यसपछि पनि म लामो समय हिरासतमा बसें। यसको अर्थ के हो ? मैले एक थप्पड कुटें, उनका कार्यकर्ताले त झन्डै मेरो ज्यान नै लिए, के हो यसको अर्थ ?
तपाईं नै भन्नुहोस्, यसको अर्थ के हो त ?
हात्तीका दुईवटा दाँत हुन्छन्, एउटा खाने, अर्को चपाउने। यही नै हो त्यसको अर्थ।
नेता र साधारण मान्छेमा फरक भैहाल्छ नि....?
तपाईंलाई पनि प्रचण्डका विषयमा ठूलै भ्रम परेजस्तो छ। हामीजस्ता सहिद, घाइते एवं जनयुद्धका सिपाहीहरूले उनलाई ठूलो बनाएका हौं। १० औं हजार मरेपछि उनी यो अवस्थामा पुगेका हुन्। माओवादीले नै हामीलाई सिकाएको हो, हामी सबै बराबर हौं भन्ने कुरा ? अलिअलि त फरक हुन्छ नै, तर यति फरक ? कसलाई चित्त बुझ्छ ?
मैले सुनेअनुसार तपाईंले पार्टीमा खासै काम गर्नुभएन रे, तपाईंको योगदान पार्टीमा खासै छैन भनिन्छ, के भन्नुहुन्छ ?
२०६७ सालमा प्रकाशशरण महत मन्त्री भएका बेला हाम्रो गाउँमा जानुभयो। पार्टीले उहाँलाई बहिष्कार गर्ने नीति लिएको थियो। कालो झन्डा देखाउने क्रममा प्रहरीले लाठी चार्ज गर्यो र मेरो हात भाँचियो। मरेको भए पार्टीका लागि काम गरेको ठहरिन्थ्यो भने ठीकै छ। होइन भने कतारबाट कमाएको पैसा पनि मैले पार्टीका लागि खर्च गरें। मेरो बुबा बूढो हुनुभयो। दाजु, दिदी अनि आमाको हालत यस्तो छ। के हो पार्टी लाई गरेको योगदान भनेको ? त्यही भाँचिएको हातले हिर्काएँ र प्रचण्डलाई केही भएन। अर्को हातले हिर्काउनुपर्ने रहेछ भन्ने पो लाग्न थालेको छ आजकाल।
अब पार्टीमा त रहनुभएन, के गर्नुहुन्छ ?
जब प्रहरीले मसँग बयान लिन थाल्यो, पहिलो प्रश्न थियो, तपाई कुन पार्टीको ? कसले उक्सायो ? म बोल्न नसक्ने गरी घाइते थिएँ। बारम्बार आग्रह गरेपछि मैले खाली कापी मागें र त्यसमा ठूलो अक्षरले लेखें। म नेपाली पार्टी को हुँ। हामीजस्ता मान्छे कुनै पार्टीका हुँदा रहेनछौ भन्ने कुरा एक वर्षअघि नै थाहा पाइसकेको छु।
त्यही त, अब के गर्नुहुन्छ ?
थप्पड हिर्काएपछि मेरो परिवारसँग प्रचण्ड र माओवादीले माफी मागेको भए म उहाँलाई धन्यवाद भन्थें र कमाउन कतार जान्थें। कुनै गुनासो रहने थिएन, कुरा सकिन्थ्यो। आखिर हामी पहिलेदेखि नै अर्काको देशमा सेवा गर्न जन्मिएका रहेछौं। म थप एउटा मजदुर हुन्थें। मेरो सामान्य आक्रोशलाई बङ्ग्याएर अरूले उक्साएको भनेर जसरी कुरा मोड्ने काम भयो, मलाई लाग्यो, नेपालमै बसेर केही गर्नुपर्छ। हामी जस्ता सीधा मान्छे, राजनीतिमा लागेर केही हुँदो रहेनछ भन्ने बुझें, अब समाजसेवा गर्छु।

डिम्बासयको क्यान्सरबाट पिडीत भई हाल न्यूयोर्कमा उपचार गराईरहेकी अभिनेत्री मनिषा कोइरालाले आत्मकथा लेख्ने तयारी गरेकी छिन् ।
जीवनमा निकै उतारचढाव बेहोरेकी मनिषाले
आफ्ना भोगाई शुभचिन्तकहरुमाझ बाँडन् आत्मकथा लेख्ने तयारी गरेको बताएकी
छिन् । आफु पछिल्लो दिनमा निकै आध्यात्मिक प्रकृयाबाट गुज्रिरहेको बताउँदै
उनले आफ्ना भोगाई लेख्न आफु तयार भएको फेसबुकमार्फत बताएकी छिन् ।
नेपालबाट बलिउड पुगेर करियरको शिखरमा
पुगेकी मनिषा पछिल्लो दिनमा अभिनयबाट ओझेल परिरहेकी छिन् । नेपाल युवा
सम्राट दाहालसँग बिबाह गरेपनि उनको बैबाहिक जीवन सफल हुन सकेन् ।
उनको डिम्बासयमा क्यान्सरमा भएको करिव डेढ
महिनाअघि मात्र पत्ता लागेको थियो । ढल्कदो उमेर, खस्कँदो अभिनययात्रा र
स्वास्थ्यमा देखिएको खरावीपछि पनि मनिषा आफुलाई सम्हालेर जीवनकथा लेख्ने
तयारीमा जुटेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
प्रिय फेशबुक, ♥
मिठो सम्झना अनि धेरै माया
प्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा गर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! यो खबर सुन्दा र म आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा एकदमै खुशी लागिरहेको छ ।यो त भयो पहिलो भेटको कुरा, तिमीलाई भेटिसकेपछि मलाई पनि तिम्रो साथी बन्न मन लाग्यो अनि त्यसको लागि आवश्यक फर्म भरी साइन अप क्लिक गरी तिमा्रे साथी त बने तर सुरु–सुरुमा आफ्नो प्रोफाइल बनाउदाँ र एकाउन्ट कन्र्फमेशन गर्दा चाँहि तिमीले अलि अलि दुःख दिएर सताको पनि मैलेँ कहाँ भुलेको छु र ! तर तिमीले सुरुमा अलि अलि सताए पनि केही दिनपछि एकपछि अर्को गर्दै मेरो स्कुलदेखि क्याम्पससम्मका साथीहरु र अरु थुप्रै मिल्ने साथीहरु र आफन्तहरुलाई तिमीमार्फत भेट्न पाउँदा म कति खुशि छु भनेर तिमीलाई थाहै छ र तिमीले गर्दा अहिले त मेरो साथीहरुको एउटा सानोसंसार नै भइसकेको छ र त्यसको लागि तिमीलाई जति धन्यवाद दिए पनि अपुग नै हुन्छ तैपनि मेरो ह्दयदेखि नै मुरी मुरी धन्यवाद छ ।
एउटै शहरमा र टाढा टाढा भएका सबै साथीहरुसँगको भेट अनि उनिहरुको फोटो र स्टाटशमा कमेन्ट हान्दा र अझ च्याटमार्फत अनलाइन भएको बखत प्रत्यक्ष कुराकानी गर्न पाउँदा मलाई मात्रै नभई सबै साथीहरुलाई खुशि लागिहाल्छ नि ! अझ आफ्नै फोटो र स्टाटशमा साथीहरुले हानेको कमेन्टको रिप्लाई गर्न पाउदाँको मज्जा त छुट्टै छ नि ।
अब अरु धेरै के लेखुँ र साथीहरुलाई पनि बोर लाग्ला फेरी ! अँंं...खासमा कुरा के भने नेपालमा रोजगार पाउन नसक्नुको कारण ले आज यो उराठ लाग्दो मरभुमिमा करेरत का साथ संघर्स गर्न बिबश छु येही एउटा साथी भने कै फेसबुक बाहेक अरु कोनै छ र एहा तेही भएर मेरो प्यारो फेसबुक लाई फेरीपनि धनेबाद दिदै लेख्दै गरेको यो हात लाई येही रोक्न चाहन्छु कहिँ कतै गल्ति भए सचायेर पधिदीन बिनम्र अनुरोध गर्दछु छोटो जिबन को लामो सम्झना यो पढी दिने मित्र हरु लाई....................!

बिहानी मै रात थप्यौ म रुनुको अर्थ छैन्
घात माथी घात थप्यौ म रुनुको अर्थ छैन्
तिम्रै लागि शिसिर झैं उजाड म भा'को थिएँ
आफू मात्रै पात थप्यौ म रुनुको अर्थ छैन्
बेकाबु भै हिड्यौ तिमी उन्माद त्यो कस्तो होला
दुनियाँमा मात थप्यौ म रुनुको अर्थ छैन्
चोटै चोट दियौ सँधैं बेहोस् छु सडकमा
अझै त्यहि लात थप्यौ म रुनुको अर्थ छैन्
दैव दशा पनि मेरै पेवा हो की जस्तो थियो
झनै साँढे सात थप्यौ म रुनुको अर्थ छैन्
नोट [आफ्नो नाम लेख्नुहोला रचना पठाउदा ]
'मैले सुनेको संजोक मिलाइ भेट्न आउ भन्दै छे रे
घर बार जमेर के भो र माया प्रीती लाउ भन्दै छे रे ''
''उन जमाना मा स्कुल पढ्दा गरेकी रे उस्ले चोखो प्रेम'
फेरी एक ताल भेटी बारी को थर्कु मा जाउ भन्दै छे रे ''

मैले सुनेको संजोक मिलाइ भेट्न आउ भन्दै छे
रे ''
''पुरानो प्रेम बिना unlucky जिउदो लास भयौ दुबै जना
दु:ख पिडा यस्तै मिठा गीत फोन मै भएपनी गाउ भन्दै छे रे''
''घर बार जमेर के भो माया प्रीती लाउ भन्दै छे रे
मौका मिलाइ सात डाडा काटी भागी जाउ भन्दै छे रे ''

वातावरणवादीहरु इन्धनबाट चल्ने गाडीले वायु प्रदुषण गराए भन्दै बिजुलीबाट चल्ने गाडी वा इलेक्टि्रक भेइकलको पैरवी गर्छन् । बिजुलीबाट चल्ने गाडीलाई गि्रन भेइकल भनिन्छ र यस्ता गाडीले वातावरण संरक्षण तथा वायु प्रदुषण नियन्त्रणमा सघाउने मान्यता रहिआएको छ । तर पछिल्लो अध्ययनले भने बिजुलीबाट चल्ने गाडिले डिजेल पेट्रोलबाट चल्ने गाडिले भन्दापनि बढि प्रदुषण गराउने तथ्य पत्ता लगाएको छ ।
नर्वेको विज्ञान तथा प्रोद्योगिक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । उनीहरुका अनुसार विजुली उत्पादनका लागि प्रयोग गरिने कोइला तथा त्यसबाट निस्कने हरित गृह ग्यास डिजेल पेट्रोलबाट निस्कने ग्यास भन्दा उच्च परिमाणमा हुनुका साथै बढी हानिकारक पनि हुन्छ । यस्तै बिजुलीबाट चल्ने गाडी बनाउने कम्पनीहरुमा समेत निकै धेरै विषाक्त ग्यास निस्किन्छ ।
आफ्नो अनुसन्धानको क्रममा शोधकर्ताहरुले परम्परागत सवारी साधन तथा विजुलीबाट चल्ने सवारी साधनको जिवनचक्रको तुलना गरेका थिए । सवारी साधनको निर्माण, उपभोग तथा त्यसलाई नष्ट गर्ने चरणसम्ममा वातावरणमा पार्ने असरको विश्लेषण गरिएको थियो ।
शोधकर्ताहरुका अनुसार बिजुलीबाट चल्ने गाडीको निर्माण प्रक्रिया अरु परम्परागत इन्धन गाडीको निर्माण प्रक्रियाभन्दा निकै लामो हुने र त्यसक्रममा निस्कने हरित गृह ग्यास डिजेल तथा पेट्रोलका तुलनामा झण्डै दुइगुणा बढी रहने गरेको छ । यसका साथै बिजुलीबाट चल्ने गाडीका लागि आवश्यक ब्याट्री तथा इलेक्ट्रीक मोटर लगायतको निर्माणमा चाहिने निकेल, कपर तथा आल्मुनियम जस्ता धातुले समेत वातावरण तथा जनस्वास्थ्यमा निकै हानिकारक असर पार्ने बताइन्छ ।
तर शोधकर्ताहरुले जलविद्युत तथा अन्य वैकल्पिक श्रोतबाट विद्युत उत्पादन पर्याप्त रहेका देशहरु जहाँ कोइलाबाट विजुली उत्पादन गर्नु पर्दैन त्यस्ता देशमा भने विजुलीबाट चल्ने गाडी फाइदाजनक रहेको बताउँछन् ।onlinekhabar