mainpageads

बरिष्ठ फिल्म निर्देशक रेग्मीको निधन

लामो समयदेखि मृगौलासंबन्धि रोगबाट पीडित फिल्म निर्देशक शिव रेग्मीको ४९ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । लामो समयदेखि मृगौलाको रोगबाट पीडित रेग्मीको २४ मंसीर बिहान पौने ६ बजे काठमाडौंको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
फिल्म ‘प्रेमपूजा’ बाट लेखन यात्रा थालेका रेग्मीले ‘आफन्त’ बाट फिल्म निर्देशन शुरु गरेका थिए । उनले निर्देशन गरेका ‘सुखःदुख’, ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘हामी तीन भाई’, ‘ए मेरो हजुर’, ‘उपहार’, ‘कहाँ भेटिएला’ लगायतका चलचित्र दर्शकहरुले निकै रुचाएका थिए ।
उनका ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ फिल्म रिलिजको तयारीमा छन् ।
२०२१ सालमा चितवनमा जन्मिएका रेग्मी चलचित्र निर्देशनदेखि गीत र स्क्रिप्ट लेखनमा पनि पोख्त थिए ।
रेग्मीको शवलाई आजै गृहजिल्ला चितवनमा अन्त्येष्टि गरिने उनका आफन्तले जनाएका छन् ।


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts