mainpageads

रहेनन् नेल्सन मण्डेला

काठमाडौं-दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ। उनको ९५ बर्षको उमेरमा निधन भएको हो। सेप्टेम्बरमा अस्पतालबाट डिस्चार्ज भए पछी उनको घरमानै उपचार भैरहेको थियो।


मण्डेलाको निधन पछी दक्षिण अफ्रिकाका राष्ट्रपति जेबक जूमाले भने 'साथिहरु हो हाम्रा प्यारा नेता नेल्सन मण्डेला, हाम्रो लोकतान्त्रिक राष्ट्रका संस्थापक राष्ट्रपति हामीलाई छोडेर जानु भएको छ।' उनले देशका पिताको निधनले अपुर्णिय क्षति भएको बताएका छन्।

१९९३ मा नोवेल शान्ति पुरस्कार विजेता मण्डेला रंगवभेदी आन्दोलनका नायक थिए। आन्दोलनका दौरान उनले २७ बर्ष जेल जीबन विताएका थिए। उनले २००४ देखी सार्वजनिक जीवन देखी बिदा लिएका थिए। मण्डेलाको जन्म १९१८ मा इर्स्टन केप अफ साउथ अफ्रीकाको सानो गाउँमा भएको थियो।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts