mainpageads

साउदी जान लागेकी युवति बेपत्ता भईन

४ चैत्र, इलाम । विदेश जान्छु भन्दै घरबाट निस्किएकी इलाम साङरूम्वा–८ की २३ वर्षीया नीरमाया तामाङ बेपत्ता भएकी छिन् । गहुँगोरो वर्णकी तामाङ शुक्रबार दिउँसोबाट हराएकी उनका श्रीमान् टीकाराम तामाङले बताएका छन् । चिट्ठी लेखेर बेपत्ता भएकी श्रीमती खोजी दिन श्रीमान्ले प्रहरीलाई अनुरोध गरेका छन् ।
‘म साउदी अरब गएँ, मलाई खोज्ने प्रयास नगर्नु होला’ भनेर चिट्ठीमा लेखिएको टीकारामले जानकारी दिए ।

घर सल्लाह नै नगरी दुई छोरा छोरीलाई छाडेर उनी बेपत्ता भएको र अहिलेसम्म कहीँ खबर गर्दासमेत नभेटिएको उनले बताए । नीरमायाका साथीभाइ, आफन्त र माइतीमा पनि सम्पर्क गर्‍यौँ तर कतै फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts