प्रवास
»
इजरायली प्रमुख शहरहरु ध्वस्त पार्ने चेतावनी.....
इजरायली प्रमुख शहरहरु ध्वस्त पार्ने चेतावनी.....
९ चैत, काठमाडौं । इरानका सर्वोच्च
धार्मिक नेता आयलुल्लाह अली खामेनीले इरानमाथि आक्रमण भए इजरायलको तेलअवीव र
हाइफा जस्ता इजरायली प्रमुख शहरहरु ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

इरानी
नयाँ वर्ष ‘नौरोज’ को अबसरमा राष्ट्रिय टेलिभिजनबाट राष्ट्रका नाममा
सम्बोधन गर्दै खमेनीले इजरायली शहरहरुलाई निशाना बनाउने चेतावनी दिएका हुन्
। उनले भनेका छन्-’यहूदी राष्ट्रका नेता हामीमाथि सैन्य आक्रमण गर्ने
धम्की दिन्छन् । म सम्झाउन चाहन्छु कि उनीहरु जान्दछन् र यदि जान्दैनन् भने
भन्न चाहन्छु कि यदि उनीहरुले यस्तो गल्ती गरे भने इरान तेल अवीव र
हाइफालाई बर्वाद गरिदिन्छौं ।’ उनले परमाणु कार्यक्रमबारे अमेरिकासँगको
सिधा बार्ताको नजिताप्रति धेरै आश नरहेको बताए ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले चाल्ने सम्भावितक खतराबाट बच्न जस्तो सुकै कदम उठाउने बताउनु भएको थियो ।
0 comments
Write Down Your Responses