mainpageads

गुगल म्यापमा सगरमाथा शिखरका तस्वीर..

तपाई बिश्वको जुनसुकै ठाउँमा भएपनि अब अनलाइनबाटै सगरमाथा चढेको अनुभव गर्न सक्नुहुनेछ । चर्चित सर्च इन्जिन गुगलले गुगल म्यापमा हालै सगरमाथा आधारशिविर र शिखरबाट खिचिएका तस्वीरहरु राखेपछि बिश्वभरका अनलाइन प्रयोगकर्ताले यो सुबिधा पाउने भएका छन ।
mnt
समाचार संस्था एएफपीका अनुसार गुगल स्ट्रीट भ्यु टीमका सदस्यहरु सगरमाथा आधार शिविर र शिखरमा पुगेर यी तस्वीर खिचेका हुन । ३६० डिग्रीको कोणमा खिचिएका यी डिजिटल तस्वीरले प्रयोगकर्तालाई सगरमाथामै पुगेको अनुभूति दिने गुगल एन्भान्चरर डन फ्रडिन्वर्ग बताउँछन ।
गुगलले बिश्वको सर्वोच्च शिखर सगरमाथासहित दक्षिण अफि्रकाको माउण्ट किलिमन्जरो, युरोपको माउन्ट इलवर्सको आधार शिविर र शिखरका दृष्यहरु पनि गुगल म्यापमा राखेको छ । गुगल स्ट्रीट भ्यू टीमले बिश्वका शहर, गल्ली र गाउँहरुमा पुगी तस्वीर खिचेर गुगल म्यापमा राखिरहेका छन । यही अभियानको अंशका रुपमा उच्च शिखरका दृष्यहरु पनि समावेश गरिएको गुगलले बताएको छ ।


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts