रोनाल्डोकी प्रेमिका नांगै ..
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी प्रेमीका इरिना सायक नांगिएकी छिन् ।
ख्यातिप्राप्त फेसन डिजाइनर मार्क ज्याकोब्सका लागि इरिना नांगिएकी हुन् ।
ज्याकोब्सका लागि काम गरेपछि आफू रोमाञ्चित भएको पनि इरिनाले बताएकी छिन् ।
द स्किन यु आर इन प्रचारका लागि ज्याकोब्सले तयार पारेको टिसर्टमा २५
वर्षिया रुसी मोडल इरिनाको नांगो तस्बिर छापिएको छ । तर, ती टिसर्टमा उनको
पछाडि भाग मात्रै नग्न देखाइएको छ, जसमा उनको लामो कामुक खुट्टालाई बढी
महत्त्व दिइएको छ । २००८ देखि न्युयोर्क विश्वविद्यालय क्यान्सर
इन्स्टिच्युटका लागि कार्य गर्दै आएका ज्याकोब्सले आफ्ना पहिरनमा असंख्य
मोडललाई छापिसकेका छन् । उनको पहिरनमा केटी प्राइस र लरेन पोपले समेत काम
गरिसकेका छन् । सो च्यारिटीका लागि ज्योकब्सको पहिरनमा डिटा भोन टिज,
भिक्टोरिया बेकह्याम तथा मारिसा मिलरले पनि आफ्नो नग्न शरीर देखाएर सहयोग
गरिसकेका छन् । गत फेब्रुअरीमा स्पोट्र्स इलुस्ट्रेटेडको कभरमा छापिएकी
पाँच फिट १० इन्च अग्ली मोडलको सो अभियानलाई भने गोप्य राखिएको थियो । गत
वर्षको सुरुवातदेखि इरिना रोनाल्डोसँग घुम्दै छिन् । २६ वर्षिय फुटबल स्टार
रोनाल्डो फेरी(फेरी मोडलहरू घुमाउन माहिर भए पनि उनले इरिनासँगै बिहे
गर्ने घोषणा गरिसकेका छन् । हालै मात्र इरिनाले आफ्नो छरितो शरीर
प्रदर्शनका क्रममा आफूले कहिल्यै डायटिङ नगर्ने बताएकी थिइन् भिडियो तल बक्समा हेर्नुहोस



0 comments
Write Down Your Responses