mainpageads

पछिल्लो ४१ बर्षदेखि आधा किलो बालुवा खादै आएकी छिन ७२ बर्षीय बृद्धा

नेपालमा युवावस्थाको स्वस्थ मान्छेलाई तिमीहरुको त ढुंगा पचाउने उमेर छ भन्ने गर्छन बुढाबुढीहरु । सुन्दा पनि अनौठो लाग्छ यो वाक्य ।

 तर यस्तो साच्चै हुन्छ भन्दा कसले पत्याउने ? तर पत्याउनै पर्छ, साच्चै यस्तै घटना घटेको छ । सुनेर तपाईलाई अचम्म लाग्नेछ की एक महिलाले पछिल्लो ४१ बर्षदेखी बलुवा खाएर पचाउदै आएकी छिन ।


भारतको वाराणसीको चोलापुर गाउँकी कुशमावति जो अहिले ७२ बर्षकी छिन, पछिल्ला ४१ बर्षदेखी लगातार बलुवा खाएर सजिलै पचाउदै आएकी छिन । मेडिकल साइन्सलाई पनि चुनौती दिने यो घटना भर्खरै मात्र सार्वजनिक भएको कुरा भारतीय संचारमाध्यममा आएको छ ।

यस्तो घटनाबाट डाक्टरहरु पनि छक्क परेका छन् । किनकि यत्रो मात्रामा बालुवा पचाउनु भनेको अचम्मकै कुरा हो । जानकारहरु भन्छन "यस माथि गम्भीर रुपले अनुसन्धान हुनु जरुरि छ ।"

उनका छोरा राजेश भन्छन आमालाई बलुवा खाने बानि हटाउन हामीले करिब २८ बर्ष अगाडी नै पनि कोशिश गरेका थियौं । आमा त्यतिबेला धेरै दिन बिरामी पर्नुभयो । तर बालुवा खाएपछी सबै ठिक भयो र आमा तन्दुरुस्त हुनुभयो ।" उनि अगाडी थप्छन "हामी आमाकै लागि बालुवा किनेर ल्याउँछौँ र त्यसलाई राम्ररी धोएर र सुकाएर आमालाई खान दिन्छौं । आमालाई केहि खाइसकेपछी बालुवा अनिबार्य चाहिन्छ नत्र आमा खाना पचाउन सक्नुहुन्न ।"

यस बिषयमा कुरा गर्दा कुशमावती भन्छिन, "धेरै पहिला मेरो पेट एकदमै दुखेको थियो, त्यतिबेला गाउकै कुनै मानिसले सल्लाह दिनुभएको थियो की बालुवा खायो भने पेटको दुखाई बन्द हुन्छ । त्यसबेलादेखि नै मैले बालुवा खान सुरु गरेको हुँ । बालुवा खान थालेको पनि अहिले त ४१ बर्ष भैसक्यो ।"


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts