mainpageads

साउदी जान ३ लाख ४३ हजार !

तीन लाख ४३ हजार रुपैयाँ म्यापावर कम्पनीलाई बुझाएर साउदी अरब पुगेका एक युवा भनेअनुसार तलब, सुविधा नपाएपछि समस्यामा परेका छन् । कसेरी २, मोरङका २३ बर्षका राजु बोगटीसँग म्यानपावर कम्पनीले सरकारले तोकेभन्दा २ लाख ७३ हजार रुपैयाँ बढी रकम असुलेको हो ।
सरकारी निर्णयअनुसार म्यानपावर कम्पनीले साउदीका लागि जुनसुकै काममा पठाए पनि प्रतिकामदार ७० हजार रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था छ । यो शुल्कमा हवाई टिकट, मेडिकल, बिमा, अभिमुखीकरण तालिम र म्यानपावर कम्पनीको सेवा शुल्क जोडिएको हुन्छ ।
सुनसरी, इटहरीको नाप म्यानपावर नामक कम्पनीलाई आफुले १ लाख रुपैयाँ र बाँकी उड्ने बेला काठमाण्डौं आएपछि बुबाले दिएको उनले बताए । ‘मैले नापका विपिन मगरलाई १ लाख रुपैयाँ बुझाएर काठमाण्डौं आएँ, पछि बुबाले त्यही कम्पनीका गोपाल गुरुङलाई दुई पटक गरी २ लाख ४३ हजार रुपैयाँ बुझाउनुभयो,’ उनले भने ‘यत्रो रकम तिरियो मात्र अव कसरी ऋण तिर्ने समस्या पर्‍यो,’ कान्तिपुर दैनिकमा खबर छ । उनले भने आफूलाई मासिक ७० हजार रुपैयाँ तलब र दुई छाक खान बस्न र इन्टरनेट हुन्छ भनेर झुक्याइयो । आफ्नो तलब करिब १६ सय रियाल हुने र एक छाक मात्र खान दिने बताए ।


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts