mainpageads

गुगलले तिर्‍यो ७० लाख डलर क्षतिपूर्ति...

अनुमति विना मानिसहरुको व्यक्तिगत तथ्यांक संकलन गरेकोमा गुगलले सजायँस्वरुप ७० लाख डलर जरिवाना तिर्ने भएको छ । गुगलको मेसिन जाडान गरिएको कारले अमेरिकाको विभिन्न शहरमा गएर अनुमति विना नै प्रयोगकर्ताहरुको इमेल, पासवर्ड र वेब ब्राउज गरेको इतिहाससम्बन्धी डाटा संकलन गरेको थियो । सन् २००८ देखि १० सम्मका बीचमा कारमा जडित क्यामेराले घरमा जोडिएको वायरलेस नेटवर्कबाट थुप्रै जानकारी लिएको थियो ।google
प्रयोगकर्ताको गोपनियता भंग गरेर गुगलले अपराध गरेको भन्दै चर्को बिरोध भएपछि बिभिन्न राज्यमा त्यसबारे मुद्दा परेको थियो । त्यसमध्ये ३८ वटा राज्यका महान्यायाधीवक्ता र गुगलबीच सहमति भएको छ ।
सम्झौता अनुसार गूगलले ७० लाख डलर जरिवाना तिर्नुका साथै हजारौंको संख्याको इमेल, पासवर्ड र इन्टरनेटको इतिहास नष्ट गर्नेछ । यस्तै निजी तथ्यांकको मुद्दामा गुगलले आफ्नो कर्मचारीहरुलाई १० वर्षसम्म प्रशिक्षण कार्यक्रम समेत संचालन गर्ने भएको छ भने वायरलेस नेटवर्कको जानकारीलाई कसरी सुरक्षित गर्ने भनेर गुगलले विज्ञापन अभियान पनि चलाउनेछ ।
गूगलले एक इन्जिनियरको गल्तीले एक कोड राख्दा वायरलेस नेटवर्कको सबै तथ्यांक संकलन भएको तर त्यसको कुनै पनि प्रयोग नगरिएको र तथ्याङ्का डाटाबारे सोधीखोजी पनि नगरिएको बताएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts