मुम्बई, चैत ८ (एजेन्सी) - भारतीय सर्वोच्च अदालतले सन् १९९३ मा भएको मुम्बई बम विस्फोटको घटनासँग सम्बन्धित मुद्दामा आज फैसला सुनाउँदैछ। यसमा बलिउड अभिनेता सञ्जय दत्ताको एउटा मुद्दा पनि रहेको छ। दत्त हतियार ऐन अन्तर्गत दोषी ठहर हुँदै १६ महिना जेल बसिसकेका छन्। फैसला आज आउने भएपछि मुम्बईमा सुरक्षा सतर्कता बढाइएको छ। सञ्जलयले पनि आफ्ना सबै सुटिङ रद्द गर्दै घरमै बसिरहेको भारतीय मिडिया आइबीएन टिभीले जनाएको छ।
ती विस्फोटमा २५७ जनामो मृत्यु भएको थियो भने ७१३ घाइते भएका थिए। प्रहरीले १२३ आरोपीलाई गिरफ्तार गर्दा एक जना बलिउड स्टार सञ्जय दत्त पनि थिए। प्रहरीले उनको घरबाट एके ४७ राइफल बरामद गरेको थियो।
उनीमाथि दाउद इब्राहिम र अबु सलेमको गिरोहबाट हतियार लिएको आरोप छ। उनले दाउदका भाइ अनीसलाई फोन गरी हतियार मगाएको र एउटा एके ४७ राइफल राखी बाँकी फर्काएको आरोप लगाइएको छ।
२६ अप्रिल १९९३ मा सञ्जय दत्तले प्रहरीलाई बयान दिँदै आफ्नो दोष स्वीकार गरेको बताइएको थियो। तर पछि उनले आफ्नो बयान बदले। करिब १६ महिना उनी जेलभित्र रहे। १९९५ देखि २००७ सम्म उनी जमानतमा जेल बाहिर रहे।
अक्टोबर २००७ मा आर्म्स एक्ट अन्तर्गत ६ वर्षको कैद सजाय सुनाइएपछि उनले आत्मसमर्पण गरे। तर उनी ३८ दिनमात्रै जेलमा रहे। सर्वोच्चले २७ नोभेम्बर २००७ मा उनलाई जमानतमा रिहा गरेको थियो। यही मुद्दामा अन्तिम फैसला आएपछि दोषी ठहर भए उनले बाँकी कैद भुक्तान गर्न जेल जानु पर्ने हुनसक्छ।

November 15, 2014 at 6:28 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन