मनोरंजन
»
प्रेमिकाले मानिन भने म अब छिटै बिहे गर्छु -महानायक राजेश हमाल
प्रेमिकाले मानिन भने म अब छिटै बिहे गर्छु -महानायक राजेश हमाल
नायक राजेश हमालले आफ्नो प्रेमिका भएको बताएपनि सार्वजनिक भने गरेका थिएनन्
। तर गत शुक्रबार साप्ताहिकले स्केच सहित मधुको अन्र्तवार्ता सार्वजनिक
गरेको थियो । तर हमालले विगत ७ बर्षदेखि लुकाएर राखेकी मधुको वास्तविक
तस्बिर भने सार्वजनिक भएको छ ।विराटनगर निवासी मधुले विभिन्न खालका व्युटी
प्याजेन्टमा भाग लिएकी छिन् । उनले सन् २००२ मा आयोजना गरिएको ‘मेघा मोडल
कन्टेष्ट’ र सन् २००४ मा आयोजना गरिएको ‘लक्स व्युटी स्टार’ मा भाग लिएका
थिइन् । विराटनगरकी मधु भट्टराई र नायक राजेश हमालको भेट ‘लक्स व्युटी
स्टार’ मा भएको थियो । सन् २००४ मा आयोजना गरिएको यो कन्टेष्टमा हमाल
प्रमुख निर्णायकको रुपमा पुगेका थिए । मधुले विभिन्न चरणमा देखाएको
प्रस्तुतीले हमाल प्रभावित थिए । तर अन्तिम ५ मा पुगेकी मधुले हमालको
प्रश्नको जवाफ भने सहि तरिकाले दिन सकिनन् । हमालको अगाडी मधु नर्भस भएको
बताइन्छ ।यसैले उनले यो प्रतियोगितामा फस्ट रनरअपको ताज जितेकी थिइन् ।
कार्यक्रम सकिएपछि हमाल र मधुको भेट भएको थियो । जहाँ हमालले मधुलाई आफ्नो
भिजिटिङ कार्ड दिएका थिए । यसपछि मधु र हमालको इमेलमा कुरा हुन थाल्यो ।
यसको डेढ बर्षपछि मधुले हमाललाई प्रेम प्रस्ताव राखेको श्रोत बताउँछ । तर
मधुले राखेको प्रेम प्रस्तावलाई हमालले तत्काल स्विकार गरेनन् । तर इमेलमा
यि दुइको वार्तालाप भने चल्दै थियो । मधुको प्रेम प्रस्ताव पश्चात हमालले
उनलाई बारम्बार भेट पनि गरेका थिए । मधुले प्रेम प्रस्ताव राखेको करिब ६
महिना पछि हमालले उनको प्रेमलाई स्विकार गरेका थिए । हमाल र मधुको
प्रेमसम्बन्ध चलेको करिब ६ बर्ष भएको बताइएको छ ।
0 comments
Write Down Your Responses