mainpageads

बेल्जियममा एक नेपालीको रहस्यमय मृत्यु !

बेल्जियम,चैत ९ । वैदेशिक रोजगारीका सिलसिलामा बेल्जियम पुगेका एक नेपालीको रहस्यमय मृत्यु भएको छ । काठमाडौं कलंकीका ४७ वर्षीय लक्ष्मण खत्रीको बेल्जियमको आन्थ्रोपेन शहरमा पाँच दिनअघि मृत्यु भएको हो । खत्रीको शव नेपाली समुदाय तथा परिवारका सदस्यको अनुमतिबिनै स्थानीय प्रहरीले बिहीबार खाल्डो खनेर गाडिदिएको छ । बेवारिसे अवस्थामा शव भेटेपछि नेपाली दूतावास र गैर आवासिय संघमा खबर गर्दा कोही नआएकाले आफूहरुले शव गाडिदिएको आन्थ्रोपेन प्रहरीका अधिकारीलाई उद्धृत गर्दै बेल्जियममा रहेका नेपाली पत्रकार सुशील खरेलले बताउनुभयो । आफूसँग १० दिनअघि भएको भेटमा खत्रीले बेल्जियम आएको आठ वर्ष भएको र मधुमेह रोगको बिरामी रहेको बताएको खरेलले जानकारी दिनुभयो । प्रहरीले सडकमा शव भेटेको बताए पनि पोष्टमार्टमबिनै शव गाडिएकाले मृत्यु रहस्मय बनेको हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts