mainpageads

गर्मी मौसममा छालाको समस्याहरुबाट छुट्कारा पाउने उपाए…

परिवर्तित मौसमसंगै हाम्रो छालाको पनि हेरचाह त्यही अनुरुप गर्नुपर्छ । यदी छालाको स्याहारसुसार सही रुपमा गरिएन भने छालामा रोग तथा समस्याहरु उत्पन्न हुन सक्छ । अहिले भित्रिएको यो गर्मी मौसममा पनि छालाको विशेष हेरचाह गर्नुपर्छ । होइन भने टैनिंग, घामले पोल्नु, डंडिफोर, रैशेज र पसिनाको दुर्गन्ध जस्ता समस्याले सताउँन सक्छ । त्यसैले यी समस्याहरुबाट छुट्कारा पाउनका लागि यी पाचँ उपायहरु अपनाउनु पर्ने हुन्छः
  1. गर्मीका कारण छालामा एलर्जी र रैशेज जस्ता समस्याहरु आउन सक्छ त्यसैले ध्युकुमारीको जेल पनि लगाउन सकिन्छ, या नुहाउने पानीमा थोरै बेकिंग सोडा मिलाएर नुहाएमा पनि गर्मिका कारण हुने एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।
  2. डंडिफोरबाट बच्नका लागि एक चम्चा कागतीको रसमा बदामको तेल मिसाएर अनुहारमा लगाउन सकिन्छ, या पुदीनाको रसलाई अनुहारलाई लगाएर आधा घण्टापछि धुने गरेमा पनि डंडिफोरबाट छुट्कारा पाउन सकिन्छ भने गर्मीबाट पनि आराम मिल्नेछ ।
  3. यदी घामबाट छालालाई असर परेको छ भने भिजाएको एक कपडा या बर्फबाट छालालाई सेक्न सकिन्छ, आलुलाई मिक्सरमा पिसेर यसको रसलाई घामले पालेको ठाउँमा लगाउनाले पनि आराम मिल्नेछ ।
  4. गर्मिमा पसिनाको दुर्गन्धबाट बच्नका लागि सकेसम्म धेरै मात्रामा पानी पिउने, नुहाउने पानीमा एक चम्चा व्हाइट वेनेगर मिसाएर नुहाउने या नुहाउने पानीमा गुलाबजल हालेर नुहाउदा पनि पसिनाको दुर्गन्धबाट बच्न सकिन्छ ।
  5. घामबाट छाला टैन हुने गर्छ त्यसैले कागतीको रस, गुलाबजलको रस मिलाएर छालामा लगाउदा पनि हुन्छ ।skin2
माथिका यी उपायहरु अपनाउनु होस् यो गर्मी मौसबाट उत्पन्न हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ भने तपाईको छाला पनि सुन्दर हुन्छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts