mainpageads

मलेसियामा नेपालीमाथि आक्रमण, ६ जनाको ज्यान गयो

१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियन नागरिकहरु विच झडप भएको छ । घटनामा नेपाली १८ जना नेपाली घाईते भएको जोहोरस्थित हाम्रा सम्बाददाता भिम तामाङले जानकारी दिए । काठमाण्डौमा गृहमन्त्री माधवप्रसाद घिमिरेले घटनामा ६ जना नेपालीको ज्यान गएको बताएपनि क्वालालम्पुरस्थित नेपाली दूतावासले भने त्यसको पुष्टी हुन नसकेको जनाएको छ । ‘हल्लाका भरमा केही भन्न सकिन्न, कति जनाको मृत्यु भयो भन्ने यकिन हुन अझै केही समय लाग्छ’ दूतावासका श्रम सहचारी अमलकिरण ढकालले अनलाइनखवरसँग भन्नुभयो-’दूतावासका कर्मचारी त्यहाँ पुग्दैछन, त्यसपछि मात्र यकिन जानकारी आउला ।’ दूतावासको टोली बिहानै क्वालालम्पुरबाट जोहोरतर्फ लागेको छ । त्यहाँ पुग्न अझै सडकमार्गबाट कम्तीमा चार घण्टा लाग्छ । घाइते नेपालीहरुलाई सुल्तान अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ पुगेका हाम्रा सहकर्मी भीम तामाङले अस्पतालले मृतक र घाइतेको संख्याबारे केही बताउन नचाहेको जानकारी दिए । कसरी भयो घटना ? घटना नेपाली र स्थानीय मलेसियन नागरिक विच सामान्य रुपमा भनाभन बाट सुरु भएको वताईएको छ । सामान्य भनाभनवाट उग्ररुप लिए स्थानिय युवाहरु कम्पनीको होस्टलमा प्रवेश गरेर कुटपिट थालेको वताईएको छ । प्रहरीले घटना नियन्त्रणमा लिन नसकेपछि स्थ्ाानिय प्रशाशनले कर्फयु सम्मको आदेश जारी गरेको थियो । प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुका अनुसार प्रहरीले केही राउण्ड हवाईफायरसमेत गरेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts