mainpageads

बेडसिन दिने पुजना किन आइनन् पत्रकार सम्मेलनमा ?

चलचित्रको प्रचारप्रसारमा कलाकारहरुले साथ नदिएको गुनासो बारम्बार उठ्ने गर्दछ । सिनेमा खेलेपछि आफ्नो दायित्व नै सकिएको ठान्ने नेपाली कलाकारहरुकै कारणले प्रचारप्रसारको समयमा निर्माणपक्षले हैरानी व्यहोरेको छ ।चलचित्र ‘रक्षा’ मा बेड सिन दिएर चर्चामा आएकी नायिका पुजना स्त्रि शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नै उपस्थित भइनन् । निर्माणपक्षले नायिका पुजना स्त्रि, नायक राजेश हमाललाई कार्यक्रममा निमन्त्रणा गरेको बताएपनि उनीहरु उपस्थित भएनन् ।
चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको बारेमा जानकारी दिन निर्माणपक्षले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा बौल्दै निर्माता पबन बस्नेतले बजारमा चर्चा भएअनुसार सिनेमामा सेक्स बिषय समावेश नभएको बताए । यस्तै संगीतकार अर्जुन पोखरेलले सिनेमाका गीतसंगीतले बजारमा राम्रो चर्चा पाएकोमा खुशी व्यक्त गरे ।कार्यक्रममा नायक सुशान्त कार्की, नव कलाकार सारिका घिमिरे, गायिका दुर्गा खरेल, निर्देशक राजु गिरी, छायांकार रामेश्वर कार्की सहभागी थिए । चलचित्रमा २ सय भन्दा बढी प्रहरीले पनि काम गरेको निर्माणपक्षको भनाई छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts