mainpageads

फेसबुकमा सेक्सको कुरा गर्ने पत्रकार पक्राउ..

४ चैत, पर्वत ।  फेसबुकमा एक युवतीको फोटो प्रयोग गरी ब्लाकमेलिङ गरेको आरोपमा पर्वतका पत्रकार गणेश गिरी प्रकाउ परेका छन्। उनी शुक्रवार साँझ पक्राउ परेका हुन्।

सदरमुकाम कुश्माकी एक युवतीको फोटो प्रयोग गरी फेसबुक सञ्चालन गर्दै आएका गिरीलाई युवतीको उजुरीको आधारमा प्रहरीले उनको घरबाटै पक्राउ गरिएको हो। युवतीले एक सातादेखि प्रहरीमा उजुरी दिएपनि शुक्रबार साझ मात्रै ति ब्यक्ति गिरी भएको जानकारी पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। ‘

एक साता अगाडि नै त्यो ब्यक्तिको खोजीमा प्रहरी थियो, शुक्रबार पत्ता लागेपछि गिरीलाई पक्राउ गरेका हौ’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने ।प्रहरीले उजुरीको आधारमा आवश्यक थप अनुसन्धान गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडी बढाउने बताएको छ । उनी राजधानी दैनिक र माउण्टेन टेलिभिजनका पर्वत प्रतिनिधि हुन् ।

उनले युवतीको नक्कली तस्विर प्रयोग गरेर अश्लिल कुरा गर्ने र सेक्स सम्वन्धी कुरा गर्ने गरेको बताइएको छ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts