फरक भनिने कलाकारको प्रेम र सम्बन्ध टिकेन...
नेपालमा पछिल्लो समय आएका केही कलाकारहरु
आफूलाई अरु भन्दा फरक भन्न पछि पर्दैनन् । नायक विनय श्रेष्ठ, सौगात मल्ल,
दयाहाङ राई, कर्मा यो सूचिमा देखिन्छन् । यस्तै नायिकाहरुको सूचिमा निशा
अधिकारी, क्रृचा शर्मा, नम्रता श्रेष्ठको नाम पनि अग्रस्थानमा आउँछ ।
नायक विनय श्रेष्ठले त आफूलाई नेपालको
अमिर खान नै भएको घोषणा गरे । चलचित्र ‘भिसा गर्ल’ को प्रदर्शन समयमा
विनयले आफूलाई नेपालको अमिर खान भएको बताउँदै सिनेमा कम र छानेर खेल्ने
उद्घोष गरे । तर उनले खेलेका अधिकांश सिनेमाले निर्माताको घर डुबाएका छन् ।
यो सूचिमा विनयकी पुर्व प्रेमिका क्रृचा शर्मा पनि पर्छिन् । क्रृचा पनि
आफूलाई फरक धारको कलाकार भन्दै मुलधारका सिनेमामाथी नाक खुम्च्याउने
गर्छिन् ।
तर विनय र क्रृचाको लामो समयसम्म चलेको
प्रेमसम्बन्धमा विश्राम लागेको छ । विनय र क्रृचाको प्रेममा दरार चलचित्र
‘भिसा गर्ल’ को असफलतासँगै सुरु भएको हो । अहिले यि दुई आ आफ्नो बाटो
लागिसकेका छन् ।
आफूलाई
फरक धारको बताउँदै मुलधारका सिनेमामाथी नाक खुम्च्याउने नायिका निशा
अधिकारी र निर्देशक निरक पौडेलको प्रेम पनि टिकेन । हुनत अहिले निरकले
अर्कै युवतीसँग बिहे गरी घरजम गरिसकेका छन् । तर फरक धारको बताएर सिनेमा
नगरीमा टिक्न नसक्ने अवस्था आएपछि निशा मुलधारतर्फ फर्किसकेकी छिन् ।
असफल प्रेमको सूचिमा नायिका नम्रता
श्रेष्ठ र नव नायक रेमनदाश श्रेष्ठको जोडी पनि पर्दछ । नायिका श्रेष्ठको
अश्लिल भिडियो सार्वजनिक भएपछि यि दुइको जोडी फाटेको हो । हाल नम्रता प्रेम
घले नामक युवासँगको प्रेममा चुर्लुम्ब डुबेकी छिन् ।
एउटै
सोचाइ र एकै बाटोबाट सिने नगरीमा प्रवेश गरेका यि कलाकारहरु अहिले फरक फरक
दिशामा मोडिएका छन् । निशा र नम्रताले मुलधारका सिनेमामा आफूलाई जोड्न
थालेका छन् । तर विनय र क्रृचाको प्रेम सम्बन्ध फाँटे पनि सोचाई भने फाटेको
छैन । विश्वमै आफूलाई फरक धारको बताउने कलाकारको करिअर सोचेअनुसार उचाइमा
पुगेको देखिदैन ।
1 comments
Write Down Your Responses

November 15, 2014 at 6:13 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन