mainpageads

कालिकोटमा एक छात्राकि छाउगोठमै बलात्कार

कालिकोट, चैत्र ९ - महिनावारी भएर छाउगोठमा सुतिरहेको अवस्थामा एक छात्रा बलात्कृत भएकी छन् । एसएलसी दिँदै गरेकी छात्रा बुधबार राति १ बजे बलात्कृत भएकी हुन् । यहाँको गेला परीक्षा केन्द्रमा एसएलसी दिइरहेकी १८ वर्षीया छात्रा बलात्कृत भएकी हुन् । महिनाबारी भएर गोठमा सुतिरहेको अवस्थामा दाहाका कपिल शाहीले बलात्कार गरेकोे प्रहरीको दाबी छ । ३ दिनअघि महिनाबारी भएर गोठमा सुतेकी १८ वषर्ीया छात्रालाई दाहाबाट गएका शाहीले बलात्कार गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी रमेश पोखरेलले बताए । सानीआमाको गोठमा सुतेकी छात्रालाई बलात्कार गरेपछि आरोपी शाही फरार छन् । छात्रालाई बिहीबार बिहान आफन्तले उपचारार्थ जिल्ला अस्पताल मान्म ल्याएका छन् । बलात्कार पछि बेहोस छात्राको उपचारका लागि पिली पुर्‍याएपछि होस खुलेको प्रहरीले जनाएको छ । उनी उठ्न नसक्ने अवस्थामा छिन् । उनको अनुहार र हातमा घाउ छ । कपडा पनि च्यातिएको छ । बिहीबारको ऐच्छिक प्रथम विषयको परीक्षा छुटेको छ । कालिकोटमा महिनाबारी हँुदा गोठमा बस्ने चलन अझै कायम छ । बलात्कार को आरोप लागेका शाही आफन्तको सट्टामा जाँच दिन गएको खबर आएपछि पत्ता लगाएर सट्टामा जाँच दिलाउनेको परीक्षा रद्द गर्न गेला परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई फोनमा निर्देशन दिइएको जिशिअ विष्णुप्रसाद तिवारीले बताए । छात्रालाई जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको र फरार युवाको खोजी भइरहेको डीएसपी पोखरेलले बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts