एक लिटर तेलबाट १ सय ११ किलोमिटर कुदने कार...
एक लिटर तेलबाट कति किलोमिटर गाडी गुड्ला ? बढ्दो इन्धनको मूल्य र भारतमा भर पर्नु पर्ने नेपालका लागि यो प्रश्न अर्थपूर्ण छ ।
जर्मन कम्पनी भक्सवागनले हालै निर्माण
गरेको एक्स एल १ गाडी एक लिटर डिजेलबाट १ सय ११ किलोमिटर गुड्छ । यो कारमा
दुई जना बस्न सकिन्छ । यो हाइब्रिड कारमा २७ हर्सपावर इन्जिनका साथमा दुई
सिलिण्डरको डिजेल इन्जिन पनि छ । यसको क्षमता ४७ बीएचपी छ ।
यो गाडीमा सात गियरको ड्युअल क्लज गियर
बक्स छ । धेरै भन्दा धेरै माइलेज पाउनका लागि यो कारलाई एइरोडानामिक डिजाइन
गरिएको छ । बीबीसीका अनुसार यो विश्वको सबैभन्दा एइरोडानामिक कार पनि हो,
यसलाई कार्बन फाइबरबाट बनाइएको छ । जसका कारण कारको तौल मात्र ८ सय किलो छ ।
भक्सवागनले यस्ता २ सय ५० थान कार आफ्ना
जर्मन उपभोक्तालाई दिने योजना बनाएको छ । यो कार विक्रि गर्नुका सट्टा
उपभोक्तालाई प्रयोग गर्न मात्र दिइनेछ ।

0 comments
Write Down Your Responses