mainpageads

१४ वर्षीय वालिकालाई बलात्कार गर्नी एक शिक्षक पक्राउ !!

तनहुँ,चैत्र ५ । १४ वर्षीय वालिकालाई बलात्कार गरेको अभियोगमा तनहुँका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । दमौलीको एक विद्यालयमा अध्यापन गराउने ३२ वर्षिय शिक्षकलाई तनहुँ छिपछिपेकी एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरी अनुसार ति वालिका शिक्षकसँग मोटरसाइकलमा सहायता मागेर दमौलीमा एसएलसी परीक्षा दिन बसेकी दिदीलाई भेट्न आएकी थिइन् । वालिकाले आफुलाई दमौली झर्न नदिई गत शनिबार पोखराको पृथ्वी चोकस्थित एक होटलमा लगेर जर्वजस्ती गरेको प्रहरीसँग बताएकी छिन् । प्रहरीका अनुसार पृथ्वीचोकको सन्तोषी लजमा रात बिताएर शिक्षकले वालिकालाई आइतबारमात्र दमौली पुर्‍याएका थिए । वालिकाको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक टिका बहादुर केसीले जानकारी दिनुभयो ।
पुरा भिडियो हेर्न


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts