mainpageads

दिपक राज गिरि कि छोरी अब हिरोइन को भूमिका मा आउदै

अभिनेता दीपकराज गिरीकी छोरी मौसमी गिरी नेपाली फिल्ममा प्रवेश गर्ने तयारीमा छिन्। बैंगलोरबाट नर्सिङ सिध्याएर फर्केकी मौसमीले सर्वप्रथम आफ्ना बुबाको टेलिसिरियल 'तीतो सत्य'को ५ सयौँ भाग पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गरेकी थिइन्।'अभिनय गर्न आवश्यक सामान्य नियमहरु आफ्नै तरिकाले सिकिरहेकी छु। सोचेअनुसारको स्त्रि्कप्ट आयो भने काम गर्छु होला। राजेश हमाल र आर्यन सिग्देलसँग काम गर्न पाइयो भने खुसी हुनेछु,' उनले भनिन्। बुबा दीपकराजले निर्देशन गर्ने 'तीतो सत्य'मा भने उनी कहिल्यै देखिइनन्। 'पढाइमा व्यस्त भएकाले सिरियलमा काम गर्ने सोच आएन। नेपाली फिल्महरुबारे हल्का ज्ञान छ,' उनले भनिन्। सानो उमेरमा चाहिँ उनले जीवनजलको विज्ञापनमा काम गरेकी थिइन। पछिल्लो पटक 'लुट' फिल्म हेरेपछि उनलाई फिल्ममा काम गर्ने रहर बढेको उनले बताइन्। मौसमी जेठी हुन्, उनका दुई भाइ छन्। हाल नर्भिक अस्पतालमा कार्यरत उनलाई सानैदेखि हिरोइन बन्ने रहर थियो। 'पढाइ सिध्याएपछि मात्र चाहेअनुसारको क्षेत्रमा काम गर्न दिन्छु भनेपछि उनी फिल्ममा देखिन लागेकी हुन्,' दीपकले भने। 'तीतो सत्य'बाट भने छोरीलाई डेब्यु नगराउने उनले बताए। हाम्रो सिरियल उनको लागि सही प्ल्याटफर्म नहुनसक्छ। त्यसैले उनलाई अन्यबाट डेब्यु गराउनुपर्छ भन्ने मेरो मान्यता हो, बताउने दीपक आफैंले लगानी गरेर छोरीलाई हिरोइन बनाउने पक्षमा पनि छैनन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts