१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान
चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियन नागरिकहरु विच झडप भएको छ ।
घटनामा नेपाली १८ जना नेपाली घाईते भएको जोहोरस्थित हाम्रा सम्बाददाता भिम
तामाङले जानकारी दिए ।
काठमाण्डौमा गृहमन्त्री माधवप्रसाद घिमिरेले घटनामा ६ जना नेपालीको ज्यान
गएको बताएपनि क्वालालम्पुरस्थित नेपाली दूतावासले भने त्यसको पुष्टी हुन
नसकेको जनाएको छ ।
‘हल्लाका भरमा केही भन्न सकिन्न, कति जनाको मृत्यु भयो भन्ने यकिन हुन अझै
केही समय लाग्छ’ दूतावासका श्रम सहचारी अमलकिरण ढकालले अनलाइनखवरसँग
भन्नुभयो-’दूतावासका कर्मचारी त्यहाँ पुग्दैछन, त्यसपछि मात्र यकिन जानकारी
आउला ।’
दूतावासको टोली बिहानै क्वालालम्पुरबाट जोहोरतर्फ लागेको छ । त्यहाँ पुग्न
अझै सडकमार्गबाट कम्तीमा चार घण्टा लाग्छ ।
घाइते नेपालीहरुलाई सुल्तान अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ पुगेका
हाम्रा सहकर्मी भीम तामाङले अस्पतालले मृतक र घाइतेको संख्याबारे केही
बताउन नचाहेको जानकारी दिए ।
कसरी भयो घटना ?
घटना नेपाली र स्थानीय मलेसियन नागरिक विच सामान्य रुपमा भनाभन बाट सुरु
भएको वताईएको छ । सामान्य भनाभनवाट उग्ररुप लिए स्थानिय युवाहरु कम्पनीको
होस्टलमा प्रवेश गरेर कुटपिट थालेको वताईएको छ । प्रहरीले घटना नियन्त्रणमा
लिन नसकेपछि स्थ्ाानिय प्रशाशनले कर्फयु सम्मको आदेश जारी गरेको थियो ।
प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुका अनुसार प्रहरीले केही राउण्ड
हवाईफायरसमेत गरेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

तीन लाख ४३ हजार रुपैयाँ म्यापावर
कम्पनीलाई बुझाएर साउदी अरब पुगेका एक युवा भनेअनुसार तलब, सुविधा नपाएपछि
समस्यामा परेका छन् । कसेरी २, मोरङका २३ बर्षका राजु बोगटीसँग म्यानपावर
कम्पनीले सरकारले तोकेभन्दा २ लाख ७३ हजार रुपैयाँ बढी रकम असुलेको हो ।
सरकारी निर्णयअनुसार म्यानपावर कम्पनीले
साउदीका लागि जुनसुकै काममा पठाए पनि प्रतिकामदार ७० हजार रुपैयाँ भन्दा
बढी शुल्क लिन नपाउने व्यवस्था छ । यो शुल्कमा हवाई टिकट, मेडिकल, बिमा,
अभिमुखीकरण तालिम र म्यानपावर कम्पनीको सेवा शुल्क जोडिएको हुन्छ ।
सुनसरी, इटहरीको नाप म्यानपावर नामक
कम्पनीलाई आफुले १ लाख रुपैयाँ र बाँकी उड्ने बेला काठमाण्डौं आएपछि बुबाले
दिएको उनले बताए । ‘मैले नापका विपिन मगरलाई १ लाख रुपैयाँ बुझाएर
काठमाण्डौं आएँ, पछि बुबाले त्यही कम्पनीका गोपाल गुरुङलाई दुई पटक गरी २
लाख ४३ हजार रुपैयाँ बुझाउनुभयो,’ उनले भने ‘यत्रो रकम तिरियो मात्र अव
कसरी ऋण तिर्ने समस्या पर्यो,’ कान्तिपुर दैनिकमा खबर छ । उनले भने आफूलाई
मासिक ७० हजार रुपैयाँ तलब र दुई छाक खान बस्न र इन्टरनेट हुन्छ भनेर
झुक्याइयो । आफ्नो तलब करिब १६ सय रियाल हुने र एक छाक मात्र खान दिने बताए
।
चैत ११ - वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका एक इलामे युवाको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ।
शान्तिडाँडा घर भई दुई वर्षदेखि त्यहाँको सेलाङरस्थित हिलइङ इन्डस्ट्रिज
सेक्सन ३४ वुकितमा कार्यरत ३४ वर्षीय मेघबहादुर भण्डारीको मृत्यु भएको हो।
रातिको समयमा काम गरिरहेका भण्डारीलाई अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको उनका साथी नीरज आचार्यले फोनमार्फत बताए।
मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरे
११ चैत, शाहआलम । मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । झापा घर भई शाहआलममा रहेको एक कन्ट्रक्सन कम्पनीमा कार्यरत ४७ बर्षका मदन कुमार श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका हुन ।
गएको २० तारिख रातीको समयमा कोठावाट निस्किएका श्रेष्ठको शव २१ तारिखमा आफुले काम गर्ने कन्ट्रक्सनको सातौ तलामा सिलिङ पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । आत्महत्याको कारण खुल्न सकेको छैन भने उनको शवलाई पोसमार्टमको लागि केलाङ अस्पतालमा राखिएको छ ।
तीन वर्ष अगाडि रोजगारीको लागि श्रेष्ठ डेल्टा मेनपावरवाट मलेसिया आएका थिए । श्रेष्ठको परिवारमा एक छोरा दुई छोरी छन् ।
६ वर्षको उमेरमा वुवा वितेर टुहुरो वनेका
किरण भुजेलले ३४ वर्षको उमेरमा आफ्नो दाहिने खुट्टा गुमाएका छन् । आमाले
ताते ताते गर्दे हुर्काएका दिनहरुमा उनलाई कतै कुनै दिन पनि चोटपटक लागेन ।

तर मिठो सपना वोकेर मलेसिया छिरेको सत्र
महिनामै उनले हादिने खुट्टा गुमाउनु परेको छ । संखुवासभाको माम्लिङ -६, मा
जन्मिएका किरण सामान्य लेखपढ गर्न मात्रै जानेका छन् । तीन कक्षासम्म स्कुल
गएका उनी सामान्य लेखपढमात्र गर्न सक्छन् । दुई दिदीहरुको एक्लो भाई
किरणको कमाएर खानलाई चार रोपनीभन्दा जग्गा जमिन छैन । दुवै दिदीहरुको
विहेवारी भइसकेको छ । २०५५ सालमा मादिमुलखर्कवाट विहे गरेपछि दुई छोरा र एक
छोरीका वावु वनेको किरणको परिवार ६ जनाको छ ।
वर्षभरी काम गर्दा पनि तीन महिना खान
नपुग्ने भएका कारण परिवार पाल्नको लागि उनले गाउँमै ज्यामिदेखि अलैची
टिप्ने र लगाउने काम गर्थे । गाउँमा केहि पर्यो भने हारगुहार गर्दा उनी नै
दर्गुथे । विहे देखि मलामिसम्मको काममा उनी आफै भ्याउँथे । विहे गरेपछि
भने उनलाई काममा केहि राहत मिलेको थियो । तर १२ वर्ष पुगेको जेठो छोरा १०
वर्षकी छोरी अनी ८ वर्ष पुगेका छोरालाई कसरी राम्ररी पढाउने होला भनेर उनी
सधैँ चिन्तित थिए । जिन्दगिको आधा उमेर उनले घरगृहस्थिमै विताए । परिवार
पाल्नलाई हम्मे हम्मे हुन लागेपछि उनले विदेश जाने सोँचाई वनाए । आमा र
श्रीमतीले पटक्कै मानेका थिएनन, तर सवैलाई सम्झाएर उनी विदेश आउन तयार भए ।
घरमा एक पैसा थिएन । साहुहरु कहाँ हात थाप्न धेरै ठाउँ गए । धेरै
साहुहरुले कसरी तिर्छस तैले पैसा ? भन्नेसम्मको प्रश्न गरे । केहि सिप
नलागे पछि आफ्नै भिनाजुसंग ४० हजार र गाउँकै साहुसंँग ६० हजार ऋण वटुल्न
उनी सफल भए । गाउँका केटाहरुलाई विदेश पठाउने एजेण्टले किरण पनि विदेश जान
आटेको छ भन्ने थाहा पाउन साथ घरमै आईपुग्यो ।
काम गरेको मान्छे राम्रै त होला भनि ८५
हजार एजेण्टलाई वुझाएर उनी मलेसिया आए । काम कस्तो छ भनेर उनले वारम्वार
नेपालमा एजेण्टलाई सोध्ने गर्थे । एजेण्टले पनि फुलवारीमा पालो पालो पानी
हाल्ने हो,कहिले काँहि तेलको प्याकिङ गर्नुपर्छ भनेपछि उनले पनि आफुले
गाउँमा गरेको कामभन्दा सजिलै त रैछनी भनेर मख्ख पर्दै विदेश हानिए । तर
मलेसिया आउनसाथ उनी झस्किन पुगे । लिम्पाङ भन्ने ठाउँको जंगलमा कामगर्नु
पर्ने भयो । चालिस फुटसम्मका तेलका रुखवाट तेल निस्कने फल टिप्नु पर्ने भयो
। घाँस दाउरा गर्दा हातमा सानो हसिया वोकेका हातले लामो न लामो फलाम भएका
डण्डिमा जोडिएका हसिया समाउनु पर्ने भयो । सत्र महिना सकि नसकिकाम गरे उनले
। कतिपटक त थला पर्ने गरि विरामी समेत भए । त्यतिवेला न कसैले उनलाई वावु
तलाई कस्तो छ भनेर सोध्थ्ये न तातो पानी नै पाउथे । सत्र महिनामा वल्ल तल्ल
ऋण तिरेर ४० हजार मात्रै जम्मा गर्न सफल भए । ऋण तिरियो अव कुनै पनि
हालतमा काम नगर्ने सोचाई वनाएर उनले कम्पनी छाडेर हिँडे । लिम्पाङको जंगलमा
काम गरिरहेका किरणलाई यति पैसा लिएर मात्रै घर र्फकन मन लागेन । यतिकैमा
वातुकेभमा रहेको एक कम्पनीमा अवैधानिक रहेर काम गर्न शुरु गरे । डेढ महिना
अगाडि ५६ हजार ४ सय रुपैयाँ घर पनि पठाए । एकलाख जम्मा भयो अव ५० हजार जति
जम्मा गर्छु र नेपाल र्फकन्छु भन्ने सोचाई वनाए ।
तर उनको सोचाई गएको महिनाको पहिलो
आइतवारका दिनवाट भताभुङ्ग भयो । काम नगरेर कम्पनीमा वसिरहेको अवस्थामा
साथीले चलाएको फोकलिपले उनको खुट्टा च्यापियो । उनी ऐया र आत्थु गर्न थाले ।
साथीभाईको सहयोगले उनलाई रगतका धारासहित अस्पतालमा पुर्याइयो । ६ दिन
अस्पतालको वसाईपछि डिचार्ज भएर निस्कदा उनलाई डाक्टरहरुले वैशाखि थमाइदिए ।
त्यतिवेला उनको मन निकै भक्कानिएर आयो । पाखोवारीमा केहि गर्ने सपना त्यसै
त्यसै हरायो । हलो जोतेर हरियाली वनाउँछु भन्ने सपना चुँडियो । अव चाहेर
पनि वैशाखि वेगर उनी हिड्न सक्दैनन । छोरा छोरीलाई पढाएर ठुलो वनाउने इच्छा
पानीको फोका बन्ने त हैन भन्ने पीरले अहिले उनलाई सताउन थालेको छ ।
वैशाखिको भरमा उनी विहीवार नेपाली राजदूताबास पुगेका छन् । दूतावासमा
पुग्दा समेत उनको खुट्टाको घाउँको माउरी उप्किएको थिएन । दूतावासले उनको
दुःखमा साथदिने भएको छ । कागजपत्र वनाउने देखि लिएर अन्य प्रकृयामा साथ
दिने दूतावासले वचन दिएपछि उनी केहि ढुक्क भएका छन् ।
अव उनलाई एउटै चिन्ता छ- परिवार कसरी
पाल्ने ? छोराछोरीलाई कसरी पढाएर ठूलो मान्छे बनाउने ? आफुले जम्मा गरेको
डेढ लाखभन्दा एक पैसा पनि छैन । वुढि भएकी आमाको इच्छा अनि श्रीमतीका
चाहनाहरु पुरा गर्नु पनि छ । अनलाइनखबरस्.ग उनले भने- मलाई तपाईहरुको ठुलो
सहयोगको खाँचो छ । म फेरी मेरा दुई छोरा पढाई विनाको अपाङ्ग वनाउन चाहन्न,
यदि मलाई गुन लगाउनु भयो भने म कहिल्यै पनि विर्सने छैन ।’ आफ्ना
छोराछोरीको भबिष्य बनाइदिन सहयोग गर्ने इच्छुकहरुले आफ्नो नम्बर ०१३६११३८५९
मा सम्र्पक गर्न उनले बिनय गरेका छन् ।
९ चैत, काठमाडौं । इरानका सर्वोच्च
धार्मिक नेता आयलुल्लाह अली खामेनीले इरानमाथि आक्रमण भए इजरायलको तेलअवीव र
हाइफा जस्ता इजरायली प्रमुख शहरहरु ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले चाल्ने सम्भावितक खतराबाट बच्न जस्तो सुकै कदम उठाउने बताउनु भएको थियो ।
४ चैत,काठमाडौ। भारतको कर्णाटक राज्याबट ९ नेपाली छात्राहरु उद्दार गरिएका छन्। नेपाली दुतावासको सक्रियतामा उनिहरुको उद्दार गरिएको हो। दुतावासको सहयोगमा छात्राहरुका अभिभावकले कर्णाटकको बिदारस्थित रुरल कलेज अफ नर्सिङबाट उद्धार गरिएका हुन् । उद्धार गरिएका छात्रामा सप्तरीका ७ एवं सुनसरी १ र मोरङबाट १ जना छन्।
मंसिरमा भर्ना भएका छात्रहरु कलेजमा भनिए जस्तो सुविधा र पढाइ नभएपछि शुरुमै फर्किन लागेका थिए। तर कलेज प्रशासनले उनिहुरुलाइ जान त के हिडडुल सम्म गर्न दिएन, उनिहरु मानसिक यातना सहित लछारपछार गर्दे सामान्य कुटपिट सम्म गरिएको थियो।
उनिहरुलाइ एउटा कोठाबाट अर्को कोठामा जान नदिने र निकै कमसल खाना खुवाइएको अभिभावकहरुले बताएका छन्। नर्सिङको स्नातक तह बीएस्सी नर्सिङ तथा जनरल नर्सिङ मिडवाइफ जीएनएम अध्ययनका लागि ती छात्राहरु उक्त कलेजमा पुगेका थिए। उनिहरुले कलेजमा दस हजारदेखि १ लाख ३० हजार भारतीय रुपैयाँसम्म आफूहरूले बुझाएको बताएका छन्।

तीन वर्षयता दुबईमा २२५ नेपालीले ज्यान गुमाए
४ चैत, अबुधाबी । वैदेशिक रोजगारीको
सिलसिलामा दुबई पुगेका नेपालीहरुसमुद्रमा हाम्फालेर आत्महत्या गर्ने क्रम
बढेको छ । तीन वर्षयता दुबईमा आत्महत्या र दुर्घटनामा परी ज्यान गुमाउने
नेपालीहरुको संख्या २ सय २५ पुगेको छ । यो अवधिमा २९ नेपालीले आत्महत्या
गरेका छन् । राम्रो कमाइ गर्ने र परिवारमा सुख सम्वृद्धि ल्याउने
उद्देश्यले दुबई आएका नेपालीहरुले सोचेअनुरुप कमाउन नसकेपछि निराश भई
आत्महत्या गर्ने क्रम कहालीलाग्दो बनेको दुतावासका कर्मचारीहरु बताउँछन्
।गएको ३ बर्षमा यता २९ नेपालीले आत्महत्या गरेको तथ्य बाहिर आएको छ ।
यहाँस्थित नेपाली दुतावासले सन् २०१० यता २ सय २५ जनाले ज्यान गुमाएको
बताएको छ । यसमध्ये झण्डै दुर्यदर्जनले विरक्तिएर समुद्रमा हामफालेर
आत्महत्या गरेका छन् भने केहीले झुण्डिएर त केहीले आफैलाइ छुरा प्रहार गरेर
आत्महत्या गरेको जनाइएको छ ।
आत्महत्या गर्नेमध्ये सबैजसोले परदेश
आएपछि समस्या समाधान हुनुको सट्टा झन बढ्दै गएपछि आत्महत्या गर्ने गरेको
दुतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री बताउनुहुन्छ ।मृत्यु भएकाहरुको शव
नेपाल पठाउने कार्यमा विगत ४ बर्षदेखि खटिरहनुभएका क्षेत्रीका अनुसार
आत्महत्याको कारण आर्थिक विाष्यसँगै बढी जोडिने गरेको छ । नेपालमा
मेनपावरले भनेबमोजिम विदेशमा तलब नपाएको, सोचेअनुरुप काम नभएको र नेपालमा
रहेका आफन्त एवं श्रीमतीले धोका दिएकै कारण अधिकांशले आत्महत्या गर्ने
गरेको उहाँ बताउनुहुन्छ ।
दुतावासको तथ्याड्क अनुसार सन् २०१० मा
मात्रै १२ जनाले आत्महत्या गरेका छन् । सन् २०१० मा दुबईमा ८८ जना नेपालीले
ज्यान गुमाएका थिए । यसैगरी सन् २०११ मा ११ जना र २०१२ मा ५ जना नेपालीले
आत्महत्या गरेका छन् ।हजारौ खर्च गरेर र साहुसँग ऋण गरेर विदेश आएकाहरुले
कमाइको सट्टा ऋणको ब्याज नै तिर्न मुस्किल परेपछि आत्महत्या गर्ने गरेको
राजदुत धनञ्जय झाले बताउनृभयो । राजदूत झाकाअनुसार दुबईमा आत्महत्या गर्ने
विदेशीहरु मध्ये नेपाली तेस्रोमा पर्छन् । दुबईमा भारतीय, फिलीपीनी,
पाकिस्तानी र बंगलादेशी कामदार धेरै भए पनि र एउटै प्रकृतिको काम गरिरहेको
भए पनि नेपालीहरु नै आत्महत्या गर्न बढी उक्सिने गरेको उहाँ बताउनुहुन्छ ।
दुर्घटना अर्को ठुलो समस्या
सडक सवारी नियमको जानकारी कम भएको र
जानकारी भए पनि नियम उलंघन गरेकै कारण दुबईमा ३ बर्षमा ७५ जना नेपालीले
अनाहकमा ज्यान गुमाएका छन् । दुबइमा सवारी साधन कम्तिमा १ सय देखि १ सय ४०
किलो मिटर प्रतिप्रति घण्टा गुढ्ने गर्छ । तर, साँगुरो सडकमा सवार
हुनेगरेका तथा विद्युतीय प्रणालीअनुरुप पैदल यात्रा गर्ने र सवारी साधन
गुडाउन बानी नपरेका कारण वर्षेनी ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनु
परेको उपनियोग प्रमृख दीपक अधिकारीको भनाइ छ ।
दुतावासका अनुसार सन् २०१० देखि २०१३ सम्म
दुबईमा विभिन्न कारणले मृत्यु हुने २ सय २० मध्ये ७५ जनाले सडक दुर्घटनामा
ज्यान गुमाएका छन् । २०१० मा मृत्युभएका कुल ८८ नेपालीमध्ये ३१ जना सडक
दुर्घटनामा परेका छन् भने सन् २०११ मा मृत्युभएका ६३ मध्ये २४ जना र सन्
२०१२ मा मृत्युभएका कुल ३६ मध्ये १६ नेपाली सवारी दुर्घटनामा परेका छन् ।
२०१३ को मार्च सम्ममा ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुबईमा
झण्डै २ लाख नेपाली कामदार वैधरुपमा कार्यरत् छन् । यी कामदारसँग
प्रत्यक्षरुपमा आश्रति झण्डै १० लाख नेपाली छन् ।सन् २००४ देखि २०१३ को
मार्च पहिलो सातासम्म दुबईमा ५ सय ३६ जना नेपालीले ज्यान गुमाएका छन् । यी
मध्ये ११ जना मात्र महिला छन् । यो तथ्यांक दुबईमा नेपाली दुतावास स्थापना
भएदेखिको हो । सन् २०१३ को मार्चसम्म १३ जनाले ज्यान गुमाएका छन्, जसमध्य १
जनाले आत्महत्या, ४ जना दुर्घटना र ८ जनाको प्राकृतिक मृत्यु भएको छ ।
शव सहजै नेपाल पुर्याइने
विभिन्न खाडी मुलुकहरु भन्दा दुबईबाट
नेपाल शव सहजरुपमा पुर्याइरहेको दतावासको दाबी छ । राजदुत झाका अनुसार
परिवारले चाहेकै बखत शव नेपाल पुर्याउन सकिने बताउँदै कम्पनीमा बहाल रहेका र
काननी प्रक्रिया पूरा गरेर आउनेको हकमा कुनै अप्ठ्यारो नपर्ने तर भगौडा
एवं कम्पनीबाट छुट्टी लिएर घुमिरहेका हरु दुर्घटनामा परे भने र नेपाल पठाउन
गाह्रो हुने झाले बताउनुभयो । तर पीडित परिवारले लास लान चाहेर पनि अरबी
विशेष पर्वहरुमा भने शव पठाउन ढीलो हुने गरेको झाको स्वीकारोक्ति छ
।दूतावास कर्मचारीले शव चाँडै नेपाल पुग्ने दाबी गरे पनि सर्लाहीका एक
नेपालीको शव परिवारले पाउन डेढ वर्ष लागेको छ । सर्लाहीका ती व्यक्तिको शव ९
महिनापछि मात्रै फेला परेको थियो ।अहिले दुबईमा २ जना नेपालीको शव उठेको
छैन । बाराका कुलबहादुर मगरको शब २ महिनादेखि नेपालका रहेका परिवारले पाउन
सकेका छैनन् । धेरै नेपालीलाई शव नेपाल पठाउने कार्य दुतावासको नभएको
कर्मचारीहरु बताउँछन् । दुतावासले सहकार्यमात्र गर्ने बताउदै प्रथम सचिव
क्षेत्रीले भन्नुभयो- ‘बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले यसमा पहल
गर्नुपर्छ ।
४ चैत, अबुधाबी । वैदेशिक रोजगारीको सिलसिलामा
दुबई पुगेका नेपालीहरुसमुद्रमा हाम्फालेर आत्महत्या गर्ने क्रम बढेको छ ।
तीन वर्षयता दुबईमा आत्महत्या र दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको
संख्या २ सय २५ पुगेको छ । यो अवधिमा २९ नेपालीले आत्महत्या गरेका छन् ।
राम्रो कमाइ गर्ने र परिवारमा सुख सम्वृद्धि ल्याउने उद्देश्यले
दुबई आएका नेपालीहरुले सोचेअनुरुप कमाउन नसकेपछि निराश भई आत्महत्या गर्ने
क्रम कहालीलाग्दो बनेको दुतावासका कर्मचारीहरु बताउँछन् ।गएको ३ बर्षमा
यता २९ नेपालीले आत्महत्या गरेको तथ्य बाहिर आएको छ । यहाँस्थित नेपाली
दुतावासले सन् २०१० यता २ सय २५ जनाले ज्यान गुमाएको बताएको छ । यसमध्ये
झण्डै दुर्यदर्जनले विरक्तिएर समुद्रमा हामफालेर आत्महत्या गरेका छन् भने
केहीले झुण्डिएर त केहीले आफैलाइ छुरा प्रहार गरेर आत्महत्या गरेको जनाइएको
छ ।
आत्महत्या गर्नेमध्ये सबैजसोले परदेश आएपछि समस्या समाधान हुनुको सट्टा झन बढ्दै गएपछि आत्महत्या गर्ने गरेको दुतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री बताउनुहुन्छ ।मृत्यु भएकाहरुको शव नेपाल पठाउने कार्यमा विगत ४ बर्षदेखि खटिरहनुभएका क्षेत्रीका अनुसार आत्महत्याको कारण आर्थिक विाष्यसँगै बढी जोडिने गरेको छ । नेपालमा मेनपावरले भनेबमोजिम विदेशमा तलब नपाएको, सोचेअनुरुप काम नभएको र नेपालमा रहेका आफन्त एवं श्रीमतीले धोका दिएकै कारण अधिकांशले आत्महत्या गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
दुतावासको तथ्याड्क अनुसार सन् २०१० मा मात्रै १२ जनाले आत्महत्या गरेका छन् । सन् २०१० मा दुबईमा ८८ जना नेपालीले ज्यान गुमाएका थिए । यसैगरी सन् २०११ मा ११ जना र २०१२ मा ५ जना नेपालीले आत्महत्या गरेका छन् ।हजारौ खर्च गरेर र साहुसँग ऋण गरेर विदेश आएकाहरुले कमाइको सट्टा ऋणको ब्याज नै तिर्न मुस्किल परेपछि आत्महत्या गर्ने गरेको राजदुत धनञ्जय झाले बताउनृभयो । राजदूत झाकाअनुसार दुबईमा आत्महत्या गर्ने विदेशीहरु मध्ये नेपाली तेस्रोमा पर्छन् । दुबईमा भारतीय, फिलीपीनी, पाकिस्तानी र बंगलादेशी कामदार धेरै भए पनि र एउटै प्रकृतिको काम गरिरहेको भए पनि नेपालीहरु नै आत्महत्या गर्न बढी उक्सिने गरेको उहाँ बताउनुहुन्छ ।

काठमाडौ, फाल्गुन २८ -
खाडीका बहराइन र ओमनमा काम गर्न जाने नेपालीको अब न्यूनतम तलब निर्धारण
हुने भएको छ । खाडीका साउदी अरब, कतार, यूएई र कुवेतमा न्यूनतम तलब मान
लागू भइसकेको छ ।
नेपाली दूतावाससमेत नभएका बहराइन र ओमनलाई साउदीको रियादस्थित नेपाली दूतावासले सहप्रमाणीकरण गर्दै आएको छ । उक्त दूतावासले नै पहिलो पटक दुवै देशको लागि न्यूनतम तलब प्रस्ताव गरी पठाएको हो । त्यसलाई हालै वैदेशिक रोजगार विभागले निर्णय गरी श्रम तथा रोजगार मन्त्रालयमा सिफारिस गरेको छ ।
दूतावासले दुवै देशका लागि साउदीमा नेपाली कामदारको न्यूनतम तलब बराबरै प्रस्ताव गरेको छ । विभागले त्यसैलाई सिफारिस गरेको हो । प्रस्तावअनुसार दुवै देशमा काम गर्न जाने अदक्ष कामदारको न्यूनतम मासिक तलब ८ सय साउदी रियाल -१८ हजार रुपैयाँ) र कम्पनीबाट निःशुल्क खाना र खाना नभए २ सय रियाल -४ हजार ६ सय रुपैयाँ) सहित २३ हजार रुपैयाँ छ ।
दूतावासले साउदी रियाललाई रूपान्तरण गरी बहराइनका लागि बहराइन डिनार र ओमनका लागि ओमनी रियालमा तलबमान प्रस्ताव गरेको छ । 'साउदी अरबलाई तलब निर्धारण गर्ने बेला यही -साउदी) बराबर नै बहराइन र ओमनको पनि गर्न भनेर ९ महिनाअघि नै प्रस्ताव गरेका थियौं,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने । दूतावासले अदक्ष, अर्धदक्ष, दक्ष र प्रोफेसनल गरी ४ तहमा न्यूनतम तलब निर्धारण गरेको छ । जस अनुसार अदक्ष कामदारको ८० बहाराइन डिनार तथा खानाको २० डिनार र ओमनको ८० ओमनी रियाल तथा खानाको २० रियाल छ । स्थानीय बहराइन डिनार र ओमनी रियालअनुसार प्रस्तावित सबै तहको तलब र खानाको रकम बराबर छ ।
अर्धदक्ष कामदारको तलब १ सय डिनार/रियाल र खानाको २० डिनार/रियाल, दक्षको १ सय २० डिनार/रियाल र खानाको ३० डिनार/रियाल र उच्च दक्षको ५ सय डिनार/रियाल र खानाको ५० डिनार/रियाल दूतावासले सिफारिस गरेको छ । 'नेपालले तलब निर्धारण नगरे पनि हामीले योभन्दा घटीमा अहिले पनि माग प्रमाणीकरण गरेका छैनौं,' पाण्डेले भने, 'जतिसक्दो चाँडो तलब निर्धारण भए सजिलो हुन्थ्यो ।'
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले सरोकार निकायसँग छलफल गरेर साउदी दूतावासले प्रस्ताव गरेर पठाए अनुसार नै मन्त्रालयमा बहराइन र ओमनको न्यूनतम तलब सिफारिस गरिसकेको बताए । श्रम तथा रोजगार मन्त्रीस्तरीय निर्णयबाट पारित भएर नेपाल राजपत्रमा प्रकाशित भएपछि यो कायान्वयनको तहमा पुग्छ ।
'हामीले धेरै पहिल नै तलब निर्धारण हुनुपर्छ भनेर माग गर्दै आएका छौं,' बहराइनस्थित एनआरएन तथा नेपाली क्लबमा महासचिव झम्कप्रसाद सापकोटाले भने ।'

२७ फागुन, काठमाडौं । मलेसियाको केलाङ
मेहरुमा रहेको चर्चित कम्पनी ‘टप ग्लोब’ ले राति बन्दुक देखाएर केही नेपाली
कामदारलाई फिर्ता पठाएको छ । कम्पनीका निजी सुरक्षाकर्मी लगाएर फिर्ता
पठाइएका केही कामदार प्लाष्टिकको थैलोमा कपडा बोकेर कट्टु र सेन्डोमै
काठमाडौं एयरपोर्ट आएको मलेसियाबाट फर्काइएका सिन्धुपाल्चौक हेलम्बुका
तेन्जिङ लामाले अनलाइनखबरलाई बताए ।
‘सुतिरहेका ठाउँमा कम्पनीका पुलिसले
बन्दुक तेस्र्याएर उठाए अनि सिधै एयरपोर्टमा ल्याएर काठमाडौं पठाए ।’
बिहीबार ६ जनाको समूहमा नेपाल फर्काइएका लामाले भने- ‘कति साथीले बैंकमा
रहेको पैसा एटिएमबाट झिक्न पाएनन्, कसैले तलबसमेत पाएनन, हामीलाई चोरलाई
जस्तो व्यवहार गरियो ।’लामाका अनुसार टप : ग्लोब कम्पनीले विहीबार ६ जना,
शुक्रबार १३ जना र शनिबार ४ जना नेपाली कामदारलाई राति नै बल प्रयोग गरेर
नेपाल पठाइसकेको छ । कम्पनीका कार्यरत् अन्य सयौं नेपालीहरुले नेपाल
फर्काइने डरले झोला किनेर सामान पोको पार्न थालेका छन् ।
किन फर्काइयो नेपाल ?
मलेसियाको टप ग्लोब त्यहाँको चर्चित एवं
प्रतिष्ठित कम्पनी हो । २७ वटा फ्याक्ट्री सञ्चालनमा रहेको सो कम्पनीमा
कार्यरत करिब ७ हजार मजदुरमध्ये नेपालीमात्रै करिब ५ हजारको संख्यामा छन् ।
हालै मलेसिया सरकारले मजदुरको न्यूनतम पारिश्रमिक ५ सय ४६ रुपैयाँबाट
बढाएर ९ सय रिंगेट बनाएपछि कम्पनीले पुराना नेपाली कामदारलाई हटाएर सस्तोमा
नयाँ मजदुर ल्याउन त्यसो गरेको पीडितको गुनासो छ । सरकारले तोकेको
पारिश्रमिक र आइतबारको दोब्बर ओभरटाइम दिन कम्पनीले इन्कार गरेपछि गत
आइतबार टप ग्लोबका मजदुरले २४ घण्टा हड्ताल गरेका थिए । सोही हड्तालपछि
कम्पनीले नेपालीहरुलाई राता-रात निकालेको लामाको गुनासो छ । उनका अनुसार
३/४ जना नेपाली कामदारलाई थुनामासमेत राखिएको छ ।
‘तिमीहरुलाई ९ सय रिंगेट दिन्न, बरु
नेपालबाटै नयाँ मजदुर ल्याएर ६ सय ३० मै काम लगाउँछु ।’ कम्पनीको भनाइ उधृत
गर्दै लामाले अनलाइनखबरसँग भने । नयाँ सरकारी नीति लागू भएपछि पहिलो महिना
पूरौ तलब दिएर अर्को महिनादेखि कम्पनीले बढेको तलब खुवाउन आनाकानी गरेको
नेपाली कामदारको गुनासो छ । ‘पहिले २६ दिनको एक महिना मानिन्थ्यो, ४ वटा
आइतबारको ओभरटाइममा दोब्बर पारिश्रमिक दिइन्थ्यो ।’ पीडित लामा भन्छन्-’
अहिले आइतबारको ओटी कटौती गरिएको छ । लेबी, कोठाभाडा र विमा काट्न थालिएको
छ, यसले गर्दा तलब बढे पनि महिनामा थाप्ने तलब खासै बढेको छैन ।’
मलेसियन राजनीतिको मार नेपालीमाथि
‘मलेसियाका रोजगारदाता कम्पनीहरुले
नेपालीलाई यसरी रातारात खेद्नुका पछाडि त्यही न्यूनतम ९ सय रिंगेट तलबकै
विवाद हो ।’-नेपाल फर्केका पीडितको गुनासो छ । नयाँ मजदुर ट्रायलमा राख्दा ६
महिनासम्म न्यूनतम ९ सय दिनु नपर्ने नयाँ कानूनमा उल्लेख भएकाले गर्दा
कम्पनीका मालिकहरु पुराना कर्मचारीलाई जबर्जस्ती हटाएर नयाँलाई ट्रायलमा
राख्ने पक्षमा देखिएका छन् । यसका लागि नेपालमा जति पनि सस्तोमा मजदुर
पाइने उनीहरुको दाबी छ । मलेसियामा नयाँ चुनाव आउन लागेकाले विपक्षीलाई तह
लगाउन र स्वदेशी मजदुरको भोट बढाउन मलेसियन सरकारले तलबवृद्धिको घोषणा
गरेको हो ।
तर, विदेशी मजदुरको हकमा ६ महिना ट्रायलमा
कम तलबमा काम लगाउन सकिने र ३६ वटा कम्पनीले ९ सय तलब नदिए हुने नयाँ
व्यवस्था त्यहाँको सरकारले गरेको छ । पीडितहरुका अनुसार कम्पनीका मालिकहर
अनेकन सुविधा कटौती गरेर ९ सय तलब नदिने नियतमा सक्रिय भएका छन् ।अर्काको
देशमा काम गर्ने भएकाले नेपाली कामदारमाथि परेको अन्यायका विरुद्ध बोलिदिने
निकाय नभएको पीडितहरुको गुनासो छ । अनलाइनखबरसँग लामाले भने- ‘हामीलाई
कम्पनीले यसरी हतियार देखाएर रातारात खेदाउँदा पनि हाम्रो पक्षमा बोलिदिने
कोही छैन ।’
नेपालमा मेनपावरको अर्को ठगी धन्दा
उता मलेसियन सरकारले मजदुरको न्युनतम तलब ६
सय ३० बाट बढाएर एक्कासी ९ सय रिंगेट पुर्याएको घोषणा गर्नासाथ यता
नेपालका मेनवापर कम्पनी र त्यसका एजेन्टहरुले नेपालीहरुलाई ठग्न थालेको
गुनासो केहीले गरेका छन् । ‘मलेसिया पठाउँदा पहिले ८०/९० हजारसम्म लिने
मेनवापरले अहिले सरकारलाई छलेर १ प्रतिव्यक्ति १ लाख ८० हजारसम्म लिन
थालेका छन् । मलेसियामा ९ सय तलव पुग्यो नि भन्दै उनीहरुले युवाहरुबाट बढी
रकम उठाउन थालेको स्रोतले अनलाइनखबरलाई बतायो ।
‘एक त मलेसियन सरकारले तोकेको तलब त्यहाँका कम्पनीले दिन कानेका छैनन्, दोस्रो नेपालबा मेनवपावरले गैरकानूनी तरिकाले दोब्बर रकम उठाउँन थालेका छन् ।’ मलेसियाको टप ग्लोबबाट फर्केका युवाले भने- ‘हामी त पीडित भयौं, अब अरु नेपाली दाजुभाइहरु कसैबाट पनि नठगिउन् र बेलैमा चनाखो बनुन् ।’

नयाँ कामदारले पुरानै तलब पाउने
स्रोतका अनुसार नेपालबाट
टप ग्लोबले नयाँ कामदारहरु लैजान लागेको छ । उनीहरुलाई ९ सय तलव दिनु
नपर्ने भएकाले पुरानालाई जबर्जस्ती हटाएर नयाँ लान लागिएको हो । नेपालका
मेनपावरले ९ सय तलब पाइन्छ भन्दै बढी रकम लिएर कामदार पठाए पनि उनीहरुले
पुरानै स्केलको तलब पाउने पीडितको गुनासो छ ।
२८ फागुन, क्वालालम्पुर । मलेसियाको
मुहारमा रहेको एक फर्निचर कम्पनीमा कार्यरत नेपाली युवालाई बुबाको मृत्युका
बेलासमेत कम्पनीले घर फर्किन नदिएपछि कामदार आन्दोलित बनेका छन् ।
बुबाको मृत्यु भएकाले काज किरियाका लागि
नेपाल जान पाउँ भन्दै ब्यबस्थापनसँग निबेदन दिएपनि कम्पनीले उल्टै दुई हजार
रिंगेट मागेको थियो । त्यतिमात्र हैन, काम गर्दागर्दै हातका चारवटा औंला
गुमाएका अर्का नेपाली श्रमिकलाई इन्सुरेन्सवापतको रकम दिन इन्कार गरेका थिए
।कम्पनीको ज्यादतीबिरुद्ध नेपाली श्रमिकहरु आन्दोलित भएपछि नेपाली
श्रमिकको हितमा काम गरिरहेको जिफण्ट मलेसियाका प्रतिनिधि उद्योगमा पुगी
संचालकसँग वार्ता गरि समस्या समाधान गरेका छन ।
वार्ताका क्रममा कम्पनी संचालकले बुबा
बितेका श्रमिकलाई नेपाल जान दिन सहमत भए इन्सुरेन्सवापतको रकम पनि तत्कालै
दिन सहमती जनाएका थिए । उनले औंला काटिएका श्रमिकलाई १२ हजार रिंगेट
क्षतिपूर्ति दिने वचन दिएको वार्तामा सहभागी बेदकुमार खतिवडाले
अनलाइनखबरलाई बताए ।
अधिकारकर्मी र संचारकर्मीलाई थुनियो
त्यसअघि वार्ताका लागि कम्पनीमा पुगेका
श्रमिक अधिकारका लागि लडिरहेका जिफन्ट मलेसियाका संयोजक वेदकुमार खतिवडा,
जीफण्ट मलेसियाका उपाध्यक्ष राज तामाङ र समाचार संकलनका लागि पुगेका अनलाईन
खवर डटकमका मलेसिया संवाददाता रामचन्द्र नेपाललाई कम्पनी मालिकले प्रहरी
लगाई थुनाएको थियो ।
उनीहरुलाई सुरुमै पुलिस बोलाएर चौकी लगि
थुनिएको थियो । अनुसन्धानका लागि भन्दै करिव ६ घण्टा थुनेपछि प्रहरीले
उनीहरुलाई रिहा गरेको थियो । खानतलासीका क्रममा बेदकुमारसँग अलजजिराले
श्रमिकका दुःख पीरसम्बन्धी बनाएको डकुमेन्ट्रीको सीडी, मलेसिया ट्रेड
युनियन, जिफण्ट, टिम्वर एसोसियसनलगायतसँग सम्बद्धता रहेका कागजपत्र देखेपछि
उनीहरुले अधिकारकर्मिहरुको गलत नियत नभएको भन्दै माफी मागेर छाडिदिएका थिए
।
स्थानीय प्रहरी अधिकारीले कम्पनीसँग
छलफलका लागि आउँदा पहिले आफुलाई खवर गर्नुपर्ने भन्दै आगामी दिनमा पहिले
पुलिसलाई खवर गरि वार्तामा बसे समस्या नहुने आश्वस्त पारेका थिए । उनीहरुले
नेपाली श्रमिकका समस्या समाधान गर्ने प्रयासको प्रसंसा गर्दै रिहा गरेर
पुनः कम्पनीमा पुर्याइदिएका थिए । त्यसलगत्तै कम्पनी संचालकसँग वार्ता
भएको थियो ।
२८ फागुन, पेनाङ । राम्रो कमाई हुने आशामा
१ लाख ३० हजार रुपैयाँ नेपालमा वुझाएर मलेसिया आएका करीव ८५ जना श्रमिकहरु
म्यानपावर र कम्पनीको लार्पवाही सिकार बनेका छन् । तोकिएको कम्पनीमा काम
नभएको भन्दै अर्कै कम्पनीमा पठाइएका उनीहरुलाई त्यो कम्पनीले पनि काम
नदिएपछि अहिले उनीहरु खाली हात बस्न बाध्य छन । ९ महिना बितिसक्दा पनि
कामको टुंगो नहुँदा उनीहरु चिन्तामा छन ।
जेठ १९ गते मलेसिया आएका उनीहरुलाई
केलाङको नोसन भेन्चर कम्पनीमा शुरुमा काममा लगाईएको थियो । तीन महिनासम्म
काम गरेका उनीहरुलाई कम्पनी राम्रोसंग नचलेको भन्दै पेनाङको सेम्व्रानजयामा
रहेको कगा कम्पनीमा लगिएको थियो । पाँच महिना काम गरिसकेपछि हाल उक्त
कम्पनीले पनि काम छैन भन्दै सात दिनदेखि काम नदिएको कारण आफुहरुलाई समस्या
परिरहेको उनीहरुको भनाई छ । कम्पनीले आफुहरुलाई तीन महिनाको लागि मात्र
कन्ट्रयाकमा लिएको भन्दै काम दिन आनाकानी गरिरहेको पीडितहरुले जानकारी
गराएका छन् । आफुहरु जुन कम्पनीमा आएको हो सोहि कम्पनीमा फोन गर्दा
‘तिमिहरु यहाँ आएर पनि राम्रो छैन, वरु त्यतैतिर काम गर’ भन्ने गरेको पिडीत
अर्जुनप्रसाद खनालले बताए ।
नेपालमा आफुहरुलाई पठाउने मेनपावरलाई फोन
गर्दा फोन नउठाउने गरेको उनीहरुको भनाई छ । ९ सय रिँगेट न्यूनतम तलवको
चर्चा चलिरहेको भएपनि काम चलेका बखत आफुहरुले ६ सय ५० रिँगेट भन्दा बढि
कहिल्यै पनि नपाएको उनीहरु वताउँछन । उनीहरु ट्रस्ट ओभरसिज, जापान डिन
ओभरसिज, लालधनुष ओभरसिज लगायतका मेनपावरवाट मलेसिया आएका थिए । पिडीतले
अनलाइनखबरसँग भने- कामको पनि टुंगो छैन, मलेसिया आउँदा लिएको ऋण पनि तिर्न
नसकिने भइयो, म्यानपावरको बदमासीले फसियो ।’ आफुले पठाएका कामदार कामबिहीन
भएर अलपत्र पर्दा पनि म्यानपावर कम्पनीले कुनै रेस्पोन्स नगरेको भन्दै
उनीहरुले त्यस्ता कम्पनीलाई कारवाही गर्न माग गरेका छन ।
कम्पनी र होटलमा काम गर्ने उनीहरूलाई तलब नदिने, कतार बस्न आवश्यक परिचयपत्र नबनाइदिने र घर जान पनि नदिने गरेकाले समस्या ।दोहा ( कतार ), फाल्गुन २७ - नियमित तलब नपाएका ४५ नेपाली कामदार स्वदेश फिर्नबाट समेत वञ्चित भएका छन् । कतार को सनैया, बक्र र मतारकदिमस्थित कम्पनी र होटलमा काम गर्ने उनीहरूलाई तलब नदिने, कतार बस्नका लागि आवश्यक परिचयपत्र नबनाइदिने र घर जान पनि नदिएपछि उनीहरू अलपत्र छन् ।
आरटीसी कम्पनीमा कार्यरत ३५ नेपाली कामदारले चार महिनादेखि तलब पाएका छैनन् । 'हामीलाई चार महिनाको तलब दिइएको छैन,' सिरहाको हेमशंकर पासवानले भने, 'नियमित तलब नदिँदा ऋण र ब्याज तिर्न नसक्दा झन् अप्ठ्यारो परेको
छ । चार महिना पुगेपछि बल्लबल्ल एक महिनाको तलब दिन्छ । ६ सय रियाल -करिब १४ हजार रुपैयाँ) ले के गर्ने ?'
त्यस कम्पनीले उनीहरूको आकाम -परिचयपत्र) समेत बनाइदिने गरेको छैन । त्यसले गर्दा प्रहरीबाट जतिखेर पनि समातिने डरले उनीहरू चिन्तित छन् । घर जान खोज्नेलाई चार/पाँच महिना बित्दा पनि घर पठाइदिने गरेको छैन । 'भोलि पठाइदिन्छु भनेर काम छाड्न लगाउँछ,' महोत्तरीका सञ्जीव शाहले भने भने, 'चार महिना बित्दा पनि घर पठाइदिएन ।'
काम गर्नेक्रममा नसाको रोगबाट खुट्टा टेक्न समस्या भएका शाहले कम्पनीले समयमै उपचार नगरिदिँदा समस्या परेको बताए । 'बेलैमा उपचार गरिदिएको भए मेरो खुट्टाले राम्रोसँग टेक्थ्यो,' उनले भने, 'उपचार नगरेर खुट्टै बिगारिदियो ।' यसबीच होटल सञ्चालकले श्रम शोषण गरेर कुटपिटसमेत गरेर पाँच कामदारलाई निकालिदिएको छ । बक्रको एउटा होटलमा कार्यरत उनीहरूलाई बसोबाससमेत नदिई निकालिदिएको हो ।
कुटपिट गरेर निकालिएकोमा पर्वत ह्वास—२ का किमसन रिजाल, कपिलवस्तुका कलामदिन नाउ, बुटवलका गोपाल पाण्डे, बागलुङका मेधनाथ शर्मा र गाईघाटका धनबहादुर मगर छन् । उनीहरू दुई दिनसम्म मस्जिदमा बास बसेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।
माघ २४ गते आइपुगेका पर्वतका रिजालका अनुसार जोर्डनी मालिकले दिनभर होटलमा काम लगाएर रातको समयमा घरमा लगेर काम लगाउने बताए । 'बिहान ८ देखि राति १२ बजेसम्म होटलको काम गर्नुपथ्र्यो,' उनले भने, 'त्यसपछि घरमा लगेर रातभर काममा लगाउँथ्यो । नमान्दा गालैगालामा पिट्ने गथ्र्यो ।'
अति श्रम शोषण गरेपछि नेपाली कामदारले काम छाडेका हुन् । उनीहरूसँग हाल शरीरमा भएको कपडाबाहेक केही छैन । 'हाम्रो सरसामान सबै होटलमै छ,' बुटवलका गोपाल पाण्डेले भने, 'केही ल्याउन दिइएको छैन ।' दुई महिनाअघि एक लाख १५ हजार रुपैयाँ दलाललाई बुझाएर आएका बागलुङका मौघनाथ शर्माले तलब र सोचेजस्ता काम नहुँदा झन् समस्यामा परेको बताए । 'राम्रो होटल भनेर पठाएको थियो,' उनले भने, 'कचरा होटल परेछ ।'
उनीहरू हाल नेपाली दूतावासले उपलब्ध गराएको सेल्टरमा बसिरहेका छन् । त्यहाँ बसेर श्रम विभागमा होटल मालिकविरुद्ध उजुरी दिएका छन् ।
त्यसैगरी ११ सय बेसिक तलब र दुई सय खाना गरी लाखौं तिरेर कतार को गल्फ क्वालिटी प|mेसफुडमा काम गर्न आएका पाँच जना कामदारले म्यानपावर कम्पनीसँग सम्झौता गरेअनुसार तलब सेवासुविधा पाएका छैनन् ।
काठमाडौंस्थित एसके इन्टरप्राइजेज -लाइसेन्स नम्बर २४०) बाट आएका पाँच जना कामदारले दैनिक १४ घन्टा काम गर्दा पनि सम्झौताभन्दा ५ सय कम तलब दिने कामदारले बताए । 'दिनमा १४ घन्टाभन्दा बढी काम गर्नुपर्छ । ओभरटाइम छैन । आठ सय रियाल मात्रै पाउँछस् भन्छ,' पीडित लमजुङका बलबहादुर परियारले भने, 'काम गर्ने भए यत्तिमा गर, होइन भने जा भन्ने गरेको छ ।'
८० हजारभन्दा बढी बुझाएर यता आई पीडित हुनेहरूमा तनहुँका तुलबहादुर खड्का, लमजुङका बलबहादुर परियार, चितवनका सुवास दराई, स्याङ्जाका कमलबहादुर जेरी र तनहुँका नरबहादुर दराई रहेका छन् । कतार स्थित नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले कामदारका समस्याहरू समाधानका लागि पहल भइरहेको बताए ।
जीन्दगीलाई सुखी र सम्पन्न बनाउने योजना
बनाएर चार महिना अगाडि मात्रै मलेसिया आएका दोलखा जिल्ला च्यामा गाविस- ४
का गणेशवहादुर फुयाँल क्षेत्री अहिले दुबै खुट्टा छिनेको अवस्थामा
मलेसिायस्थित एक अस्पतालको शैय्यामा पल्टेर आफ्नो कहालीलाग्दो बाँकी
जीवनबारे सोचिरहेका छन् ।
पुत्राजया अस्पतालको बेड न २२ मा दुबै
खुट्टा गुमाएर ओछ्यान परेका गणेशले भने- ‘के गर्नु, उसले पनि जानेर गरेको
हैन, मेरो कर्म त्यस्तै रै’छ कसलाई के दोष दिनु ?’ आफ्ना दुबै खुट्टा
गुमाएर पनि कसैलाई दोष नदिने विचित्रको अवस्थामा छन् गणेश यतिबेला ।
आठ कक्षामा पढ्दा बुबा बितेपछि परिवारको
जिम्मेवारी सम्हाल्न पुगेका गणेश परिवारलाई सम्पन्न बनाउने सपना साँचेर
केही वर्ष अगाडि मलेसियाको पेनाङमा आएका हुन् । शुरुमा उनको काम राम्रै
थियो । मलेसियामा कमाएको पैसाले उनले गाउँमै खुद्रा पसल पनि थापे, उद्यमी
बन्नु पर्छ भनेर कुखुरा फार्म पनि खोले ।
नेपालको परिस्थितिले उनलाई उद्यमी बनिरहन
दिएन । दिनदिनै भइरहने आन्दोलन र बन्दले गर्दा उनले पालेका कुखुरा दानासमेत
खान नपाएर मर्न थाले । लाखौं रुपैयाँ घाटा भएपछि उनी उद्यमी बन्ने सपना
बीचैमा त्यागेर विदेशतिर हानिने निश्कर्षमा पुगे ।
मनमा जोश र जाँगर भएर पनि आर्थिक अवस्था
कमजोर भएकाले जति नै संघर्ष गर्दा पनि सफलता भन्ने चिज उनको पोल्टामा
कहिल्यै परेन । फलस्वरुप उनी चार महिना अगाडि मात्रै काठमाण्डौमा रहेको
डिस्टिनेशन मेनपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर मलेसिया आई पुचोङमा
रहेको बसका पार्टपूर्जा निर्माण गर्ने कम्पनीमा काम गर्न थाले । नेपालमा
मेन पावरले भनेजस्तो त कहाँ हुन्थ्यो र ? तै पनि उनले सन्तोष मानेर काम
गरिरहे ।
तर, डिसेम्बर १० तारिखका दिन उनको जीवनमा
ठूलो बज्रपात भयो । करिव १० बजेतिर उनका बंगालादेशी साथी फोकलिपमा सामान
राखेर कतै लैजाँदै थिए । उनले पनि त्यसैमा लिफ्ट लिएर जाने बिचार गरे । तर,
त्यसमा बस्दाबस्दै चलिरहेको फोकलिप ब्याक भयो र उनका दुबै खुट्टा च्यापिए ।
‘म जोडले चिच्याएँ, साथीहरु दौडिँदै आउनुभयो । बोसलाई खबर गरेपछि मलाई
अस्पताल लगिएछ’ गणेशले घटनाक्रम सुनाए-’ जतिबेला म होसमा आएँ, त्यतिबेला
मेरा दुबै खुट्टा घुँडाबाटै काटिसकिएका रहेछन् ।’
उपचारका लागि कम्पनीले राम्रै सहयोग गरेको
भए पनि सधैं उनलाई परिवारको चिन्ताले सताउन थालेको छ । ‘कम्पनीले तिमीलाई
सहयोग गर्छ, चिन्ता नलेउ भनेको छ ।’ गणेशले भने-’तर मन त कहाँ मान्दोरहेछ र
।’ अस्पतालको शैय्यामा बसेर तीन छोरी, एक छोरा, श्रीमती र घरपरिवारलाई
सम्झँदै उनले भने ।
सपाङग र सकुशल शीरर लिएर विदेशिएका गणेश
अब अपाङ्ग शरीर लिएर नेपाल र्फकनेछन् । राज्यले विदेशमा अपाङ भएकाहरुलाई
स्वदेश फर्किएपछि केही उद्यम गर्नका लागि विनाधितो सहयोग गर्नुपर्ने उनको
धारणा छ । सधैं साथीभाइहरुको भलो चिताउने सहयोगी गणेश अहिले अस्पतालबाटै
यस्तो सहयोगको अपेक्षा गरिरहेका छन् ।
काठमाण्डौ । नियमित चलिरहेको कम्पनी
एकाएक वन्द गरेर मालिक सम्पर्कविहिन भएपछि मलेसियामा पाँच नेपाली
श्रमिकहरुको डेढ महिनादेखि सडकको वास भएको छ ।
राजधानी क्वालालम्पुरवाट करीव एक घण्टा
टाढा पर्ने काजाङको फुनौं म्यानफयाक्चरिङ कम्पनीका मालिक कम्पनी छाडेर
सम्पर्कविहिन भएपछि नेपाली श्रमिकहरुको विचल्ली भएको हो । कुवाकोट ६
स्याङजाका विष्णु भण्डारी, हतपते ५ सिन्धुलीका ठेटराज सुवेदी, फुलवारीया ७
सिराहाका चक्रवहादुर मगर, कमलामाई ९ सिन्धुलीका मेखवहादुर श्रेष्ठ र
खौरयानी-६ सिराहाका विशेश्वर यादव अलपत्र परेका छन ।
फेवु्रवरी तीन तारिखदेखि पन्ध्र दिनलाई
विदा भनेर सवैको हातमा पासपोर्ट थमाएर हिँडेका कम्पनीका साहु डेढ महिना
वितिसक्दा पनि कम्पनीमा नर्फकेपछि उनीहरुको विचल्ली शुरु भएको हो ।
सात जना नेपालीहरु मात्रै कार्यरत रहेको
सोफा वन्ने उक्त कम्पनीमा एक श्रमिक नेपाल विदामा गएका छन भने अन्य एक जना
कम्पनी छाडेर भागेपछि पाँच जना मात्रै रहेको विष्णु भण्डारीले अनलाईन
खवरलाई वताए । मेघ, विष्णु र ठेटराजको भिषाको अवधि डिसेम्वर १४ तारिखसम्म
रहेको छ भने विशेश्वर यादवको भिषा अवधि अक्टोवर १८ तारिखमा सकिएको छ । तर
उनलाई भिषा थपको लागि पहल भैरहेको भन्दै पासपोर्टसहित कम्पनीले इमिगेसनलाई
लेखेको पत्र समेत थमाईदिएको छ ।
डेढ महिनासम्म काम नगरी कम्पनीको होस्टलमा
साहुको वाटो हेरेर वस्यौँ । साहु आउने छाँटकाँट नदेखेपछि आफुहरु नेपाली
दुतावासको शरणमा पुग्यौं’-पिडित ठेटराजले भने । ‘कम्पनीमा ताला लागेको छ
भने होस्टलमा पनि वत्ती, पानी लगायतका सुबिधा काटिएको छ, यस्तो अवस्थामा
कसरी वस्न सकिन्छ र ?’ अर्का पिडित चक्रवहादुरले दुखेसो पोखे ।
नेपाली दुतावासका दिद्धिय सचिव चमेलीदेवि
पोखरेलले सामान्यतयाः कम्पनी वन्द भएपछि साहुले श्रमिकहरुलाई पासपोर्ट
नदिने गरेको भएपनि पासपोर्ट थमाएर भागेको घटना आफ्नो कार्यकालमा पहिलोपटक
आएको बताउनुभयो । घटनाबारे बुझिरहेको र श्रमिकहरुको हकमा सक्दो सहयोग गर्ने
बताउनु भयो ।
डेढ महिनासम्म खाएर वस्दा पहिले कमाएको
सवै पैसा सकिएको र अब बिहान बेलुकी खाने उपाय पनि नभएको उनीहरुले बताए ।
कम्पनीले भाडामा लिएर राखेको होस्टलमासमेत अर्को मालिक आएर आफुहरुलाई ठाउँ
छाडन अनुरोध गरेपछि साथीहरुको होस्टलमा वस्न थालेका छन् । हाल उनीहरुले
मलेसियामा रहेको विभिन्न संघ संस्थाहरुलाई आफुहरुलाई सहयोग गरिदिन आग्रह
गरेका छन । यसैक्रममा वुधवार दिउँसो क्वालालम्पुरमा रहेको प्रगतिशिल
प्रवासि श्रमिक मञ्चमासमेत सहयोग गरिदिनको लागि उनीहरुले निवेदन दिएका छन ।
केयर गिभर कामदार सुचारु गर्ने सम्बन्धमा इजरायल पुगी गत साता फर्केको नेपाली उच्चस्तरीय भ्रमण टोलीसँग त्यहाँका प्रतिनिधिले लेनदेनको अवैधानिक बाटो बन्द गर्न आग्रह गरेका हुन्।
श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको नेतृत्वमा गएको नेपाली टोलीमा मन्त्रालयकै सहसचिव विनोद केसी, वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई, मन्त्रिपरिषद कार्यालयका शाखा अधिकृत जगदीश नेपाली थिए। कामदार पठाउने कार्य सुचारु गर्न छलफल गर्न गएको टोलीमा इजरायलका लागि नेपाली राजदूत प्रह्लाद प्रसार्इं र उपनियोग प्रमुख रमेशप्रसाद खनाल पनि सहभागी भएका थिए।
'उनीहरूले एउटै कुरामा जोड दिए- कामदार पठाउँदा नेपाल र इजरायलका एजेन्टबीच हुने लेनदेनको अवैधानिक बाटो बन्द नगरेसम्म कामदार ल्याउने कार्यलाई सुचारु गर्न सकिँदैन,' छलफलमा इजरायली पक्षले राखेको भनाइ सहभागी एक सदस्यले बताए, 'यो अवैधानिक बाटो बन्द नभएसम्म कामदार ल्याउन सकिँदैन।'
आर्थिक वर्ष २०५७/५८ बाट वैधानिक रूपमा नेपाली कामदार केयर गिभरका रूपमा इजरायल जान थालेका हुन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई आर्थिक वर्ष २०६८/६९ सम्म ७ हजार २ सय ६१ जना इजरायल गइसकेका छन्। यो आर्थिक वर्ष सुरु भएयता श्रम स्वीकृति लिई इजरायल जानेको संख्या मात्र एक छ।
अन्य देशको तुलनामा इजरायलले नेपाली कामदारलाई राम्रो सेवा सुविधा दिँदै आएको थियो। सेवासुविधाकै कारण
इजरायल जाने नेपाली कामदारको संख्या ह्वात्तै बढेको थियो। तर सन् २००९ को अन्ततिर मुख्य तीन कारण देखाउँदै केयर गिभरको रूपमा नेपाली कामदारलाई इजरायलले रोजगारको ढोका बन्द गरेको थियो। सन् २०११ को मध्यमा बन्द ढोका पुनः खोले पनि इजरायलले यो अवधिमा एक सय भिसा मात्र पठाएको छ। भिसा नपठाउनुको कारण पुरानै हुन्।
दुई देशका एजेन्टबीचको अवैधानिक आर्थिक लेनदेनलाई इजरायलले भिसा नपठाउनुको पहिलो कारण बताउँदै आएको छ। नेपाल सरकारले इजरायल पठाउँदा एउटा कामदारबाट म्यानपावरले बढीमा ७० हजारसम्म उठाउन पाउने नियम बनाए पनि उनीहरूले १० हजार अमेरिकी डलर (करिब ८ लाख ७० हजार रुपैयाँ) उठाउने गरेको भनाइ इजरायलको छ। तोकिएभन्दा बढी उठाइएको रकम दुई देशका एजेन्टले बाँडेर लिने गरेको बुझाइ इजरायलको छ। एजेन्टबीच आर्थिक लेनदेन हुन्डीमार्फत् अवैधानिक तरिकाले हुने उसले जनाउँदै आएको छ।
नेपालका म्यानपावर कम्पनीले अदक्ष कामदार केयर गिभरको रूपमा पठाएको इजरायलको दोस्रो आरोप छ। केयर गिभरको रूपमा आउने कामदारले इजरायलमा बोलिने हिब्रु भाषाको सामान्य ज्ञान र त्यहाँको सामाजिक जीवन बुझेको हुनुपर्ने भनाइ उनीहरूको छ। तर, नेपालबाट जाने केयर गिभरलाई यसबारे कुनै प्रशिक्षण नदिइने इजरायलले बताउँदै आएको छ।
तेस्रो समस्या ओभर स्टे (भिसा सकिएपछि पनि बस्ने) गर्ने र इजरायललाई ट्रान्जिटको रूपमा प्रयोग गर्नेलाई लिएको छ। एक पटक गएका केयर गिभर भिसा सकिएपछि पनि स्वदेश नफर्की त्यहीं लुकिछिपी काम गर्दा समस्या देखिएको हो। अझ केयर गिभरका रूपमा इजरायल पुगेकाहरू मौका छोपी त्यहाँबाट अमेरिका, क्यानडा गइदिँदा नचाहिँदो उल्झन व्यहोर्नुपरेको भनाइ इजरायली पक्षको छ।
'मुख्य तीन कारण देखाई इजरायलले केयर गिभरको लागि दिँदै आएको भिसा रोकेको छ,' छलफलमा सहभागी ती सदस्यले भने, 'इजरायलले सबैभन्दा ठूलो समस्या एजेन्टबीच हुने अवैधानिक आर्थिक कारोबारलाई लिँदै आएको छ। यो अवैध कारोबार नरोकिएसम्म केयर गिभरका लागि नेपालमा भिसा पठाउन नसकिने अडान लिएको छ।'
इजरायलले अडान नछाडेपछि छलफल गर्न गएको नेपाली उच्चस्तरीय टोलीले केयर गिभर पठाउने कार्य सुचारु गर्न सबै विकल्प खुला राखेको जनाएको थियो। संस्थागत रूपमा केयर गिभर पठाउँदा एजेन्टबीच अवैध आर्थिक कारोबार हुने सम्भावना रहने हुँदा सरकारी स्तरमा कामदार पठाउन सकिने विकल्प नेपाली पक्षले राखेको थियो। इपिएसमार्फत् कोरिया कामदार पठाएझैं नेपाली पक्षले दुई देशको सरकारस्तरबाट कामदार पठाउन सकिने विकल्प इजरायलसमक्ष राखेको थियो। 'इजरायली पक्ष हाम्रो प्रस्तावमा सकारात्मक छन्,' ती सदस्यले भने।
इजरायली पक्षसँग छलफल गर्नुअघि त्यहाँ रहेका नेपाली कामदार तथा समुदायसँग उच्चस्तरीय टोलीले सुझाव लिने काम गरेको थियो। उनीहरूले कामदार लैजाने कार्य शीघ्र सुचारु गर्न सरकारले उच्च पहल गर्नुपर्ने र न्युन लागतमा कामदारलाई इजरायलमा रोजगारको अवसर उपलब्ध गराउन आग्रह गरेका थिए। अन्तर सरकारी प्रक्रियाबाट भए पनि कामदार पठाउने कार्य सुचारु गर्न नेपाली समुदायले सुझाव दिएको थियो।
राहदानी जम्मा नगर
काठमाडौं - वैदेशिक रोजगार विभागले इजरायल पठाउन भनी कामदारसँग राहदानी
संकलन नगर्न म्यानपावर कम्पनीहरूलाई आग्रह गरेको छ। विभागले एक विज्ञप्ति
जारी गर्दै इजरायल पठाउन भनि कसैसँग पनि रकम संकलन नगर्न तथा नबुझाउन भनेको
छ। इजरायल वैदेशिक रोजगारका लागि इजाजतप्राप्त मुलुक भए पनि कामदार पठाउने
सम्बन्धमा दुई देशको सरकारबीच छलफल भइरहेको हुँदा अर्को सूचना प्रकाशन
नहुन्जेलसम्म यस्तो कार्य नगर्न विभागले आग्रह गरेको छ।
'कामदार पठाउने विषयमा नेपाल र इजरायल सरकारबीच सम्बन्धित तहमा छलफल भइरहेको छ,' विज्ञप्तिमा छ, 'विभागको आधिकारिक सूचना जारी नभएसम्म कुनै पनि इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्था तथा प्रतिनिधिहरूबाट इजरायलका लागि राहदानी जम्मा गर्ने, रकम संकलन गर्ने, रकम बुझाउने लगायत कुनै पनि गतिविधि नगर्न तथा नगराउन जानकारी गराइन्छ।'

दूतावासमा गुनासोको ओइरो, श्रम मन्त्रायलसँग वार्ताको तयारी
२१ फागुन, क्वालालम्पुर । बिदेशी
श्रमिकलाई पनि मासिक ९ सय रिंगेट तलव दिने भन्ने खवरसँगै खुसी भएका नेपाली
श्रमिकको खुसी एक महिनाभित्रै चकनाचुर भएको छ । तलव बृद्धिको घोषणासँगै
मलेसिया सरकारले अन्य बिबादास्पद निर्णय गरिदिंदा अहिले मलेसियाका श्रमिक
तलव बढ्नुको सट्टा पहिलेभन्दा कम पैसा पाउन थालेका छन् । ‘धेरै नेपाली
दाजुभाईहरुले पहिलेको भन्दा कम पैसा पाउन थालेको गुनासो गर्न थाल्नुभएको छ’
मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले अनलाइनखवरसँग
भन्नुभयो-’बरु पहिले नै ठिक थियो भन्ने स्थीतिमा उहाँहरु पुग्नुभएको छ ।’
पहिले मासिक ५ सय ४६ न्यूनतम तलव भएपनि ओभरटाइमका कारण मासिक औसत एक हजार
रिंगेटजति कमाउने नेपालीहरुको कमाई अहिले सात आठ सय पनि पुग्न मुस्किल हुन
थालेको छ ।
‘पहिलो कुरा सवै बिदेशी श्रमिकलाई न्यूनतम तलव दिने भन्ने निर्णयमै
थुप्रै सहुलियत दिएर रोजगारदातालाई सजिलो बनाइएको छ । बिदेशी श्रमिकका हकमा
न्यूनतम तलव दिन नसक्ने भए कारणसहित निबेदन दिनु भनेको छ, कारण दिन कुनै
कठिनाई छैन, त्यसैले अधिकांस रोजगारदाता न्यूनतम तलव नदिन प्रेरित भए’
भट्टराईले भन्नुभयो-’परिक्षणकालमा ३० प्रतिशत कम तलव तिर्नुपर्ने नियम नै
बनाइदिएपछि अर्को समस्या आएको छ ।’ यसरी परिक्षण कालमा रहने बिदेशी
कामदारले औसत ६ सय रिगेट तलव पाउँछन, त्यसमाथि औसत डेढ सय रिंगेट लेभी
काट्दा उनीहरुसँग साढे चार सय रिंगेट पनि बच्न कठिन हुन्छ । ‘कतिपय
कम्पनीले होष्टल, गाडी भाडा र पानीको पैसा पनि काट्ने भन्न थालेका कारण
धेरै समस्या आइरहेको छ’ भट्टराईले भन्नुभयो ।
गुनासै गुनासो
न्यूनतम तलव र लेभीको कार्यन्वयनबाट धेरै समस्या आएपछि त्यसको चाप दूतावासमा पनि परिरहेको छ । अहिले दैनिकजसो बिभिन्न कम्पनीका कामदारले आफुहरुले भने बमोजिम तलव नपाएको, लेभी बढि काटिएको, होष्टलको पैसा पनि माग्न थालेको र आम्दानी घटेको भन्दै दूतावासमा मौखिक र लिलित उजुरी गरिरहेका छन् । ‘गुनासोको संख्या ह्वात्तै बढ्यो’ राजदूत भट्टराईले भन्नुभयो- हामीले सकेसम्म समाधान गर्ने प्रयत्न गरेका छौं तर मलेसिया सरकारले नीतिगतरुपमै अस्पष्ट निर्णय गरेकाले हामी पनि अप्ठेरोमा परेका छौं ।तलव नपाएको भन्दै कतिपय कम्पनीमा आन्दोलन गर्ने क्रम पनि बढेको जानकारी दिंदै राजदूत भट्टराईले भन्नुभयो- हामीले शान्तिपूर्णरुपमा समस्या समाधानका लागि पहल गरिरहेका छौ, मलेसियामा हड्ताल गर्नु गैरकानुनी भएकाले त्यसो नगर्न सम्झाइरहेका छौं ।’

दबाब दिने तयारी
यसैवीच मलेसिया सरकारले गरेका अष्पष्ट निर्णयका कारण आफ्नो मुलुकका श्रमिकहरुले दुःख पाएको भन्दै नेपाली दूतावासले मलेसिया सरकारसँग औपचारिक वार्ताको पहल गरेको छ । उनीहरुको निर्णयबाट परेको अप्ठेरोबारे हामीले बुँदा छलफलका लागि तयारी गरेका छौं- भट्टराईले भन्नुभयो- श्रम मन्त्रालयसँग समय लिने प्रयास भइरहेको छ, केही दिनमै हामी औपचारिक छलफल गछौं ।’ मलेसियामा कामदार आपूर्ति गर्ने स्रोत मूलुकहरुका मिसन प्रमुखहरुवीच पनि छलफलको तयारी भएको र सामूहिकरुपमा मलेसिया सरकारसँग कुरा गर्ने योजनासमेत बनाइएको भट्टराईले बताउनुभयो ।मलेसियामा केही महिनाभित्र आम चुनावको तयारी भइरहेकाले पनि यी समस्या तत्काल समाधान हुने सम्भावना भने कम रहेको भट्टराईले बताउनुभयो । ‘स्थानीय कामदारलाई जसरी पनि न्यूनतम तलव दिनैपर्ने बनाएको छ, बिदेशीका हकमा दोहोरो अर्थ लाग्ने निर्णय भएका छन, उनीहरुको भोट बैंक स्थानीय कामदार भएकाले तत्कालै हाम्रो समस्या सुनिदेलान भन्ने देखिन्न ।’ भट्टराईले भन्नुभयो । मलेसियामा आम्दानी झन घटिरहेको बास्तविकता भएपनि म्यानपावर कम्पनीहरुले मलेसियामा तलव बढ्यो भन्दै धेरै पैसा उठाइरहेको सुन्नमा आएको भन्दै राजदूत भट्टराईले मलेसियाको वास्तविकता बुझेरमात्र आउन आग्रह गर्नुभयो ।

तलव वृद्धिसंगै मलेसियामा श्रमिकहरुलाई समस्या थपिए
मलेसियामा नेपाली श्रमिकहरुको तलव वृद्धि
भएसंगै विभिन्न समस्याहरु थपिएको मलेसियामा कार्यरत मानवअधिकारवादी संस्था
तानागानिताले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा.आईरिन फर्नाल्डेजले
विदेशी कामदारहरुलाई मलेसिया सरकारले हेर्ने दृष्टिकोण समान नभएकाले यस्तो
अवस्था आएको वताउनु भयो ।प्रगतिशिल प्रवासि श्रमिक मञ्चले मलेसियाले
वातुपहातमा आइतवार आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा डा फर्नाल्डेजले
भन्नुभयो,’विदेशी श्रमिकहरुलाई लेवि लिनु एकदमै नाजायज छ । यसलाई तत्काल
सच्याउनु पर्छ । मलेसिया वनाउन विदेशि श्रमिकहरुले निकै ठुलो परिश्रम गरेका
छन् । उनीहरुलाई हामीले सोहि अनुसारले वुझनु पर्छ ।’ उहाँले श्रमिकहरुको
समस्यालाई वेलैमा सरकारले वुझन नसके त्यसले गम्भीर अवस्था निम्त्याउन सक्ने
वताउनुभयो ।
कार्यक्रममा प्रगतिशिल प्रवाशि श्रमिक
मञ्च मलेसियाका महासचिव प्रेम पाण्डे, पत्रकार रामचन्द्र नेपाल,सुवास
कार्की, गेापाल कोइराला, ग्लोरिन, रहिमालगायतकाले नेपाली श्रमिकका
समस्याहरुको वारेमा प्रकाश पार्नुभएको थियो । प्रगतिशिल प्रवासि श्रमिक
मञ्च वातुपहातका अध्यक्ष अर्जुन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा
सयौँ नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो ।
२१ फागुन, क्वालालम्पुर । मलेसियामा
नेपाली श्रमिकहरुको तलव वृद्धि भएसंगै विभिन्न समस्याहरु थपिएको मलेसियामा
कार्यरत मानवअधिकारवादी संस्था तानागानिताले जनाएको छ । संस्थाका संस्थापक
अध्यक्ष डा.आईरिन फर्नाल्डेजले विदेशी कामदारहरुलाई मलेसिया सरकारले हेर्ने
दृष्टिकोण समान नभएकाले यस्तो अवस्था आएको वताउनु भयो ।
प्रगतिशिल प्रवासि श्रमिक मञ्चले
मलेसियाले वातुपहातमा आइतवार आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा डा
फर्नाल्डेजले भन्नुभयो,’विदेशी श्रमिकहरुलाई लेवि लिनु एकदमै नाजायज छ ।
यसलाई तत्काल सच्याउनु पर्छ । मलेसिया वनाउन विदेशि श्रमिकहरुले निकै ठुलो
परिश्रम गरेका छन् । उनीहरुलाई हामीले सोहि अनुसारले वुझनु पर्छ ।’ उहाँले
श्रमिकहरुको समस्यालाई वेलैमा सरकारले वुझन नसके त्यसले गम्भीर अवस्था
निम्त्याउन सक्ने वताउनुभयो ।
कार्यक्रममा प्रगतिशिल प्रवाशि श्रमिक
मञ्च मलेसियाका महासचिव प्रेम पाण्डे, पत्रकार रामचन्द्र नेपाल,सुवास
कार्की, गेापाल कोइराला, ग्लोरिन, रहिमालगायतकाले नेपाली श्रमिकका
समस्याहरुको वारेमा प्रकाश पार्नुभएको थियो । प्रगतिशिल प्रवासि श्रमिक
मञ्च वातुपहातका अध्यक्ष अर्जुन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा
सयौँ नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो ।
दोहा (कतार), फाल्गुन २० -
साउदी अरबस्थित नेपाली दूतावासले सात वर्षसम्म परिवारसँग सम्पर्कविहीन भएर
घर फिर्न वञ्चित एक घरेलु महिला कामदार (हाउसेड) लाई उद्धार गरेको छ ।
साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार झन्डै ३५ वर्ष कटेकी चित्रमाया घिमिरेलाई पाउनुपर्ने तलब दिलाई उद्धार गरिएको हो । साउदीमा परिवारको सम्पर्कमा नरहेका महिलाको संख्या बढी नै रहेको दूतावासको भनाइ छ । 'उनी सात वर्षदेखि परिवारको सम्पर्कमा थिइनन् । परिवारले खोजीका लागि निवेदन दिएको थियो,' उनले भने, 'स्पोन्सर पत्ता लगाएर उनी बस्दै आएको घर पुगेर उद्धार गरिएको हो ।'
राजदूत पाण्डेले घिमिरेले आएदेखि मालिकबाट तलबसमेत नपाएको बताए । 'उनले सात वर्षको तलब ३५ हजार रियाल पाउन बाूकी देखियो,' उनले भने, 'स्पोन्सरलाई त्यो पैसा दिलाउन लगाइयो ।'
तीन बच्चाकी आमा घिमिरेले प्राप्त रकम स्वदेश पठाइसकेकी छन् । 'आफूले पाउनुपर्ने तलब पाएपछि खुसी हुूदै घिमिरे स्वदेश गएकी छन्,' राजदूत पाण्डेले भने । घिमिरे भारत हुूदै साउदी पुगेका थिइन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पाण्डेले बताए ।
दूतावासले रियादबाट झन्डै १८ सय किमि टाढा रहेकी गंगा बराललाई पनि उद्धार गरी स्वदेश पठाएको छ । इरानको बोर्डर नजिक रहेको जिजानमा रहेकी बराललाई उद्धार गर्न निकै कठिनाइ परेको थियो । बराललाई घरमालिक्नीले यातना दिूदै आएकी थिइन् ।
'उनलाई उद्धार गरेर रियाद ल्याउन मात्रै ६० हजार रुपैयाू खर्च भएको छ,' राजदूत पाण्डेले भने, 'हामीले स्पोन्सर पत्ता लगायौं । उनी त्यस घरबाट निस्केर हस्पिटलमा काम गर्ने नेपाली महिलाहरूको सम्पर्कमा गएर बसिन् । त्यहाूबाट उनीलाई लिएर दूतावास ल्याइएको हो ।'

धेरैको दुर्घटनामा मृत्यु, केहीद्वारा आत्महत्या
१८
फागुन, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको मृत्युको समाचार नयाँ र
अनौठो होइन । हरेक दिनजसो कम्तिमा एक नेपालीको ज्यान जाने गरेको मलेसियामा
गत हप्तामात्रै पाँचजनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार विगत १०
वर्षयता मलेसियामा २ हजार ४५ जना नेपालीले ज्यान गुमाइसकेका छन् । मृत्यु
हुने सबैको कथा-व्यथा उस्तै छ, कोही कम्पनीमा काम गर्दागर्दै त कसैको
अस्पतालमा उपचारका क्रममा मृत्यु हुने गरेको छ । केही नेपालीले आत्महत्या
समेत गरेका छन् । मलेसियाबाट प्रकाशित हुने द सन दैनिक पत्रिकाले नेपाली
दुतावासलाई उद्धृत गर्दै जनाएअनुसार सन् २००३ देखि गत वर्ष सम्म २ हजार ४५
जना नेपालीको मृत्युभएको उल्लेख गरेको छ ।
क्वालालम्पुरवाट नजिकै रहेको केलाङको एक
कम्पनीमा कार्यरत खोटाङका २३ वर्षीय सिगराज राईको यसैसाता केलाङ अस्पतालमा
उपचारका क्रममा ज्यान गएको छ । अवैधानिक रहेर काम गरिरहेका उनी विरामी
परेपछि साथीहरुको सहयोगमा अस्पताल भर्ना भएका थिए । एक वर्ष अगाडि मलेसिया
आएका उनी अवैधानिक रुपमा काम गरिरहेका थिए । हाल उनको शव पोसमार्टका लागि
केलाङ अस्पतालमै राखिएको छ । अवैधानिक रहेका कारण शव नेपाल पठाउन समस्या
परेकेा युवक तामाङले अनलाइनखवरलाई जानकारी गराए ।
त्यस्तै पेनाङमा रेलको पटरीमा अर्का एक
नेपालीले आत्महत्या गरेका छन् । फेवु्रवरी २४ तारिखका दिन उनले आत्महत्या
गरेको मलेसियाको सञ्चार माध्यमहरुले जनाएका छन । जोड गतिले आइरहेको रेलको
लिकमा उनी जादा रेलले किचेको बताइएको छ । मृतकको सनाखत हुन नसके पनि उनका
साथमा नेपाली भाषामा लेखिएको कागज भेटिएकाले उनी नेपाली रहेको खुलेको हो ।
उनको टाउको किचिएकाले भएकाले पहिचान हुन नसकेको स्रोतहरुले जनाएका छन् ।
केही नेपालीहरु आफ्ना कोही साथी पो परे कि भनेर खोजिनीति गरिरहेका छन् ।
हाल उनको शव पोसमार्टमका लागि पेनाङ अस्पतालमा राखिएको छ ।
यसैगरी पुलाउ पेनाङको सुगाइवेकापमा रहेको
सिङ सोग कम्पनीमा कार्यरत नवलपरासी अन्दाजी १८ वर्षका प्रदीप कुर्मीले
झुण्डिएर आत्महत्या गरेका छन् । आफुलाई कम्पनीमा काममा लगाउने वंगलादेशी
सुपरभाइजरले निकै नै दुख दिने गरेका कारण उनले आत्महत्या गरेको अनुमान
गरिएको छ । त्यस्तै क्वालालम्पुर भन्दा करीव चारघण्टा टाढा पर्ने टाइपिनमा
पनि एक नेपालीको ज्यान गएको छ । पर्सा जिल्ला सुनवास वैरिया गाविस वडा न ७
घर भएका २१ व्ाषर्ीय सुरज माझीको उपचारका क्रममा ज्यान गएको हो । पाचँ
महिना अगाडि मात्रै रोजगारीका लागि मलेसियाको टाईपिन सिम्पाङमा रहेको
कम्र्फोट रबर ग्लोव कम्पनीमा कार्यरत सुरेश केसीले घटनाबारे अनलाइनखबरलाई
जानकारी गराएका छन् ।
क्वालालम्पुरमा मंगलवार अर्का एक नेपालीको
ज्यान गएको छ । सानेपा घर भई मलेसियाको एक रेमिटान्स कम्पनीमा कार्यरत
रोशन श्रेष्ठको उपचारका क्रममा ज्यान गएको हो । सामान्य विरामी भएका
श्रेष्ठ उपचारका लागि आफैं अस्पताल पुगेका थिए । अस्पतालमा उपचार भैरहेको
अवस्थामा उनको ज्यान गएको हो ।