इलामको मङ्गलबारे–६ याक्सीमा एक किसानले पालेको एउटा गाईले नौ वर्षदेखि निरन्तर रूपमा दूध दिइरहेको छ भन्दा पत्याउन गाह्रो पर्ला तर यो कुरा साँचो हो ।
इलाममा एक किसानको गाइले नौ बर्ष देखि अटुट दुध दिएपछि
याक्सीका बालकृष्ण आचार्यले पालेको गाईले विसं २०६० जेठ २३ गते व्याएदेखि निरन्तर रूपमा दूध दिइरहेको हो । नौ वर्षसम्म निरन्तर दूध दिइरहेपछि आचार्य चकित पर्नुभएको छ । गाई हेर्न दिनहुँ आउनेको भीड लाग्छ’ आचार्य भत्रुहुन्छ, “गाईलाई मनग्ये चाकर पु¥याउँदा दैनिक सात लिटरसम्म दूध दिन्छ ।”
विसं २०५६ मा आफन्तकै बाट १४ हजारमा किनेर ल्याएको सो गाईको दूध मङ्गलबारे बजारमा प्रतिलिटर रु १० देखि बिक्री गर्न थालेको सम्झदै आचार्य भत्रुहुन्छ ‘अहिले दूधको मूल्य पनि बढेर २६ भइसक्यो तर पनि गाईले दूध दिइरहेको छ ।’यही गाईको दूध बेचेर अहिलेसम्म तीन लाखभन्दा बढी आम्दानी गरिसकेको बताउँदै आचार्य भत्रुहुन्छ ‘यो गाईको गुणले बिक्री गर्नै सकिएन ।’जेटिएक कृष्णप्रसाद भट्टराई भत्रुहुन्छ ‘वंशाणुगत प्रभावका कारण केहीले यसरी लामो समयसम्म निरन्तर दूध दिने गर्छन् ।’ आचार्य परिवारले गाईलाई अरूले जस्तै अम्लिसो, गोगुन, बा“सका घा“स र खोले मात्र दिने गरेको बताउ“छन् । रासस

0 comments
Write Down Your Responses