स्वास्थ्य, सुन्दरता र सकारात्मक सोच
आज सुन्दर देखिनु रुचि मात्र नभएर आवश्यकता नै बन्न पुगेको छ । प्रतिस्पर्धात्मक परिवेशले यसलाईर् अझ प्रश्रय दिएको छ । समयसँगै सुन्दरताको मापदण्ड पनि परिवर्तन हुँदै गएको छ । आज हेयर कलरिङदेखि नेलपालिसलाईर् स्टाइलिस लुक दिन पनि महिलाहरू ब्युटिपार्लर पुग्छन् । भागदौडको जीवनमा कसैसित फुर्सद छैन, तथापि आफ्नो सौन्दर्यप्रति सजग हुनेहरू यसका लागि समय निकालिरहेका छन् । उदाहरणका लागि कामकाजी महिलाहरू बिनावेक्सिङ अफिस जान रुचाउँदैनन् । म्याचिङ ड्रेसअप, नेलपालिस, एसेसरिज एवं फुटवेयर आजको आवश्यकता भैसकेको छ । कलेज जाने युवतीहरूमा वेक्सिङ, थ्रेडिङ एवं ब्लिच गर्ने चलन बढ्दो छ । अहिले सुन्दर देखिनु समयको माग साबित भएको तर सम्पूर्ण व्यक्तित्वले पनि उत्तिकै महत्त्व राख्छ । स्वस्थ छाला, चम्किलो केश, अप टु मार्क आउटफिट्स, ड्रेसिङ सेन्स, अवसरअनुरूप फेसन सबै कुरा महत्त्वपूर्ण भएका छन् । सुन्दर भएर जन्मिनु आवश्यक छैन । पूर्ण मेकओभरपछि साधारण युवतीहरू पनि स्टाइलिस एवं आकर्षक देखिन्छन् ।
अहिलेको समयमा सौन्दर्य पैदा गर्न सकिने भएको छ तर त्यसका लागि आफूमा गुण विकसित गर्नु पनि जरुरी छ । सौन्दर्य महत्त्वपूर्ण छ तर त्यसभन्दा पनि महत्त्वपूर्ण छ सम्पूर्ण व्यक्तित्व । यदि कोही स्वस्थ छ र व्यक्तित्व पनि आकर्षक छ भने सुन्दर हुनुपर्ने आवश्यकता गौण हुन पुग्छ । पहिलो नजरमै जुन कुराले प्रभाव पार्छ त्यही नै आफ्नो व्यक्तित्व हो । सुन्दरता नै व्यक्तित्वको सम्पूर्णता पक्कै होइन । परन्तु सुन्दर हुनु व्यक्तित्वको एउटा महत्त्वपूर्ण पक्ष अवश्य हो । नम्र व्यवहार, शिष्टाचार, आदरभाव, अनुशासनजस्ता अनेकौं तत्त्वले व्यक्तित्वलाईर् गरिमा प्रदान गर्छन् भने तिनले व्यक्तिको सुन्दरतामा थप सुगन्ध संचार गर्छन् ।
सुन्दरता र स्वास्थ्य एक-अर्काका पर्याय हुन् । यी दुवै एकबिना अर्को अपूरो हुन्छन् । यदि स्वास्थ्य ठीक छ भने व्यक्तिको मुहार पनि सुन्दर एवं चम्किलो देखिन्छ । यदि ऊ बिरामी छ भने उसको छाला, शरीर एवं मुहार सबै खराब देखिन्छ । अतः सुन्दर देखिन राम्रो शरीर र स्वस्थ छाला दुवै चाहिन्छ । राम्रो स्वास्थ्यका लागि नियमित दिनचर्या, सन्तुलित आहार एवं नियमित वर्कआउट अत्यन्त जरुरी छ । सुन्दरतालाईर् निखार्न पनि नयाँ-नयाँ उपाय देखा परिरहेका छन्, यसको निर्धारणमा स्वास्थ्यको भूमिका उत्तिकै रहन्छ । फिटनेस सेन्टरप्रतिको आकर्षण पनि बढ्दो छ । स्वास्थ्यका लागि नियमित दिनचर्या सबैभन्दा पहिलो आवश्यकता हो । नियमबद्ध तरिकाबाट गरिएको कार्य अरूभन्दा राम्रो हुन्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनु र त्यसको नियमित रेखदेख गर्नु जरुरी छ । सही र सन्तुलित आहारले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ । के खाइन्छ र कति सोचविचार गरी खाइन्छ त्यसको प्रभाव सम्पूर्ण व्यक्तित्वमा पर्छ । त्यसैले दैनिक आहारमा भिटामिन, मिनरल र प्रोटिन आदि पोषकतत्व भएका खाद्यपदार्थ समावेश गर्नुपर्छ । फलमा बिटा कोरोटिन हुन्छ जसले घामको तीव्रतालाईर् कम गर्न मद्दत गर्छ र रिंकलबाट जोगाउँछ । हरियो सागसब्जी, अंकुरित दाल, गेडागुडी, कालो चना आदिमा ल्योकोपिन हुन्छ जसमा भिटामिन ए, ई, बी एवं सी पनि पाइन्छ । यसले शरीरको सेल्सलाईर् क्षति तथा एजिङ देखिनबाट जोगाउँछ । त्यसैगरी केशको सुन्दरताका लागि भिटामिन, मिनरल, प्रोटिन तथा फोलिक एसिड भएका खाद्यपदार्थ सेवन गर्नुपर्छ । सन्तुलित खानपानबाट नै स्वास्थ्य एवं सौन्दर्य दुवैलाईर् दीर्घजीवी बनाउन सकिन्छ ।
व्यक्तिको सोचले पनि उसको स्वास्थ्यमा उत्तिकै प्रभाव पार्छ । जसरी नकारात्मक विचारधाराले व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ त्यसरी नै सकारात्मक सोच स्वास्थ्यका लागि फलदायी हुन्छ । जीवनदर्शनका विचारक ओशो रजनीशका अनुसार मनुष्यको सुन्दरता धेरै हदसम्म उसको मुडमाथि निर्भर हुन्छ । व्यक्ति सबैभन्दा कुरूप तब लाग्छ जब ऊ क्रोधको अवस्थामा हुन्छ । त्यसको ठीक विपरीत ऊ तब सुन्दर देखिन्छ जब सहज अवस्थामा हुन्छ । डिप्रेसन, ब्लडप्रेसर आदि कतिपय रोग त्यसै पनि ठीक हुन्छन् । ओशोका अनुसार स्व तथा स्थ यी दुई शब्दबाट स्वास्थ्य बन्छ । यस अर्थमा स्वस्थको अभिप्राय हुन्छ, व्यक्ति स्वयंमा स्थित छ । स्वयंमा स्थित हुने कुरा सीधा मनोदशासित जोडिन्छ । ओशोका अनुसार व्यक्तिले जबसम्म आफ्नो दृष्टि भौतिक संसाधनमा केन्दि्रत गरिरहन्छ तबसम्म ऊ आत्मतत्त्वतर्फ दृष्टि लगाउन सक्दैन र तनावग्रस्त रहन्छ । आत्मतत्त्वतर्फ ध्यान केन्दि्रत हुन थालेपछि तनाव विस्तारै टाढा हुँदै जान्छ र व्यक्ति रोगबाट पनि मुक्त हुन्छ । यही नै स्वास्थ्य हो ।
सुन्दरता बाहिरी आवरणबाट मात्र झल्कनुपर्छ भन्ने होइन । व्यक्ति कस्तो छ, उसको हृदय कस्तो छ, उसमा कति राम्रो र सकारात्मक सोच छ त्यसमा पनि उसको सुन्दरता निर्भर गर्छ । त्यसैले सुन्दरता व्यक्तिको व्यवहार, कुरा गर्ने शैली, शिष्टाचार एवं उसको प्रस्तुतिबाट पनि झल्किनुपर्छ । यदि कोही स्वस्थ एवं सकारात्मक विचार राख्छ भने साधारण भएर पनि प्रभावकारी देखिन सक्छ ।
पहिरनबाट सुन्दरता बढ्न सक्छ तर राम्रो पहिरनबाट मात्र सुन्दरता झल्कन्छ भन्ने होइन । यसका लागि ड्रेसिङ सेन्स पनि हुनुपर्छ । कुनै पनि कुरालाईर् कति सही तरिका र राम्रो ढंगबाट सम्पन्न गर्न सकिन्छ त्यसमा पनि सौन्दर्य निर्भर गर्छ । त्यसैले आफ्ना कमी-कमजोरी र खुबी आदिका सम्बन्धमा राम्रो ज्ञान हुनुपर्छ । फिगर राम्रो राख्न नियमित दिनचर्या महत्त्वपूर्ण हुन्छ । यदि समयमा सन्तुलित खाना खाइन्छ, नियमित एक्सरसाइज गरिन्छ भने अवश्य पनि फिट रहन सकिन्छ । सबै कुरा सन्तुलनमा हुनु जरुरी छ । त्यसका लागि सन्तुलित एवं पोषक आहार, पर्याप्त निद्रा, दैनिक एक्सरसाइज, सकारात्मक सोच आदि सबै कुरा आवश्यक छन् । सुन्दर, आकर्षक र स्वस्थ शरीरले समग्रमा सुन्दर व्यक्तित्वलाईर् पूर्णता प्रदान गर्छ । यीसँगै पर्सनल केयर पनि जरुरी छ । छालाको हेरचाह, क्लिन्जिङ, मोस्चराइजिङ, टोनिङ, नरिसिङ आदि महत्त्वपूर्ण छन् साथै बडी केयर, एक्सरसाइज, डाइट, योग, वजनमाथि नियन्त्रण पनि । यी सबै सन्तुलित भए स्वास्थ्य र सौन्दर्य दुवै सन्तुलित रहन्छन् । त्यसपछि आउँछ सकारात्मक सोच, मनको शान्ति जसबाट इनर ग्लो प्राप्त हुन्छ । नियमित र पर्याप्त निद्राबाट मात्र शरीरलाईर् आराम प्राप्त हुँदैन यसले मन-मस्तिष्कलाईर् समेत शान्ति प्रदान गर्छ । चाहे त्यो विवाहको कुरा होस् वा नोकरीका लागि अन्तर्वार्ता, सबैभन्दा पहिले व्यक्तित्वको प्रभाव महत्त्वपूर्ण हुन्छ । त्यसैले वेल ग्रुम्ड हुनु जरुरी छ । छाला सफा भए आत्मविश्वास पैदा हुन्छ र व्यक्तित्व पनि आकर्षक देखिन्छ । फिजिकल, इमोसनल, स्पिरिचुयल तथा इनर हेल्थ सबै कुरा मिलेर सौन्दर्यको संरचना खडा हुने भएकाले यससँग सम्बन्धित सबै कुरामा सजग एवं सचेत रहनुपर्छ ।

0 comments
Write Down Your Responses