भैंसी तस्कर पक्राउ
महेन्द्रनगर, माघ १४ - जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अबैध
रुपमा भारत निकासी भईरहेका १० भैसीसहित दुई जना तस्करलाई पक्राउ गरेको छ ।
प्रहरीले भीमदत्त नगरपालिकाको बडैपुर घाटबाट महाकाली नदी तराएर भारत
लगिरहेको अवस्थामा भारतीय नागरीक बब्लु मलिक र ईमरान मोहम्मदलाई पक्राउ
गरेको जनाएको छ ।
उनीहरुलाई एक राँगा र नौ भौसीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका
प्रबक्ता बृखबहादुर रावलले बताउनुभयो । पक्राउ परेका भैसी र तस्करलाई
जिल्ला भन्सार कार्यालय गड्डाचौकीलाई बुझाईएको प्रहरी प्रबक्ता रावलले
बताउनुभयो ।
खुला सीमानाका कारण उक्त नाकाबाट दैनिक सयौँको संख्यामा भैसीहरु अबैध रुपमा भारत निकासी हुने गरेको भएपनि तस्करी रोक्न स्थानीय प्रशासनले खासै पहल गरेको छैन ।
खुला सीमानाका कारण उक्त नाकाबाट दैनिक सयौँको संख्यामा भैसीहरु अबैध रुपमा भारत निकासी हुने गरेको भएपनि तस्करी रोक्न स्थानीय प्रशासनले खासै पहल गरेको छैन ।

0 comments
Write Down Your Responses