लसुन खानुका फाइदा
लसुनमा औषधिय गुण हुन्छ । त्यसैले यसलाई
घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई
जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको
रुपमा पनि लसुनलाई नै लिइन्छ ।
लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा
सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता
खनिज तत्वहरु समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित
मानिसहरुका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ
लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ ।
लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका
लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह
सूचारु गर्नमा मद्दत गर्छ ।
दमका रोगीहरुका लागि समेत लसुन औषधि नै हो
। ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती
अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका
केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि
समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण
हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट
गर्ने बताइन्छ ।
सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले
मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी
हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको
समस्या पनि दूर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको
उपचारमा पनि लसुन कामयाबी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने
लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।

0 comments
Write Down Your Responses