mainpageads

नेपालको भन्सार प्रशासन विश्वस्तरको बनाछौँ : अर्थमन्त्री पुन

१३ माघ, काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले नेपालको भन्सार प्रशासनलाई आधुनिक एवम् विश्वस्तरको बनाउन सरकार क्रियाशील रहेको वताउनु भएको छ । उहाँले सरकारको यस्तो कार्यक्रमा निजी क्षेत्रको सकारात्मक सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।
 ६१ औँ विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागले शनिवार राजधानीमा गरेको कार्यक्रममा उहाँले मुलुकको भन्सार प्रणालीलाई सक्षम बनाउन तीनवटा कार्ययोजना कार्यान्वयन भइरहेका बताउनुभयो । आगामी आर्थिक वर्षदेखि लागु हुनेगरी चारवर्षे भन्सार सुधार तथा आधुनिकरण रणनीति तयारीको अन्तिम चरणमा सरकार रहेको जानकारी दिँदै मन्त्री पुनले अबको पाँच वर्षमा देशको भन्सार प्रशासनलाई एसियालीस्तरको बनाइने ठोकुवा गर्नुभयो ।
 सरकारको एकल प्रयासबाट मात्र राष्ट्रको आर्थिक विकास सम्भव नभएकाले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न सधैँ तत्पर रहेको उल्लेख गर्दै उहाँले चोरी पैठारी नगर्ने, कर तिर्ने, नक्कली बिलबिजक नबनाउने, अनौपचारिक व्यवसायलाई बढावा नदिने प्रण र प्रतिबद्धता जाहेर गर्न उद्यमी व्यवसायीलाई आहृवान गर्नुभयो ।
 भन्सार प्रशासनको मुख्य कार्य उद्योग-व्यापारको लागत घटाउने तथा व्यापार सहजीकरणलाई बढावा दिने भएकाले त्यसप्रति सरकार गम्भीर छ भन्दै मन्त्री पुनले भन्सार मूल्याङ्कनलाई यथार्थपरक बनाउन सरकार लागिपरेको बताउनुभयो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts