१३ वर्षिया बालिका सुत्केरी...
लमजुङ, माघ १४ - लमजुङको खुदी गाउँ विकास समिति घर भएका एक बालिका (नाम गोप्य) ले १३ बर्षको उमेरमै बच्चा जन्माएकी छिन् ।
स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी बालिकालाई ब्यथा लागेपछि
विहान डाक्टर टेलिमेडिको अस्पतालको खुदीस्थित शाखा कार्यालयमा भर्ना गरिएको
थियो । पेट दुखेको भन्दै परिवारले अस्पताल ल्याएका बालिकाको पेटमा बच्चा
रहेको थाह पाएपछि सामान्य अवस्थामा सुत्केरी गराएको अस्पतालका निर्देशक
डाक्टर रबी गुरुङले वताउनुभयो ।
बालिकाका अनुसार ७ महिनामा नै जन्मिएको बच्चाको तौल झण्डै १ किलो रहेको छ । सुत्केरी भएपछि सदरमुकाम वेसीशहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आमा र बच्चालाई ल्याईएको थियो । आमा र बाच्चालाई थप उपचारका लागि भन्दै चितवन लगिएको छ । आमाको अवस्था सामान्य रहेपनि शिशुको अवस्था जटिल रहेको पारिवारिक श्रोतले वताएको छ ।
कानुनले बाबुआमाको सहमतिमा विवाह गर्ने उमेर १८ बर्ष र आफूखुसी विवाह गर्ने उमेर २० बर्ष तोकेको छ । तर १३ बर्षको कलिलो उमेरमा नै सुत्केरी भएपछि घटनालाई स्थानीयवासिन्दाले असमान्य रुपमा हेरेका छन् ।
बच्चाको बाबु चितवनमा रहेको र झण्डै १७ वर्षका उनलाई बालिकाका आफन्तले नियन्त्रणमा लिएको बुझिएको छ । बालिकको विवाह नभएकाले बच्चा र आमालाई ती युवाको जिम्मा लगाईने पारिवारिक श्रोतले वताएको छ ।
कलिलो उमरेमा सुत्केरी हुन स्वास्थ्यका लागि निकै हानिकारण हुने चिकित्कसहरुले वताएका छन् । बालिकाको सुत्केरी गराएका डाक्टर रबी गुरुङले सानै उमेरमा बच्चा जन्माउने महिलामा बच्चा जन्माउन नसक्ने, पाठेघर खस्ने समस्या र संक्रमणको समस्या देखिनसक्ने वताउनुभयो ।

‘अहिलेसम्म महिनावारी भएको छैन भन्दै बसेकी थिई, एकैचोटी यस्तो अवस्थामा
देख्दा छक्क परेँ ।’ बालिकाकी आमाले भनिन् ‘छोरी सानै छ, केटा भनाउँदा
चिनवनमा छ रे, त्यहीँ गएर सवैकुरा गर्नेछु ।’
बालिकाकी आमाले आफ्नो छोरी गर्भवती रहेको थाह नभएको दावी गरिन् ।

0 comments
Write Down Your Responses