‘पोथी होइन बास्न लागेको भाले चाहियो’
पोथी होइन, बास्न लागेको भाले चाहियो’
५ युवतीको समुह एक रेष्टुरेण्डमा जान्छन् र यही संवाद बोल्छन् ।
उनीहरुले खोजेको भाले भर्खरैको पुरुष हो । प्रदर्शनको तयारीमा रहेको
चलचित्र ‘ब्ल्याक नाइट’ मा युवकलाई पैसा तिरेर सम्वन्ध राख्ने युवतीको कथा
देखाउन खोजिएको छ । हिराजबाबु गोर्खालीको लगानीमा तयार भएको यो सिनेमालाई
मधुकर भट्टराइले निर्देशन गरेका हुन् । वल्र्ड टच एक्सप्रेसको प्रस्तुतीमा
तयार भएको सिनेमामा सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, श्रीयस, युनिका
खड्का लगायतका कलाकारको अभिनय छ ।
२१
औ शताब्दिमा पुरुषले मात्र होइन महिलाले पनि पुरुषलाई बलात्कार गर्न
सक्छन् भन्ने बिषयलाई सिनेमाले उठान गरेको छ । सिनेमा भित्र समाजले घृणा
गरेको व्यक्तिलाई माया नदिने हो भने उ कसरी विग्रन्छ भन्ने बिषयलाई समेत
उठान गरिएको छ ।
नेपाली
सिनेमाका लागि यो बिषय नौलो भए पनि दर्शकले यसलाई कसरी स्विकार गर्ने हुन्
त्यो भने हेर्न बाकी छ । चलचित्रमा बिकास चौधरीले संगीत भरेका छन् ।

0 comments
Write Down Your Responses