अँगालो मारेर रेकर्ड राख्ने प्रयास
मान्छेले विभिन्नअनौठा र साहसिककाम गरेर
आफ्नो नाम संसारमाचिनाउन चाहन्छन् । अमेरिकाका एक जनामानिसले पनि यस्तै
अनौठो काम गरेर विश्व कीर्तिमान राख्ने प्रयास गरे । क्यालिफोर्नियाका एक
युवाले एक दिनमा सबैभन्दा बढि जनासँग अँगालो मारेर विश्व कीर्तिमान राख्ने
प्रयास गरे, तथापि उनी सफल भने हुन सकेनन् ।
२५ वर्षे डेभिड प्यार्सनले आफ्नो मिल्ने
साथीको सम्झनामा आलिंगनमा उत्रिएका छन् । उनकी मिल्ने साथी शारोनको
दुइवर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो ।
पहिलोपटकमा आफुले १ हजार भन्दा बढि जनासग
अगालो मारेको र आफु भविष्यमा सबैभन्दा बढि जनासँग अँगालो मार्ने किर्तिमान
राख्न सफलहुने दाबी डेभिडको छ । मान्छेको लागि सबैभन्दाप्रिय वस्तु भनेको
मायातथा सद्भाव भएको र अँगालो मार्नुले माया र सद्भाव प्रकट गर्ने भन्दै
उनले आफु यही सन्देश फैलाउन अँगालो मार्ने अभियानमा होमिएको बताए ।
अँगालो मार्ने अभियानबाट १ लाख डलरभन्दा बढि रकम संकलन गरी क्यान्सर पीडित बालबालिकाको उपचारमा सहयोग गर्ने धोको उनको छ ।

0 comments
Write Down Your Responses