विस्थापित पत्रकारहरु दैलेखमा बस्न नसक्नेः स्थलगत अध्ययन
१३ माघ,
नेपालगञ्ज । अधिकारीवादी संघ संस्थाको सथलगत अनुगमनले विस्थापित पत्रकारहरु
दैलेखमा बस्न सक्ने अवस्था नभएको निष्कर्ष निकालेका छन् ।
माओवादीको धम्कीपछि २२ पत्रकार विस्थापित
भएर सुर्खेत आएपछि इन्सेक, एडभोकेसी फोरम र नेपाल बार एशोसियसन
संक्रमणकालीन न्याय समितिका प्रतिनिधीले स्थलगत अध्ययन गरेको थियो । स्थलगत
अध्ययनपछि शनिबार नेपालगञ्जमा सार्वजनिक प्रतिवेदनमा विस्थापित पत्रकारहरु
जिल्लामा बस्न नसक्ने अवस्था भएको र नीजहरु जोखिममा रहेको उल्लेख छ ।
‘डेकेन्द्रराज थापाको हत्यामा संलग्न आरोपीहरु पक्राऊ परेपछि अनुशन्धान
प्रकृयामा प्रभावित पार्न पत्रकारहरुलाई विभिन्न किसिमका धम्की र दवाव
आइरहेको बुझियो’ प्रतिवेदनमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको
सरूवा पत्रकारको सुरक्षाको विषय अझ गम्भीर बनेको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमन टोलीले पत्रकारहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन र
पत्रकारहरुलाई धम्की दिने र विस्थापीत हुन बाध्य पार्ने घटनाको छानविन गरि
सम्बन्धित व्यक्तिहरुलाई कानूनी कारबाही गर्न माग गरेको छ ।
एमाओवादीले स्वतन्त्र पत्रकारीता
गर्नसक्ने वातावरण सृजना गर्न र विस्थापीत पत्रकारहरुलाई दैलेखमै
पुनस्र्थापनाका लागि आवश्यक पहल गरिनु पर्ने, डेकेन्द्र थापाको हत्या
सम्बन्धमा भईरहेको फौजदारी अनुसन्धानलाई प्रभावित गर्नेकाम कोहि कसैबाट
हुनु नहुने प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच कांग्रेसले पत्रमनहरु विस्थापित
भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउको छ । सरकार र एमओवादी नागरिक
अधिकार, अभिव्यक्ति र प्रेस स्वतन्त्रतामाथि यो सरकार बन्देज लगाउँदै
देशलाई निरंकुशता र अधिनायकवादतर्फ धकेल्न उद्दत भएको कांग्रेसद्धारा जारी
विज्ञप्तीमना उल्लेख छ ।

0 comments
Write Down Your Responses