mainpageads

एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा नेपाल तेस्रो

काठमाडौ, माघ १८ - थाईल्याण्डमा भएको एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा हङकङलाई ८ विकेटले पराजित गरी नेपाल तेस्रो स्थानमा रहन सफल भएको छ । समूह बिजेता बनेर सेमिफाइनमा पुगेको नेपाल मंगलबार थाइल्याण्डसँग पराजित भएपछि फाइनल यात्रामा पूर्णबिराम लागेको थियो ।
समूह चरणको तीनै खेल जितेको नेपालले थाइल्याण्डसँग राम्रो प्रदर्शन गर्न सकने ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालसामू हङकङले ३२ रनको लक्ष्य दिएको थियो । तर, नेपाली खेलाडीले ७ ओभर खेल्दै २ विकेटको क्षतिमै लक्ष्य भेट्टाए । 
आजै भएको फाइनलमा आयोजक थाइल्याण्डले चीनलाई हराउादै उपाधि जितेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts