बार्सिलोनाको जितमा मेस्सीको ४ गोल
१५ माघ, काठमाडौं । लिओनल मेस्सीको ४ गोलको मदतमा लिग लिडर लिगर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ओसासुनालाई पराजित गरेको छ ।
क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा रियल मड्रिडले आइतबार राति गेटाफेलाई ४–० ले पराजित गरेको केहीबेरपछि बार्सिलोनाले ओसासुनामाथि ५–१ को फराकिलो जित निकालेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलको ११ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २४ औं मिनेटमा बराबरी गोल फार्काएको ओसासुना २७ औं मिनेटमा एरिवास रातो कार्ड खाँदै मैदानबाट बहिरिपछि १० खेलाडीमा सिमित भयो भने बार्सिलोनाले पेनाल्टी पायो । पेनाल्टीमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई २–१ को अग्रता दिलाए भने ४० औं मिनेटमा पेड्रोले गोल गर्दै ३–१ मा पुर्याए ।
दोस्रो हापको ५६ औं मिनेटमा ह्याट्रिक पुरा गरेका मेस्सीले ५८ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए । यससँगै ला लिगामा मेस्सीले २ सय गोल गरेका छन् । कोपा डेल रे कपमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँगको भेट अघि मेस्सीले चार गोल गरेका हुन् ।
अर्को खेलमा रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा गेटाफेलाई ४–० ले पराजित गरेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड एथ्लेटिको बिल्बाओसँग ३–० ले पराजित भएको छ ।
जितपछि बार्सिलोनाको २१ खेलबाट ५८ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४७ र तेस्रो स्थानमा रहेको रियल मड्रिडको ४३ अंक छ । डिफेण्डिङ च्याम्पियन रियल मड्रिड बार्सिलोनाभन्दा १५ अंकले पछि छ ।

0 comments
Write Down Your Responses