प्रधानमन्त्री बन्न तयार छु : राई
१४ माघ, सोलुखुम्बु । संघिय समाजबादी
पार्टीका अध्यक्ष अशोक राईले मुलुकलाई निकास दिन प्रमुख चार दल असफल भएको
वताउनु भएको छ । उहाँले चार दल असफल भइसकेकाले आवश्यक परे मुलुकलाई निकास
दिन आफू प्रधानमन्त्री बन्न तयार रहेको वताउनुभयो ।
रिपोटर्स क्लब नेपालको सोलुखुम्बु शाखाले
आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा राईले प्रतिपक्षी दलहरुले तय
गरेका प्रधानमन्त्रीका उम्मेदवार काँग्रेस सभापति सुशील कोइरालालाई
प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने वताउनुभयो । उहाँले सहमतीय
सरकार गठनका लागि अब नयाँ सिराबाट सहमति खोज्नु पर्ने वताउनुभयो ।
उहाँले मुलुक र मुलुकमा जारी राजनीतिक
गतिरोध अन्त्यका लागि संविधान सभाको पुनःस्थापना नै उत्तम विकल्प भएको
बताउनु भयो । राईले संविधान सभा पुनःस्थापना गर्न अन्य दलहरुले तयार नभए
संघिय समाजबादी पार्टीले आन्दोलनको आँधीबेहरी ल्याएर संविधान सभा
पुनःस्थापन गराएरै छाड्ने दाबी गर्नु भयो ।


0 comments
Write Down Your Responses