आमालाई पर राखेर रोमान्स गरे : विक्की मल्ल
फागुन १८ गतेबाट देशभरका हलमा एकसाथ
प्रदर्शनमा आउन लागेको चलचित्र ‘समय’ मार्फत नायिका मौसमी मल्लका छोरा
विक्की मल्ल नेपाली रजतपटमा उदाउँदै छन् । पहिलो चलचित्रमै प्ले ब्वाइको
भुमिकामा देखिन लागेका विक्कीले नायिका सुरबी जैनसँग खुलेरै रोमान्स गरेका
छन् ।
अनलाइनखबरसँगको
भेटमा बिक्कीले आफ्नो प्लेब्वाइको भुमिका भएकाले पनि थुप्रै उत्तेजक दृश्य
दिएको बताए । आफ्नै आमाले निर्माण गरेको सिनेमा ‘समय’ मार्फत चलचित्र
नगरीमा भित्रिन लागेका विक्कीले सुरुवातमा उत्तेजक दृश्य दिन केही
अप्ठ्यारो भएको बताए । उनले नायिकासँग रोमान्सको दृश्य दिदा आफ्नो आमा
मौसमी मल्ललाई छायांकनस्थलबाट पर राखेको खुलासा समेत गरे । ‘आमाको अघि
यस्तो दृश्य दिन अप्ठ्यारो हुने भएकाले पनि मैले उहाँलाई पर बस्न भने’,
विक्कीले अनलाइनखबरसँग भने ।
यस्तै चलचित्रमा प्लेब्वाई नायकको
प्रेमिका भएकाले पनि केही उत्तेजक दृश्य दिएको नायिका सुरबी जैनले बताइन् ।
उनले बजारमा आएजस्तो बिक्कीसँग आफ्नो कुनै खालको प्रेमसम्बन्ध नभएको दाबी
गरिन् ।
कलाकार तथा निर्मात्री मौसमी मल्लले सिनेमाले आफ्नो जीवनको वास्तविक कथालाई पनि उठान गरेको बताइन् ।
दयाराम दाहालको निर्देशनमा तयार भएको
चलचित्र ‘समय’ मा राजेश हमाल, मौसमी मल्ल लगायतका कलाकारले पनि अभिनय गरेका
छन् । चलचित्रले २ पुस्ता बिच समयले ल्याउने भिन्नतालाई देखाउन खोजेको छ ।
चलचित्रमा सन्देशमान श्रेष्ठको पनि लगानी छ ।

0 comments
Write Down Your Responses