सेक्समा भन्दा ऐना हेर्नमा बढि समय खर्च गर्छन् पुरुष
अध्ययनले एक पुरुषले औषतमा प्रतिदिन १७ मिनेटको समय ऐना हेर्दैमा बिताउँछन् । अर्थात् हरेक हप्ता २ घण्टा समय उनीहरुको ऐना हेर्दैमा बित्छ । जबकी पुरुषले एक हप्तामा औषतमा आधा घण्टा भन्दा पनि कम मात्र समय सेक्समा बिताउँछन् ।
नेल केयर ब्राण्ड स्टाइलफाइलका टम पेल्लेराउले गरेको यो अध्ययन अनुसार आधा भन्दा बढि विवाहित महिलाहरु आफ्नो पार्टनरले सिँगारपटारमा धेरै समय खर्च गरेको देख्दा निकै दुखी बन्छन् ।
अध्ययनकर्ता टमका अनुसार अध्ययनले निकालेको निष्कर्ष देखेर उनलाई नै सुरुमा अचम्म लागेको थियो रे । उनको अध्ययनले अर्को गोप्य कुरा के पनि खुलासा गरेको छ भने मेकअपमा धेरै समय बिताउँछ भनेर खिसीटुरी गर्छन् भनेर धेरै पुरुषले लुकिछिपी सिँगारपटार गर्ने गर्छन् ।
यद्यपि धेरै पटक ऐना हेर्ने मामिलामा पुरुष भन्दा महिला निकै अघि भने छन् नै । महिलाले एक दिनमा ३८ पटक ऐना हेर्छन् भने पुरुषले औषतमा १८ पटक ।

0 comments
Write Down Your Responses