mainpageads

सुनभन्दा ४० गुणा महंगो उल्कापिण्ड, एक ग्रामको झण्डै दुइ लाख

मध्य रुसमा शुक्रबार खसेका उल्का पिण्डका टुक्राहरु यतिधेरै मुल्यवान भएका छन् की ती टुक्राहरुको भाउ सुनको भन्दा ४० गुणा महंगो छ । रुसी वैज्ञानिकहरुले शुक्रबार खसेका उल्कापिण्डहरुका ५० टुक्रा फेला पारिएको सोमबार बताएका छन्, जुन युराल पर्वत तथा चेलियाविन्स्क आसपासमा खसेका थिए ।
वैज्ञानिकहरुका अनुसार यी उल्काका टुत्रा बहुमुल्य हुन्छन् । जसको मुल्य २२ हजार डलर प्रतिग्राम अर्थात् एक ग्रामको झण्डै २ लाख रुपैयाँ पर्छ । जुन सुनभन्दा कैयौँ गुणा बढि हो । रुसी विज्ञान एकेडेमीका सदस्य भिक्टर ग्रोशोस्कीका अनुसार भेटिएका उल्काका टुक्राको रसायनिक परीक्षण गरिसकिएको छ । परीक्षणबाट ती टुक्राहरु बाहिरी अन्तरीक्षबाट खसेको पुष्टि भएको छ । यी टुक्रामा फलाम, क्राइसोलाइट तथा सल्फाइट तत्व पाइएको छ । यी टुक्रामा १० प्रतिशत जति फलाम पाइएको छ ।
सोमबार रुसमा भएको उल्कावर्षाका बेला झण्डै ५०० किलो टन उर्जा निस्केको थियो । जुन हिरोसिमामा भएको अणुबम विस्फोट भन्दा ३० गुणा बढि हो । यो उर्जा द्धितिय विश्वयुद्धमा प्रयोग भएको सबै उर्जाभन्दा पनि बढि भएको बाइएको छ । रुसमा भएको उल्कावर्षाबाट ४ हजार घर क्षतिग्रस्त भएका थिए भने झण्डै १२ सय जना मानिस घाइते भएका थिए । उल्कापिण्ड आकाशमै क्षतिग्रस्त भएर पृथ्वीमा केवल त्यसका टुक्रा मात्र खसेकाले हिरोसिमामा खसालिएका ३० वटा बमको जत्रै तागत भएको उल्कापिण्ड भएपनि त्यसबाट निकै कम मात्र क्षति भएको वैज्ञानिकहरुको भनाइ छ । वैज्ञानिकहरुका अनुसार यति ठूलो उल्कापिण्ड सय वर्षमा एक पटक खस्ने गर्छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts