कोरियामा एक नेपालीको ओछ्यानमै हत्या
मीनप्रकाश उप्रेती
सउल । रोजगारीका लागि एक बर्षअघि कोरिया
पूगेका झापा अनारमनी-८ का ३६ बर्षीय राजेश राईको गत शनिबार सुतिरहेको
ठाउँमा हत्या भएको छ । ३१ बर्षीय क्याम्बोडियन नागरिक सामिनले उनको हत्या
गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । हत्यारा सामिन र राईलाई कम्पनीले
एउटै कोठामा आवासको प्रवन्ध मिलाएको थियो । कोरियन कानूनमा त्यसरी दुई
देशका कामदारलाई एउटै कोठामा राख्न नमिल्ने जानकारहरु बताउँछन् ।
तीन महिनाअघि रोजगारका लागि कम्पनीमा
सरेका राईलाई क्याम्बोडियन नागरिक संगै एउटै कोठामा राखिएको थियो । राई र
सामिनवीच कम्पनीमा आएदेखि नै खानाको पिषयलाई लिएर विवाद हुने गरेको सँगै
काम गर्ने कैलालीका अर्जुन श्रेष्ठले भनाइ छ । एक देशका नागरिकलाई अर्को
देशको खानाको गन्ध मन नपर्ने भएका कारण दुईजनावीच विवाद उत्पन्न हुँदै आएको
थियो । अलग देशका नागरिकलाई एउटै केाठामा राख्न नहुने कोरियन नियमलाई
कुल्चिएर कम्पनी साहुले उनीहरुलाई एउटै कोठामा राख्दै आएका थिए ।
यसरी भयो राईको हत्या
गत शनिबार साँझ झापा अनारमनीका छिमेकी
साथी बसन्त बस्नेत र नुवाकोटका सूर्य तामागलाई राईले भेटघाटका निम्ति
बेालाएका थिए । राई साथीलाई खाना बनाउन लागेका मात्र के थिए क्याम्बोडियन
सामिनले राईलाई नेपाली खानाको गन्ध आफुलाई मन नपर्ने भन्दै खाना पकाउन रोक
लागाए ।
राईले प्रतीकार गर्दै पकाउन खोज्दा विवाद
लम्बियो र हात हालाहालको स्थिति आयो । त्यस क्रममा समीनले बलप्रयेागका लागि
छीमेकी साथीलाई बेालाएको प्रहरीको बयानमा उल्लेख गरिएको छ । जब अन्य २ जना
क्याम्बेडियनहरु उक्त कम्पनीमा प्रवेश गरे, तब स्थितिले उग्र रुप लिन
पुग्येा । केही समयको भीडन्तपछि सबै तितर-वितर भए ।
सामिनले नेपालीकेा पिटाइ खाइसकेको थियो
जसले गर्दा उसमा आक्रोशकेा ज्वालाले सीमा नाघिसकेकेा थियो । त्यसपछि राति
करीब साढे ११ बजे एक्कसी एैया…. भन्ने आवाज बसन्त बस्नेको कानमा पर्यो ।
र्फकेर हेर्दा राजेश राईलाई सिँढीको तल रगतको आहालमा फेला परे । राईको
देब्रे कोखामा रोपिएको बसन्त बताउँछन् । त्यसपछि क्याम्बोडियनहरुको भागदैाड
र नेपालीहरुको रुवाबासीको दृश्य सम्झँदै बस्नेत भन्छन् राईलाई उपचारका
लागि लान एम्बुलेन्सको तयार हुँदाहुँदै रगत धेरै बगिसकेको थियो । प्रहरीको
सहारामा राति एक बजे आसानस्थित हान्गुक हस्पीटलले राईलाई मृत घोषणा गर्यो ।
हाल राईको शव सेाही हस्पिटलमा पोष्टमार्टम
सकी नेपाल पठाउने तयारीमा राखिएको मृतकका जेठान राजकुमार बान्तवाले
जनाउनुभएको छ । शव नेपाल पठाउन आवश्यक कागजपत्र तयार भैसकेकेा र केही दिनमै
शव नेपाल पठाइने कोरियास्थित नेपाली दूतावासका श्रम सहचारी अनील गुरुगले
बताउनुभएको छ ।

0 comments
Write Down Your Responses