mainpageads

नेकपा-माओवादीको बन्दका कारण देशभरको जनजीवन प्रभावित (फोटो फिचरसहति)

सार्वजनिक यातायातका सवारी साधन ठप्प

८ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको निर्णयको विरोध तथा दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकताको रिहाईको माग गर्दै नेकपा-माओवादीले गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । नेकपा-माओवादीका कार्यकर्ता सडकका चोक चोकमा भेला भएर प्रर्दशन गरिरहेका कारण सवारीका सधान, पसल तथा विद्यालय ठप्प भएका छन् ।
एम्बुलेन्स, पर्यटक, प्रेस, तरकारी बोकेका सवारीलार्इ चल्न दिने बन्दकर्ताले बताए पनि बन्दको बेला सवारीसाधन चलाएको भन्दै काठमाडौंको नयाँवानेश्वर चोकमा बन्दकर्ताहरुले कान्तिपुर टेलिभिजनको एउटा गाडीमा तोडफोड गरेका छन् भने सगरमाथा टेलिभिजनको गाडीमाथि पनि तोडफोड भएको छ ।
बन्दका कारण अरनिको राजमार्गबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र बीपी राजमार्ग भएर सिन्धुली-बर्दिबास हुदैँ तराईका विभिन्न जिल्ला तर्फ जाने र राजधानी भित्रिने कुनै पनि सवारी साधन सञ्चालनमा नरहेको जगाती प्रहरी चेक पोष्ट भक्तपुरले जनाएको छ ।

बन्दकर्ताहरु विहानैदेखि हातमा पार्टीको झण्डा बोकेर मुख्य-मुख्य चोकहरुमा बसिरहेका छन् । बन्दका क्रममा हुनसक्ने घटनालाई मध्यनजर गर्दै मुख्य मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु पनि तैनाथ रहेका छन् ।
बन्दका बेला पोखरामा गुड्दै गरेको पर्यटकको गाडीमा चेकजाँच गर्दै नेकपा-माओवादीका कार्यकर्ताहरु ।
बन्दका क्रममा हुने अप्रिय घटना रोक्न हिँडेका रेडक्रसकर्मी
आधा सटर खोलेर भएपनि व्यापार गर्दै स्थानीय व्यापारी
राजधानीको खाली सडकमा नाच्दै बालक
प्रदर्शन गर्दै बन्दकर्ता
बन्दको जानकारी दिन छरिएका पर्चा
रिक्सामा दुध लिएर जाँदै


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts