mainpageads

हट एयर बेलुन दुर्घटनामा १८ पर्यटकको मृत्यु..

१५ फागुन, काठमाडौं । इजिप्टमा हट एयर बेलुन दुर्घटना हुँदा १८ जना पर्यटकको मृत्यु भएको छ ।
दक्षिण शहर लुक्जरमा भएको दुर्घटनामा मारिनेमा फ्रान्स, जापान, वेलायत र हङकङका पर्यटकहरु रहेको बीबीसीले जनाएको छ ।
बेलुनका पाइलट र अर्का एक जना भने दुर्घटना हुनु अघि नै हामफालेर ज्यान जोगाएन सफल भएका छन् । झण्डै १ हजार फिटमाथि आकाशमा नै बेलुनमा आगो लागेर दुर्घटना भएको हो ।
आकाशमा पयर्टकलाई उडाएर शहरको दृष्य अवलोकन गराउनका लागि हट एयर बेलुनको प्रयोग गरिन्छ । इजिप्टको लक्जर शहरको दृश्यावलोकन गर्ने पर्यटकहरुमाझ हट एयर बेलुन निक्कै लोकप्रिय छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts